T News

T News सत्यतथ्य र स्पस्ट खबरहरुको लागि हामीलाइ सम्झिनुहोस "तपाइको सेवा नै हाम्रो प्राथमिकता"

नेपाल–चीन सीमा नजिक Chhochen Khola र Purepu Tsangpo नदीको संगम क्षेत्रमा ठूलो अवरोध ताल बनेको चिनियाँ अधिकारीहरूले बताएक...
27/08/2026

नेपाल–चीन सीमा नजिक Chhochen Khola र Purepu Tsangpo नदीको संगम क्षेत्रमा ठूलो अवरोध ताल बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनको जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो र ताल ओभरफ्लो हुन थालिसकेको छ।
China Central Television का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा आउन सक्ने भएकाले फुट्ने जोखिम उच्च रहेको छ।

चिनियाँ अधिकारीहरूले तालको निगरानी गरिरहेका छन् र सम्भावित बाढी तथा उद्धारका लागि सिमुलेसन पनि गरिरहेका छन्।

स्रोत साभार - स्टक नेपाल
T News

27/08/2026

विदेशमा रहनुहुने नेपालीहरू एवं नेपालको विपद्को घडीमा नेपाललाई सघाउन चाहने विदेशी नागरिक वा संस्थाले तल दिइएको वेबपोर्टलमार्फत अब सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्नुहुन्छ।
वेब पोर्टल:

https://pmdrf.nchl.com.np/

Nepalese living abroad and foreign citizens or organizations who wish to help Nepal during this time of disaster can now send relief funds directly to the Government of Nepal's account through the web portal provided below.

web portal: https://pmdrf.nchl.com.np/

! अत्यन्तै महत्त्वपूर्ण सुचना !हिजो नेपालको भोटेकोसी हुँदै आएको बाढीले गर्दा देशनै शोकमा ढुवेको छ । यस्तो बिपत्तिको बेला...
27/08/2026

! अत्यन्तै महत्त्वपूर्ण सुचना !
हिजो नेपालको भोटेकोसी हुँदै आएको बाढीले गर्दा देशनै शोकमा ढुवेको छ । यस्तो बिपत्तिको बेला मानवीय संबेदनसिलता लाई ध्यानमा राख्दै हरीतालिका तीज पर्व नजिकिदै गर्दा राखेका विभिन्न कार्यक्रमहरु स्थगित भएका छन । भारतको मुम्बई स्थित लुम्बिनी माइक्रोकेयर फाउन्डेसन अन्तर्गत रहेको " लुम्बिनी महिला संघ " ले पनि यहि अगस्ट 29 तारिकको दिन राखेको महिला विशेष ( दरखाने ) कार्यक्रम स्थगित गरेको जानकारी गराएको हुँदा - उक्त कार्यक्रम रद्ध भएको आव्हान गर्दछौ । T News

तिलोत्तमा नगरपालिकाले रुसुवा बाढी प्रभावितका लागि करिब ४० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।...
27/08/2026

तिलोत्तमा नगरपालिकाले रुसुवा बाढी प्रभावितका लागि करिब ४० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाले रसुवा जिल्लाको भटेकोसी नदीमा आएको भीषण बाढी तथा त्यसबाट भएको दुःखद मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोगको निर्णय गरेको हो। यस काम प्रति सबै सरोकारवाला, तिलोत्तमा बासी एवंम सम्पूर्णले खुसी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद समेत दिएका छन् ।
T News

27/08/2026

हार्दिक धन्यवाद । यो बिपत्तिको बेला हात र साथ दियकोमा । 🙏🙏

अत्यन्तै महत्त्वपूर्ण सुचना !!! मनकामना एकता फाउन्डेसन मुम्बईले यहि अगस्ट 30 तारिकको दिन राखेको हरीतालिका तीजको उपलक्ष्य...
27/08/2026

अत्यन्तै महत्त्वपूर्ण सुचना !!!
मनकामना एकता फाउन्डेसन मुम्बईले यहि अगस्ट 30 तारिकको दिन राखेको हरीतालिका तीजको उपलक्ष्यमा महिला बिशेष ( दरखाने ) कार्यक्रम स्थगित गरेको जानकारी गराएको छ । हिजो बिहान भोटेकोसीमा आयको बाढिले गर्दा नेपालमा अत्यन्तै ठूलो विपत्ति आइलाग्यो , धन जन र रास्टृय सम्पत्तिको ठूलो नोक्सान भयो । देश रोइरहेको बेला मानवीय संबेदनसिलतालाइ मध्यनजर राख्दै यो कार्यक्रम स्थगित गरेको आव्हान गर्दछौ ।
T News

भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएको छ भने यो ठेगानामा तुरुन्त सम्पर्क गर्नुहोला ।न...
27/08/2026

भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएको छ भने यो ठेगानामा तुरुन्त सम्पर्क गर्नुहोला ।
नेपाली महावाणिज्यदूतावास, ल्हासाः युवराज क्षेत्री
(+८६१३५४९०६७४८१),
नेपाली राजदूतावास, बेइजिङ सन्जु महर्जन (८६ १८६१८१२९२१७), राज कुमार साह (+८६१८६१०३९४६८७)
T News

काठमाडौं महानगरले सञ्चालन गरेका एम्बुलेन्स बाढी पीडित नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा पुगिसकेको छ काँही आपत विपत परेम...
27/08/2026

काठमाडौं महानगरले सञ्चालन गरेका एम्बुलेन्स बाढी पीडित नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा पुगिसकेको छ काँही आपत विपत परेमा 102 नम्बरमा सम्पर्क गर्नू होला।
T News

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत १,६०० जना विद्यार्थीहरू हराएको भन्ने समाचार Fake रहेको र बाढी आ...
27/08/2026

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत १,६०० जना विद्यार्थीहरू हराएको भन्ने समाचार Fake रहेको र बाढी आउनुभन्दा पहिले नै सबै विद्यार्थीहरूलाई विद्यालयबाट निकालेर Safe ठाउँमा सारिएको नुवाकोटका CDO ले जनाएका छन्।
T News

पाल्पा घर भई रसुवाको हाइड्रोपावरमा कार्यरत कृष्ण क्षेत्रि बाढीपछि सम्पर्कविहीन हुनुभएको छउहाँलाई कतै देख्नुहुने वा उहाँब...
27/08/2026

पाल्पा घर भई रसुवाको हाइड्रोपावरमा कार्यरत कृष्ण क्षेत्रि बाढीपछि सम्पर्कविहीन हुनुभएको छ
उहाँलाई कतै देख्नुहुने वा उहाँबारे कुनै सूचना प्राप्त हुनासाथ कृपया परिवारका यी नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहोला
📞 ९८४४७९६९३० / ९८६४४७२४६९
उहाँको सकुशल उद्धार तथा खोजीका लागि यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहुन विनम्र अनुरोध छ ।
T News

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when T News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share