26/01/2025
उमेरले २५ काटिसकेछ, जिन्दगी भित्रभित्रै फाटिसकेछ;
पढाईले एग्रीकल्चर, जुनी यत्तिकै बित्ला की भन्ने डर !🙃
सँगैको साथी १२ पछि नै उडेर गयो
आफ्नो दिन पढाइसँगै जुधेर गयो
साथी धनी भइसक्यो आत्मनिर्भर भइसक्यो
आफूलाई जागिर नै नपाइएला भन्ने डर भइसक्यो
बा को टोपी फेर्ने सोच, आमैको चोली टाल्ने सोच
प्रेमिका लाइ भित्र्याएर खुसी खुसी पाल्ने सोच
खुसी र सुख ले टाढैबाट पाहिला मोडिसके
सबैले मलाई पत्याउन छोडिसके
सबैले भन्छन् नेपालमा काम छैन विदेश जा
मनले भन्छ यो देश छोडेर अन्त नजा
उनीहरू भन्छन् विदेश जा भविष्य बना
मनले भन्छ रगत पसिना देशमै खन्या
सम्पति नकमाउँदा वचन धेरै खाइने रहेछ
सामिप्यता हैन सबैलाई सम्पति चाइने रहेछ
म बाट कोही खुसी छैन, न समाज न त घर
प्रेमिकाले पनि लुसुक्क छोड्छे भन्ने डर
काम नगरी पढाइ गर्न अवस्था ले दिँदैन
पढाइ नपुगी जागिर सरकारी संस्थाले दिँदैन
कसैसँग पनि कुरा गर्न जागर चलाउँदिन
उनीहरूको प्रगति सुन्छु, आफ्नो केइ सुनाउन पाउँदिन
मनमा अनेक कुरा खेल्दै गएको छ
सच्चा साथी त चिया सङ्ग चुरोट भएको छ
उमेर बाकी नै छ केही गरम्ला नी भन्छु चित्त बुझाउँछु
फेरि आधी उमेर त हिँडेछ सम्झेर सिरानी रुझाउँछु
यस्तै अवस्थामा पनि देश छोड्ने सोच गरेको छैन
केही गर्छु भन्ने आशा मरेको छैन
त्यो आशा मरेको दिन म पनि त नरहुँला
सासले छोडेपछि त कसो सबैको प्यारो नभउँला !