Chulbule Media

Chulbule Media Chulbule media is Youtube channel . its Run By Www.chulbulemedia.com. visit our channel.

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵Congratulations to all. 😍
27/09/2025

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵
Congratulations to all. 😍

सार्वजनिक भयो जेनजीहरुको आधिकारिक वार्ता टोली, टोलीमा मिराज ढुङ्गाना र प्रवेश दाहाल पनि !सरकारसँग वार्ता गर्नको लागि वार...
27/09/2025

सार्वजनिक भयो जेनजीहरुको आधिकारिक वार्ता टोली, टोलीमा मिराज ढुङ्गाना र प्रवेश दाहाल पनि !

सरकारसँग वार्ता गर्नको लागि वार्ता टोली गठन भएको छ। टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवर, रक्षा बम लगायत छन् ।

रुसी सेनामा पनि भर्ति भएका थिए प्रकाश बोहरा, सोहि कमाइले नेपालगन्जमा किनेका थिए अहिले आइकनिक बनेको जुत्ता !दुई वर्षअघि र...
27/09/2025

रुसी सेनामा पनि भर्ति भएका थिए प्रकाश बोहरा, सोहि कमाइले नेपालगन्जमा किनेका थिए अहिले आइकनिक बनेको जुत्ता !
दुई वर्षअघि रुसी सेनामा समेत भर्ति भएका थिए प्रकाश बोहरा। रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– अहिले भाइरल बनेको सेतो जुत्ता । त्यो जुत्ता उनले १५ सय रुपैयाँमा किनेका थिए ।

सबैजनाले यो पोष्ट लाइ शेर गरिदिनुहोला🙏🙏👇कावासोती लोकाहा बिच को जंगल मा मोटरसाइकल दुर्घटना भएको छ कसैले चिन्नु हुन्छ भने ...
27/09/2025

सबैजनाले यो पोष्ट लाइ शेर गरिदिनुहोला🙏🙏👇
कावासोती लोकाहा बिच को जंगल मा मोटरसाइकल दुर्घटना भएको छ
कसैले चिन्नु हुन्छ भने उहाँ को परिवार सम्म यो खबर पुराइदिनु होला ।
घाइते लाई मध्यबिन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
Sad News.

ओलीलाई प्रभु साहले भने– गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्‘केपी ओलीको हठ, घ’मण्ड र अहङ्कारले अ...
27/09/2025

ओलीलाई प्रभु साहले भने– गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्

‘केपी ओलीको हठ, घ’मण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्ष’ति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घ’मण्ड र अहङ्कारले मुलुक जलेको छ,’‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्र’हार गर्नुको दशा भोग्नुभयो । यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’

मन्त्री कुलमानको एक्सन : २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारी र ठेकेदार दुवैमाथि कारबाहीवर्षौँदेखि सडक र पुल बनाउन ठेक्का ल...
27/09/2025

मन्त्री कुलमानको एक्सन : २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारी र ठेकेदार दुवैमाथि कारबाही

वर्षौँदेखि सडक र पुल बनाउन ठेक्का लिएर पनि काम नगरेका २३४ वटा ठेक्का सरकारले तोड्ने भएको छ।

“सडक निर्माणका लागि राज्यले हरेक वर्ष अबौं रकम खर्च गरिरहेको छ तर नागरिकले यसको लाभ लिन सकेका छैनन्,” उनले भने, “ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अब सह्य हुँदैन। ठेक्का बिगार्न संलग्न कर्मचारी र ठेकेदार दुवैलाई कारबाही हुन्छ।”
उनले कम रकम कबोल गरी ठेक्का लिने, परिचालन पेश्की लिएर अन्यत्र लगानी गर्ने तर काम नगर्ने प्रवृत्ति अन्त्य हुने बताए।
“जोसुकै ठेकेदार भए पनि कसैको दबाब वा प्रलोभनमा नपरी ठेक्का तोड्नुस्, म तपाईंलाई पूर्ण संरक्षण दिन्छु,” मन्त्री घिसिङले निर्देशन दिए।

कुन क्षेत्रमा कति ठेक्का अलपत्र?

दमक : ३८ वटा
काठमाडौं : ७५ वटा
पोखरा : ३९ वटा
सुर्खेत : ४९ वटा
हुलाकी राजमार्ग : १६ वटा
मध्यपहाडी लोकमार्ग : १७ वटा

जम्मा : २३४ ठेक्का तोडिने पक्का।

कारबाही कसलाई हुन्छ?

काम नगर्ने निर्माण व्यवसायी / ठेकेदारलाई !

निर्णय ढिलो गरी वा इमानदारीपूर्वक काम नगरी ठेक्का बिगार्ने तत्कालीन र हालका कर्मचारीलाई

यसका लागि विशेष छानबिन समिति बनाइने भएको छ।

कुन ठेक्का ‘काम नगरेको’ मानिन्छ?

सम्झौतामा तोकिएको समयभन्दा धेरै म्याद थपेर पनि ५०% भन्दा कम काम भएको।

दुई/तीन गुणा समय थपेर पनि काम ८०% भन्दा कम प्रगति भएको।

चार गुणा समय थप्दा पनि काम अझै सकिन बाँकी रहेको।

सम्झौता रकम २ करोडभन्दा बढी हुने ठेक्का।

शुभ प्रभात 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏
27/09/2025

शुभ प्रभात 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏

असोज ३ गते बिदाको दिनै शेरबहादुर देउवा र आरजु राणा देउवालाई राहदानी बनेको भन्दै परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। उ...
27/09/2025

असोज ३ गते बिदाको दिनै शेरबहादुर देउवा र आरजु राणा देउवालाई राहदानी बनेको भन्दै परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। उनीहरू उपचारका लागि थाइल्यान्ड जान लागेका थिए तर प्रकरण बाहिरिएपछि यात्रा स्थगित भएको छ। राहदानी विभागका अधिकारीहरू मोबाइल पासपोर्ट वितरणमा प्रयोग हुने विशेष ‘किट’ लिएर उनीहरू उपचाररत स्थानमै पुगेका थिए र त्यहीं राहदानी जारी गरिएको खुलेको छ।

जेनजी आन्दोलनपछि पुराना दलका नेताहरू, सरकारबाट बाहिरिएका कार्यकर्ता र अकुत सम्पत्ति कमाएका व्यापारीहरूले एउटै स्वर निकाल...
26/09/2025

जेनजी आन्दोलनपछि पुराना दलका नेताहरू, सरकारबाट बाहिरिएका कार्यकर्ता र अकुत सम्पत्ति कमाएका व्यापारीहरूले एउटै स्वर निकालिरहेका छन् -“बालेन र रविले युवालाई उचाले।” तर प्रश्न उठ्छ, के केवल दुई व्यक्तिको भाषण र निर्देशनले लाखौँ युवालाई सडकमा ल्याउन सक्छ?

आखिर केका लागि यत्रो जनमत र युवाहरू सडकमा निस्केर आ'गो लगाउन तयार भएछन् त?

यो प्रश्नलाई गम्भीरतापूर्वक बुझ्नै पर्छ। के युवाहरू बालेन र रविको निर्देशन मात्र हेरेर सडकमा उत्रिएका हुन्? कि त उनीहरू दशकौँदेखि पुराना दलहरू- ओली, देउबा, प्रचण्ड र अरू नेताहरूको असफलताबाट दिक्क भएर आफ्ना पीडा व्यक्त गर्न निस्केका हुन्?

पुस्तौँदेखि गरिबी, बेरोजगारी, शिक्षा–स्वास्थ्यमा अन्याय, अवसरको अभाव र भ्रष्टाचारले युवालाई दवाएर राखेको थियो। बारम्बार सत्तामा पुगेका पुराना नेताहरूले देशलाई दिशाहीन बनाए, आशा दिने साटो घृणा कमाए। त्यसैले पछिल्लो पुस्ताले तिनप्रति विश्वास गुमाएको हो।
युवाहरूलाई सडकमा ल्याउने मूल कारण भनेकै प्रणालीगत विफलता हो, जसको प्रतिनिधि पुराना दलहरू हुन्। बालेन र रविले त्यस आक्रोशलाई आवाज मात्र दिएका हुन्। दोष उनीहरूको व्यक्तिगत महत्वाकांक्षामा मात्र हैन, पुराना दलहरूको वर्षौंदेखिको असफल नेतृत्वमा पनि छ।

त्यसैले सवाल यस्तो छ-पुराना दलहरूले आफ्नो विफलताको जिम्मा नलिएर, युवाको आ'क्रोशलाई अरूको काँधमा थोपर्ने हो कि? वा सत्य स्वीकार गरेर प्रणालीगत सुधारतर्फ अघि बढ्ने हो?

युवाहरूले राजनीति होइन, न्याय खोजिरहेका छन्। उनीहरूको असन्तोषलाई बुझ्न नसकेसम्म, नयाँ पुस्ताले पुराना नेताप्रति घृणा राखिरहनेछ।

युवाहरू सडकमा निस्कनुको कारण नेताहरूको असफलता हो, जसलाई ढाकछोप गरेर समाधान हुँदैन। अहिलेको आवश्यकता दोषारोपण होइन, आवाजलाई सुन्ने र प्रणालीगत सुधार गर्ने हो।

Puspa Kamal Dahal Prachanda says, "आज हामीले केन्द्रिय समितिको बैठक सफलतापुर्वक सम्पन्न गर्यौँ । म अब अध्यक्ष छैन, म संय...
26/09/2025

Puspa Kamal Dahal Prachanda says, "आज हामीले केन्द्रिय समितिको बैठक सफलतापुर्वक सम्पन्न गर्यौँ । म अब अध्यक्ष छैन, म संयोजक भएँ ।"😮

B***n तपाईहरूले पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा केहि समय पहिले सटरहरू देख्नु भएको थियो होला, त्यो पद्मोदय स्कुल...
26/09/2025

B***n
तपाईहरूले पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा केहि समय पहिले सटरहरू देख्नु भएको थियो होला, त्यो पद्मोदय स्कुल हो । करिब ८० बर्षको इतिहास बोकेको सो स्कुलको स्थापनाकालदेखि स्कुलको जग्गामा पसलहरू सञ्चालन भई राखेको थियो । यो स्कुलमा मात्र होइन, धेरैजसो सामुदायीक स्कुलहरुमा यस्तै गरि स्कुल भवनमा, स्कुल हाताभित्र सटर बनाएर भाडामा दिइन्थ्यो, पार्टी प्यालेसहरूलाई दिइन्थ्यो । कतिमा स्कुलले भाडासमेत पाउँदैन थियो भने कतिमा स्कुलले पाउने भाडादर भने सँधै बजारमूल्य भन्दा कम भनेर विवादित भइरहन्थ्यो ।

यस्ता कार्यले स्कुलमा पढाइ बाहेकका अन्य गतिबिधिले विद्यार्थीलाई डिस्टर्ब हुनुको साथै ठाउँ नभएर स्कुलले राम्रो सभा सञ्चालन गर्ने पाएको थिएनन् । त्यस्तै विद्यार्थीलाई खेल्ने ठाउँको समेत अभाव हुन्थ्यो ।

स्कुलमा सबै भन्दा ठुलो हक विद्यार्थीको हुन्छ । काठमाण्डौ महानगर र नेपाल सरकारको नीति अनुसार स्कुलहरू व्यापारिक थलो हैन, अध्ययन अध्यापनको केन्द्र हुनु पर्छ भन्ने उद्देष्यले हामीले पद्मोदयमा त्यहाँको सटर हटायौँ । सो स्थानमा विद्यार्थीलाई खेल्ने मैदान बनाउने टेन्डर आवहान भईसकेको छ भने विद्यालयले महानगरबाट थप अनुदान पनि प्राप्त गर्नेछ । अन्य स्कुलको हकमा पनि हुने पद्मोदय जस्तै हो ।

सरकारी स्कुलहरूमा गुणस्तरिय पढाइका साथै अतिरिक्त क्रियाकलापको विकल्पमा अन्य कुरामा हामी सम्झौता गर्ने छैनौँ । स्कुल शिक्षा विद्यार्थीको लागि मात्र होइन, मुलुक, सभ्यता र संस्कृतिको भविष्यका लागि पनि प्रमुख बिषय हो ।

जेनजी आन्दोलनका क्रममा तुलसीपुरमा तरुण दल उपसभापति केशवराज भुसालको मोटरसाइकलमा आगजनी गर्ने २६ वर्षीय सञ्जय शर्माले गल्ती...
26/09/2025

जेनजी आन्दोलनका क्रममा तुलसीपुरमा तरुण दल उपसभापति केशवराज भुसालको मोटरसाइकलमा आगजनी गर्ने २६ वर्षीय सञ्जय शर्माले गल्ती स्वीकार गर्दै डेढ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएका छन्।

सिसिटिभी र नगर प्रहरीको सहयोगमा संलग्न पाँच जनामध्ये शर्मालाई फेला पारिएको थियो। भुसालले अर्का संलग्न विशाल गुप्तालाई पनि पहिचान गरेका छन्। प्रत्यक्षदर्शी नगर प्रहरीको सनाखतपछि गुप्ता पक्राउ परेका छन्।

अब गुप्तासहित तीन जनाविरुद्ध किटानी जाहेरी दिने तयारी भइरहेको छ।

Address

Subhashpally, Kuliagarh
Naihati
743166

Alerts

Be the first to know and let us send you an email when Chulbule Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chulbule Media:

Share