30/08/2025
श्री भविष्य महापुराण कथा समापन
नक्सलबारी ताराबारीमा आयोजित श्री भविष्य महापुराणको सातौँ तथा अन्तिम दिन भक्तजनहरूको ठूलो भीड देखियो। धार्मिक माहोलमा सम्पन्न यस कथाको आयोजक कारगिल विजय वीर शहीद सुरेश छेत्रीको परिवार रहेको थियो।
भक्तिभावका साथ श्रावण महिनामा गरिएको यस धार्मिक आयोजनाले स्थानीय क्षेत्रमा आस्था, श्रद्धा र भक्ति जागृत गराएको छ।