Sigas Tv

Sigas Tv Trusted News Platform | Fast • Fair • Fearless
Ground Reports | Breaking News | Voice of People

18/06/2026

मिरा रोड मा प्रवासी नेपाली सम्पर्क मन्च भारत महाराष्ट्र राज्य समिति को प्रथम वार्षिक उत्सव सम्पन्न

आर्थिक सहयोगको हार्दिक अपिलधनगढी उप–महानगरपालिका–१२, जिगडा (जिगडासिगाउँ), कैलाली निवासी २९ वर्षीया देवी विश्वकर्मा हाल भ...
17/06/2026

आर्थिक सहयोगको हार्दिक अपिल

धनगढी उप–महानगरपालिका–१२, जिगडा (जिगडासिगाउँ), कैलाली निवासी २९ वर्षीया देवी विश्वकर्मा हाल भारतको महाराष्ट्र राज्य, मुम्बईको बोरिवलीस्थित बोरकर वाडी धर्मानगरमा श्रीमान गणेश विश्वकर्मासँग बसोबास गर्दै आइरहेकी छन्।

परिवारको उज्ज्वल भविष्यको सपना बोकेर भारत आएका उनीहरू अहिले गम्भीर स्वास्थ्य समस्याका कारण ठूलो संकटमा परेका छन्। देवी विश्वकर्माको मुटुको धमनी (Heart Artery) मा तीन स्थानमा ब्लकेज देखिएको छ। सुरुमा सामान्य ग्यास्ट्रिकको समस्या जस्तो लागे पनि थप परीक्षणपछि मुटुमा तीन ठाउँमा ब्लकेज भएको पुष्टि भएको हो।

चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको र तत्काल शल्यक्रिया (अपरेशन) आवश्यक छ। उपचारका लागि करिब ३ लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताइएको छ भने हालसम्म करिब डेढ लाख रुपैयाँ खर्च भइसकेको छ। आर्थिक अवस्था कमजोर भएकाले थप उपचार खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ।

विगत ९ वर्षदेखि मुम्बईमा बसोबास गर्दै आएको यस परिवारका ५ जना सन्तान छन्। बालबालिकाको शिक्षा, कोठा भाडा तथा दैनिक घरखर्च व्यवस्थापन गर्नसमेत संघर्ष गरिरहेका बेला आएको यस स्वास्थ्य संकटले परिवारलाई थप पीडामा पारेको छ।

यस कठिन घडीमा देवी विश्वकर्माको जीवन बचाउन तथा उपचारलाई निरन्तरता दिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ।

सहयोगका लागि बैंक विवरण:

- Account Number: 2053540939
- IFSC Code: KKBK0001387
- Bank: Kotak Mahindra Bank
- Branch: Mumbai Borivali (W) – IC Colony
- UPI ID: 7900084882@kotakbank

सम्पर्क:
📞 +91 99677 67121 (Harish Vishwakarma)

मानवता नै सबैभन्दा ठूलो धर्म हो।
सक्नेले सक्दो आर्थिक सहयोग गरौँ, नसक्नेले यो सन्देश धेरैभन्दा धेरै स्थानमा शेयर गरेर सहयोगको वातावरण सिर्जना गरौँ।

देवी विश्वकर्माको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ।

15/05/2026

जन्मदिनको धेरै धेरै शुभकामना ललिता मलाती ज्यू!!

Sigas TV की MD आदरणीय ललिता मलाती ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ... प्रवासमा रहेका नेपालीहरूको हक, हित र अधिकारका...
14/05/2026

Sigas TV की MD आदरणीय ललिता मलाती ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ... प्रवासमा रहेका नेपालीहरूको हक, हित र अधिकारका लागि यहाँले गर्दै आउनुभएको समर्पण, संघर्ष र अथक मेहनत साँच्चिकै प्रेरणादायी छ,यहाँको नेतृत्व, साहस र सेवाभावले हजारौं नेपालीहरूको मनमा भरोसा र आशा जगाएको छ! ईश्वरले यहाँलाई सुस्वास्थ्य, दीर्घायु, सफलता र खुशी प्रदान गरून्,यहाँ यसैगरी समाजसेवा र मानवताको यात्रामा निरन्तर अगाडि बढिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं !

Happy Birthday Journalist Lalita Malati Jiu
Team Sigas TV

Address

Mumbai

Telephone

+918618943902

Website

Alerts

Be the first to know and let us send you an email when Sigas Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sigas Tv:

Shortcuts

Share