OTV Nepal

OTV Nepal official page of otvnepal.com Nepal top news site Otv nepal page.We hope that wel will provide truth,knowledgeable videos.Stay with us.

10/01/2025

माघे सङ्क्रान्तीको इतिहास र बर्तमानबारे मगर समुदायको यस्तो चर्चा

अनैतिकताको जगमा उभिएर उर्जामन्त्रीले सोधे कुलमान घिसिङलाई नैतिकताको स्पष्टिकरणउर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्...
07/01/2025

अनैतिकताको जगमा उभिएर उर्जामन्त्रीले सोधे कुलमान घिसिङलाई नैतिकताको स्पष्टिकरण

उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पद बाट हटाउने नियत राखेर स्पष्टिकरण सोधेका छन् । प्राधिरणको बोर्ड बैठकमा नोट अफ डिसेन्ट लेखेको भन्दै घिसिङलाई स्पष्टिकण सोधिएको हो । तपाईलाई पदबाट किन नहटाउने भन्दै सात दिन भित्र जवाफ दिन मन्त्री खड्काले स्पष्टिकरण सोधेका छन् । कुलमानलाई स्पष्टिकरण सोध्ने मन्त्री खड्का आफैँ भने विभिन्न प्रकरणका करोडौँ अनियमितताको आरोप खेपिरहेका छन् । उनले अनैतिकताको जगमा टेकेर अरुलाई नैतिकताको स्पष्टिकरण सोधेर मजाक गरेको चर्चा सामाजिक संजालमा चलेको छ।

07/01/2025

भूकम्पको ठूलो धक्का
नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतको दिंगे कान्टीलाई केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको छ ।

काठमाडौँका मेयर बालेन कहाँ गए अत्तोपत्तो छैन, निमित्त प्रशासकिय अधिकृतले दिए राजिनामाकाठमाडौँ महानगरपालिकाका मेयर बालेन ...
06/01/2025

काठमाडौँका मेयर बालेन कहाँ गए अत्तोपत्तो छैन, निमित्त प्रशासकिय अधिकृतले दिए राजिनामा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कसैलाई पत्तो नदिई कार्यालय आउन छाडे पछि महानगरपालिका भित्र खैलाबैला मच्चीएको छ । उनी केही दिनदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको बताइएको छ । बालेन महानगरमा नभएकै बेला निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेतले सोमबार राजीनामा दिएका छन् । शर्माको राजीनामासँगै महानगर नीतिगत, शिक्षा र प्रशासनिक गरी सबै किसिमको नेतृत्वविहीन भएको छ । बालेन्द्र शाह परिवारसहित सुटुक्क थाइल्याण्ड पुगेको चर्चा चले पनि पुष्टि भएको छैन । उनी एकाएक किन गायब भए भन्ने रहस्यमय देखिएको छ । सोमबारमात्रै उपमेयर सुनीता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको चिठी प्रशासन विभागमा पुगेको खबर छ।

आफुले चाहे २४ घण्टा भित्र रास्वपा फुटाउन सक्ने मुकुल ढकालको घोषणाफेरी रास्वपामा फर्किन खुट्टा उचालिरहेका मुकुल ढकालले आफ...
06/01/2025

आफुले चाहे २४ घण्टा भित्र रास्वपा फुटाउन सक्ने मुकुल ढकालको घोषणा

फेरी रास्वपामा फर्किन खुट्टा उचालिरहेका मुकुल ढकालले आफुले चाहेमा २४ घण्टा भित्र रास्वपा विभाजित हुने ठोकुवा गरेका छन् । जम्मा ४ जना सांसद भए पार्टी फुट्ने भन्दै उनले अहिले पनि त्यो भन्दा बढि सांसद आफूसँग भएको दाबी गरेका छन् । 'मैले ति सांसद सँगै राखेर एउटा मात्रै पत्रकार सम्मेलन गर्ने हो भने भोलिपल्टै कि पार्टी फुट्छ कि मलाई फेरी रास्वपामा पुनर्वाहली गर्न बाध्य हुने परिस्थिती बन्ने छ'। उनले भनेका छन् ।

अब नेपालमै पेट्रोल उत्पादन हुने, पुरा हुँदै केपी ओलीको सपनासारा नेपालीको लागी खुशिको खबर आएको छ । दैलेख भैरवी गाउँपालिका...
06/01/2025

अब नेपालमै पेट्रोल उत्पादन हुने, पुरा हुँदै केपी ओलीको सपना

सारा नेपालीको लागी खुशिको खबर आएको छ । दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने भएको छ ।केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु भएको काम अब अन्तिम चरणमा पुगेको छ ।भारतले नेपालमाथी नाकाबन्दी गेरर दुख दिएका बेला प्रधानमन्त्री ओलीको अग्रसरतामा यो काम सुरु गरिएको थियो ।

गगन थापा किन पुगेका थिए पोखरा ? आफैँले दिए प्रष्टिकरणरास्वपाका सभापती रवि लामिछानेको बहस कास्की जिल्ला अदालतमा चलिरहेका ...
05/01/2025

गगन थापा किन पुगेका थिए पोखरा ? आफैँले दिए प्रष्टिकरण

रास्वपाका सभापती रवि लामिछानेको बहस कास्की जिल्ला अदालतमा चलिरहेका बेला एक्कासी नेपाली कांग्रेसका महामन्त्री गगन थापा पोखरा पुगे पछि सामाजिक संजालमा ठूलो तरंग आएको थियो । गगन थापाले आफू किन पोखरा पुगेको भनेर आफ्नै सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । रास्वपाका समर्थकहरुले गगन थापा पोखरा आएको र कानुन व्यवसायी तथा सरकारी वकिलहरुलाई गोप्य रुपमा भेटेर मुद्धाको सेटिङ गर्न सक्ने भन्दै हल्लाखल्ला मच्चाए पछि गगनले आफु सहभागी कार्यक्रमको विवरण र तस्बिर सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्
'हिजो पोखरामा नेपाली कांग्रेस प्रदेश तथा स्थानीय विभाग गण्डकी प्रदेशले आयोजना गरेको प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयमा गण्डकी प्रदेशस्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरू सँग छलफल भयो। हिजो नै, नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। मुस्लिम संघमा निर्वाचित सभापति शाह मोहम्मद लगायत सम्पूर्ण साथीहरूलाई बधाई तथा शुभकामना। हिजो अबेर सम्म गण्डकी प्रदेश भित्रका विभिन्न संरचनामा रहेका साथीहरूसँग जिल्लागत रूपमा बसेर पार्टीका यावत विषयमा फलदायी कुराकानी गर्‍यौँ।
आज बिहान देखि दिउँसोभर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टी कार्यालयमा राखेको भेटघाट तथा छलफल कार्यक्रममा विभिन्न पेशागत सङ्गठनका साथीहरू, बुद्धिजीवी, पर्यटन व्यवसायी, भातृ तथा शुभेच्छुक संस्थाका साथीहरू लगायत पार्टीका नेता कार्यकर्तासँग छलफल भयो।

23/12/2024

रवि लामिछानेको सांसद पद किन भयो नि' ल'म्बन ? चितवनमा फेरी चुनाव हुने हो त ?

22/12/2024

पु' लि'सले ढाड खु' स्का'उँछ अ' दा'लतले नो इन्ट्री भन्छ अब हामी कहाँ जाने ? भन्दै सहकारी पिडीतको रो' दन

22/12/2024

रवि लामिछानेको भाइरल फोटो भन्दा पनि अर्को गम्भिर कुरा खोले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले , उनलाई कसले दियो यो सूचना ?

19/12/2024

कला संस्कृती जगेर्णा गर्ने उद्देश्यअनुरुप भक्तपुर महोत्सव सुरु

15/12/2024

सिटामोलमा समेत यसरी हुन्छ रा' ज'निती यो दे'शमा ? सुन्दा पत्याउन गारो तर तितो सत्य यहि हो आजको

Address


Alerts

Be the first to know and let us send you an email when OTV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OTV Nepal:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share