04/09/2026
के हाम्रा क्षेत्रका निजी विद्यालयहरू बन्द हुने स्थितिमा छन्?
हाम्रा क्षेत्रका निजी विद्यालयहरूले एउटा ठूलो समस्या भोगिरहेका छन्। यी विद्यालयहरूले सरकारको लगभग २९ भन्दा अधिक आदेशहरु मान्न बाध्य बनेका छन्। ती आदेशहरू अन्तर्गत जमिनको धनी पुर्जा अर्थात् पर्चा अथवा डिड प्रमुख समस्या हो। यसबाहेक गरिबका नानीहरू पढ्ने धेरै कम शुल्क लिने विद्यालयहरूमा लाखौँ रुपैयाँ पर्ने अग्निसमन प्रणाली खोजिनु पनि यी विद्यालयहरूको आर्थिक मेरुदण्ड भाँच्नु बराबर हो। जबकि अधिकांश सरकारी स्कुलहरूमा नै अग्निसमन प्रणाली छैन। मैले मुख्यमन्त्रीलाई पत्रमा लेखेको कुरा यस भिडियोमा सविस्तार बताउने प्रयास गरेको छु। - Bp Bajgain
Part 14