
21/08/2025
नोभेम्बर १७ बाट एनपीएल सिजन टु - सर्वाधिक चासोसहित प्रतीक्षा भइरहेको एनपीएल सिजन टु नोभेम्बर १७ देखि सुरू हुने भएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गरेर एनपीएलको दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु भएर डिसेम्बर १३ सम्म चल्ने जानकारी दिएको हो । एनपीएलको लागि आवश्यक खेलाडी छनोटको मिनी अक्सन प्रक्रिया पूरा भएको छ। प्रतियोगिताको पूर्ण तालिका केही समयभित्र सार्वजनिक गर्ने क्यानले जनाएकाे छ ।