निरपानी टाईम्स

निरपानी टाईम्स Curious about the world and the news shaping our future? We are here to help you understand them.

08/10/2023

बगानको लागी हामी धेरै खट्यौ , बलिदान गर्‍यौ , जबसम्म 20% बोनस हामीलाई मिल्दैन तब सम्म हाम्रो गेट मिटिङ , र्याली अनि धर्ना जारी रहनेछ:- चिया श्रमिक

08/10/2023

20% बोनसको मांग लिएर तराईको बेलगाछी चिया बगानका चिया श्रमिकबर्गहरु द्वारा गेट मिटिङ , र्याली अनि धर्ना प्रदर्शन

 टिस्टाको भेलले बगाएको 22 जना जवानहरु मद्धे एक जवानलाई टिस्टा नदीको लिङ्गखिम टारबाट दनोक, नाम्थाङगका युवाहरूले  जिउदै उद...
07/10/2023


टिस्टाको भेलले बगाएको 22 जना जवानहरु मद्धे एक जवानलाई टिस्टा नदीको लिङ्गखिम टारबाट दनोक, नाम्थाङगका युवाहरूले जिउदै उद्धार गरेका छन्। जवानलाई उपचारको निम्ति गान्तोक ल्याईएको छ।

ई सी युनाइटेड बोईज (E.C. UNITED BOYS) फाइनलमा देवराली संघ रङ्गमोहन च्याँगा बस्तीको आयोजनामा सेभेन साइड ओपन नक-आउट फुटबल ...
07/10/2023

ई सी युनाइटेड बोईज (E.C. UNITED BOYS) फाइनलमा

देवराली संघ रङ्गमोहन च्याँगा बस्तीको आयोजनामा सेभेन साइड ओपन नक-आउट फुटबल टुर्नामेन्टमा ई सी युनाइटेड बोईज-ले फाइनलमा स्थान बनायो। शनिबार रङ्गमोहन हाई स्कुल खेल मैदानमा भएको म्याचमा ई सी युनाइटेड बोईज (E.C.UNITED BOYS) -ले च्याँगा बोईज युथ क्लब (CHENGA) -लाई टाइब्रेकरमा ३-२ गोलद्वारा पराजित गर्‍यो। नियमित समयको खेलमा दुवै दल १-१ गोलको बराबरीमा रहेको थियो। नियमित समयमा ई सी युनाइटेड बोईज बाट प्रमोदले गोल गरेका थिए भने च्याँगा युथ क्लब बोईज बाट राहुलले गोल गरेका थिए। अब भोली दोस्रो सेमिफाइनल खेल सिमुलबारी टि (SIMULBARI) बनाम बुङ्कुलुङ एफए (BUNGKULUNG) माझ हुनेछ। यस फुटबल टुर्नामेण्टमा जम्मा 16 वटा टीमलाई स्थान दिइएको थियो। टुर्नामेण्टको फाइनल 14 अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 40 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 25 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ भनी आयोजक समितिका रजत तामाङले जानकारी गराएका छन्।

Well Done TeamIndia!  🇮🇳एशियाई खेलमा भारतको निम्ति स्वर्ण रुतुराज गायकवाडको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीले एसियाल...
07/10/2023

Well Done TeamIndia! 🇮🇳
एशियाई खेलमा भारतको निम्ति स्वर्ण

रुतुराज गायकवाडको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीले एसियाली खेलकुदमा स्वर्ण पदक जित्यो। अफगानिस्तानविरुद्धको फाइनल वर्षाका कारण रद्द भएपछि हांग्जाउमा भएको फाइनलमा भारतीय पुरुष क्रिकेटले स्वर्ण जितेको छ ।

धेरै धेरै बधाई पूरा भारतीय क्रिकेट टिमलाई।

राज्यका जनजाती मन्त्री बुलु चिक बराईकलाई सभासद परेश तिर्कीले लेखे पत्र सुकुना पानीघट्टा समष्टिका सभासद परेश तिर्कीले पश्...
07/10/2023

राज्यका जनजाती मन्त्री बुलु चिक बराईकलाई सभासद परेश तिर्कीले लेखे पत्र

सुकुना पानीघट्टा समष्टिका सभासद परेश तिर्कीले पश्चिम बंगाल राज्यका जनजाती मन्त्री बुलु चिक बराईकलाई टिस्टा नदीका कारण प्रभावित टिस्टा क्षेत्रका पीडितका लागि राहत कोष जारी गरिदिने सम्बन्धमा शनिबार एउटा पत्र लेखेका छन्। पत्र पाए पश्चात जनजाती मन्त्रीले पनि चाँडै नै समस्याको समाधान गरिदिने अनि रिलिफ फण्ड अनुदान गरिदिने वाचा सभासद समक्ष गरेका छन् ।

पश्चिम बंगाल राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले टिस्टा बाढी पिडितहरुको निम्ति गरे आर्थिक राहतको घोषणा, मुख्यमन्त्रीले...
07/10/2023

पश्चिम बंगाल राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले टिस्टा बाढी पिडितहरुको निम्ति गरे आर्थिक राहतको घोषणा, मुख्यमन्त्रीले आफ्नो ट्युटर हेन्डल एक्सबाट 25 करोड रुपियाँको सहयोग गर्ने गरिन घोषणा

पानीघट्टा निवासी नितम लकड़ा सिक्किममा बेपत्तागत चार तारिखको दिन टिस्टामा आएको बिनासकारी बाड़ पछि अहिले सबैजना आफन्तहरुको...
07/10/2023

पानीघट्टा निवासी नितम लकड़ा सिक्किममा बेपत्ता

गत चार तारिखको दिन टिस्टामा आएको बिनासकारी बाड़ पछि अहिले सबैजना आफन्तहरुको खोज तलासमा लागि परेका छन्। यस बिनासकारी बाड़ले धेरै धनजनको क्षति गर्नका साथै धेरै मानिसहरू लापत्ता पनि बनेका छन्। यसै क्रममा पानीघट्टा बिच लाईन निवासी बोनीफास लकड़ाका छोरा नितम लकड़ा पनि गत २९ तारिख साथीलाई पुर्याउन चुंगथांग गएका थिए जो आज सम्पर्क बिहीन बनेका छन्। जति पनि स्वयंसेवकहरु उद्धार कार्यमा लागि पर्नुभएको छ कृपाय तस्वीरमा रहेको भाई नितम लकड़ा बारे कुनै जानकारी पाउनु भयो भने निम्न नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौं।

सम्पर्क: 7478778621

07/10/2023

कोलाबारी बन बिभाग अनि बागडोग्रा नेचर एन्ड वाइल्ड लाईफको तत्वधानमा शुक्रबार कोलाबारी प्राथमिक पाठशाला मैदानमा 69औ वाइल्ड लाईफ विक पालन

कसले जित्ला ?आजको पहिलो सेमिफाइनल देवराली संघ नक-आउट फुटबल टुर्नामेन्टच्याँगा बोइज युथ क्लब बनाम ई सि युनाइटेड बोइज स्था...
07/10/2023

कसले जित्ला ?
आजको पहिलो सेमिफाइनल
देवराली संघ नक-आउट फुटबल टुर्नामेन्ट

च्याँगा बोइज युथ क्लब बनाम ई सि युनाइटेड बोइज
स्थान :- रङ्गमोहन हाई स्कुल खेल मैदान
समय :- 3 बजे!! समयमा टिकट काटेर मैदानमा प्रवेश गर्नुहोला।

06/10/2023

सागर नागेसिया हत्याकाण्डका आरोपी जयन्ती कुजुर नागेसिया अनि विष्णु महातो नक्सलबारी थानाको कब्जामा

Sagar Nagesia murder case accused Jayanti Kujur Nagesia and Vishnu Mahato naxalbari police station custody

सिमुलबारी टि ई सेमिफाइनलमा देवराली संघ रङ्गमोहन च्याँगा बस्तीको आयोजनामा सेभेन साइड ओपन नक-आउट फुटबल टुर्नामेन्टमा सिमुल...
06/10/2023

सिमुलबारी टि ई सेमिफाइनलमा

देवराली संघ रङ्गमोहन च्याँगा बस्तीको आयोजनामा सेभेन साइड ओपन नक-आउट फुटबल टुर्नामेन्टमा सिमुलबारी टि ई-ले सेमिफाइनलमा स्थान बनायो। शुक्रबार रङ्गमोहन हाई स्कुल खेल मैदानमा भएको म्याचमा सिमुलबारी टि ई-ले वाईएफएससी एमएम तराई-लाई 3-1 गोलद्वारा पराजित गर्‍यो। बिजेता टिमबाट राजा अनि बिटटुले गोल गरेका थिए त्यसरी नै वाईएफएससी एमएम तराईबाट एल्लो गोल आयुष श्रेष्ठले गरेका थिए। अब भोली पहिलो सेमिफाइनल खेल च्याँगा बोईज युथ क्लब बनाम ई सि युनाईटेड बोइज माझ हुनेछ। यस फुटबल टुर्नामेण्टमा जम्मा 16 वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टको फाइनल 14 अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 40 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 25 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ भनी आयोजक समितिका रजत तामाङले जानकारी गराएका छन्।

"यदि भारत सरकारले दार्जीलिङ पहाडलाई राहतको अनुदान दिनु सक्दैन भने भनिदिनुहोस् कि दार्जीलिङ कालेबुङ भारतको अङ्ग होइन भनेर...
06/10/2023

"यदि भारत सरकारले दार्जीलिङ पहाडलाई राहतको अनुदान दिनु सक्दैन भने भनिदिनुहोस् कि दार्जीलिङ कालेबुङ भारतको अङ्ग होइन भनेर।" केशवराज पोख्रेल

सिक्किम सरकारलाई राहतको निम्ति केन्द्र सरकारले सुरुवाती ₹ 44.80 करोड दिने समाचार पायौं। अति राम्रो कुरा हो। कालेबुङ जिल्ला अन्तर्गत टिस्टा क्षेत्रमा पनि सिक्किमको बाढले धेरै नोक्सान पुर्याएको छ।

सिक्किमलाई राहतको निम्ति केन्द्रले 44.80 करोड अनुदान दिँदा जी टी एले एक पैसा पनि अनुदान नपाउँदा हामीलाई भान हुँदैछ कतै हामी भारत भित्र नै छौं कि कता तिर छौं? किनभने सरकारलाई थाहा हुनु पर्ने हो कि टिस्टाको बगरबाट कुद्ने सडक जब सम्म बनिन्दैन, जब सम्म यहाँको विस्थापितहरुलाई स्थापित गरिँदैन तब सम्म सिक्किम अन्य राज्य देखि चुँडिएर नै रहनेछ। जब सम्म राष्ट्रिय राजमार्ग १०, रम्फुको बाटो, विकल्प बाटोहरू बनिँदैन तब सम्म सिक्किम अन्य प्रान्त देखि विच्छिन्न नै रहनेछ। त्यसैले कालेबुङ जिल्लामा बिग्रिएको बाटोहरु जब सम्म ठीक पारिन्दैन तब सम्म सिक्किमलाई कुनै फाइदा हुँदैन। राष्ट्रिय मार्ग १० अनि अन्य विकल्प मार्गहरु रणनैतिक मार्ग हुन् भारत सरकारको निम्ति पनि।
म चाहन्छु 'राष्ट्र पहिला' (Nation First) काे नारा दिने भारत सरकारले राष्ट्र पहिला कै नीति अपनाएर , कुनै राजनीति नगरेर, दार्जीलिङ अनि कालेबुङलाई सानी आमाको व्यवहार नगरेर चाँडो भन्दा चाँडो राहत कोष दिएको हुनुपर्छ।

दोस्रो यहाँको सांसद राजु विष्टलाई निवेदन गर्छु कि स्थानीय समस्या हामी सम्हाल्छौ, तपाईं दिल्ली गएर हाम्रो क्षेत्रको निम्ति राहत कोष लिएर आउनु होस। यदि भारत सरकारले दिनु सक्दैन भने भनिदिनुहोस् कि दार्जीलिङ कालेबुङ भारतको अङ्ग होइन भनेर।

भेटियो जवानका सामाग्रीहरू।गत चार तारिख बादल फुटेर आएको भिषण बाड़ले सिक्किमका बिभिन्न क्षेत्र अनि कालेबुंग जिल्लाका बिभिन...
06/10/2023

भेटियो जवानका सामाग्रीहरू।

गत चार तारिख बादल फुटेर आएको भिषण बाड़ले सिक्किमका बिभिन्न क्षेत्र अनि कालेबुंग जिल्लाका बिभिन्न क्षेत्रहरूमा डरलाग्दो तबाही मच्चाएको छ। गाउँ गाउँ नै बगाएर लगेको छ अनगन्ती मानिसहरू बेपत्ता बनेका छन्। त्यस दिन सिक्किमको बदामताम बाट तैहिस जना सेनाका जवानहरु पनि बेपत्ता बनेका थिए उनीहरूको हात हतियारहरू सबै बगाएर लगेका अथवा बलुवा मुनि पुरिएका छन्।कृपया कसैले पनि खोलातिर केही खोज्न जाँदा अथवा पिडितहरुलाई सहयोग गर्न जाँदा कुनै शंकास्पद सामग्रीहरू देख्नु भग बिभागिय अधिकारीहरुलाई सुचित गरिदिनु होला त्यस चिजलाई टिप्ने अथवा छेउतिर जाने प्रयास नगर्नुहोला।
ज्ञात रहोस आज जलपाईगुडीमा यस्तै प्रकारको सामान उठाउने हुँदा दुईजनाले ज्यान गुमाएका छन्।

06/10/2023

मिरिक आपतकालीन सेवा समितिले शुक्रबार मिरिक ब्यावसाय संगठन भवनमा एउटा आपतकालीन सभा साैराज गाेलेकाे अध्यक्षामा गर्याे।सभाले प्राकृतिक आपदासित जुझी रहेका पिडितहरूलाई सहयाेग गर्ने निधाे गर्दै इच्छुक सहयाेगीहरूले समितिसित सम्पर्क गर्ने अनेराेध गरेकाे छ ।सम्पर्क नम्बर 8250338485 सेवन राई, 9733243218 प्रमिला सुब्बा,9733325886 महेन्द्र खड्का,9775971296 बुद्ध तामाङ ,9832032101 पृथ्वीराज सुनार अनि 9832017804 माेहन भारती।

रोहिणी लोवर चिसोपानीमा जल जीवन मिशन अन्तगर्त पिउने पानीको उद्धधाटन साथै सार्वजनिक भवन निर्माण कार्यको  शिलान्यास कार्यक्...
06/10/2023

रोहिणी लोवर चिसोपानीमा जल जीवन मिशन अन्तगर्त पिउने पानीको उद्धधाटन साथै सार्वजनिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रम।

खरसाङ महुकमा अन्तगर्त रोहिणी चिसो पानी क्षेत्रमा जल जीवन मिशन अन्तगर्त पिउने पानी कार्यको उद्धाटन कार्यक्रम सम्पन्न भयो साथै यस गाउँमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको शिलान्यास कार्यको उद्धाटन पंखाबारी लंगभ्यु अम्बटे कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट बिविध पूजा अर्चना सहित सम्पन्न भयो।

खरसाङ महुकमा समिति गजेन प्रधानले संचालन गरेको कार्यक्रममा राईले स्वागत भाषण राखेका थिए भने सुन्दर राईले स्वागत गीत गाएका थिए । कार्यक्रमको शुरूमा गत ४ तारीखको दिनमा टिस्टा नदीमा आएको प्राकृतिक आपदामा ज्यान गुमाउनेहरूको चिर आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद कल्पना प्रधानले रोहिणी अन्तगर्त चिसो पानी क्षेत्रमा जल जीवन मिशन अन्तगर्त पिउने पानीको कार्य असल ढंगमा भएको बताइन् साथै यसै क्षेत्रमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको कार्य पनि गुणस्तरीय हुने जनाइन्। चिसो पानी क्षेत्रमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको निर्माणको निम्ति स्व० साँइला गुरूको श्रीमतीले जमीन दान दिएको नव निर्मित सार्वजनिक भवनको नामाकरण स्व० साँइला गुरुङको गरिने पनि सभासद कल्पना प्रधानले जनाइन्। उहाँले आफ्नो सम्बोधनमा जीटिए प्रमुख कार्यपालको कुशल नेतृत्वमा रोहिणी क्षेत्रमा जीटिए मार्फत अझ धेरै बिकासमूलक कार्यहरू गर्ने उहाँको योजनाहरू रहेको पनि जनाइन् । कार्यकारी सभासद कल्पना प्रधानले रोहिणी रत्नड्याङमा क्यान्सर पीडितको घरमा गई आर्थिक सहयोग पनि गरिन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा खरसाङ खण्ड समिति सभाधिपति, अनु प्रधान, खरसाङ नारी शक्ति जयतुन निशा खातुन,समष्टि सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियार, पंचायत सदस्यगण,खरसाङ नगरपालिका भूतपूर्व चियरमेन समर दीप ब्लोन, पिएची बिभाग मुख्य अभियन्ता मणिकुमार मंग्रान्ती, सह-अभियन्ता एम०,बी०,थापा, साथै खरसाङ सिचाई बिभाग मुख्य अभियन्ता रतन दर्नाल, सह- अभियन्ता अविनाश शर्मा, रोहिणी खण्ड समिति सचिव कल्याण राणा साथै रोहिणी क्षेत्रबाट भागोप्रमोका युवा शक्ति, नारी शक्ति साथै भातृत्व संगठनहरूको बाक्लो उपस्थिति रहेको थियो।

कालेबुङलाई केन्द्र सरकारले किन सहायता गरेन?कालेबुङ जिल्ला पनि भारत भित्र नै पर्छ।आज कोलकाताको नवान्नमा मैले राज्यका मुख्...
06/10/2023

कालेबुङलाई केन्द्र सरकारले किन सहायता गरेन?कालेबुङ जिल्ला पनि भारत भित्र नै पर्छ।

आज कोलकाताको नवान्नमा मैले राज्यका मुख्य सचिव एच के दुबेदी सँग बैठक बसे। बैठक दिउँसो 11 बजे बसेको थियो। कालेबुङ जिल्लामा भएको बाढको प्रभाव अनि क्षति विषय चर्चा गर्यौ। त्यसै समय मैले माननीय मुख्यमन्त्री सुश्री ममता बनर्जी सँग पनि फोनमा बात गरे। उहाँ सँग प्राकृतिक प्रकोपका कारण पहाडमा भएको क्षतिबारे छलफल भयो।

उहाँले मलाई सहयोगको वचन दिँदै भन्नु भयो कि राज्य सरकारले कालिम्पोङ लगायत पहाडमा भएको क्षतिको समीक्षा गरिरहेको छ। माननीय मुख्यमन्त्री पहाडको अवस्थालाई लिएर चिन्तित हुनुहुन्छ।

केन्द्र सरकारले आज मात्र सिक्किम राज्यलाई क्षतिको सहायता स्वरूप रु 44.80 करोड सुरुवाती अनुदान दिने घोषणा गर्यो। कालेबुङ जिल्लालाई किन कुनै सहायता दिईएन? कालेबुङ जिल्ला पनि भारत भित्र नै पर्छ। हाम्रो क्षेत्रले भाजपालाई तीन तीन पल्ट सांसद पठायौं। आज हामीले स्पष्ट देख्यौं कि दार्जीलिङका गोर्खाहरूलाई हेर्ने भाजपाको दृष्टिकोण कस्तो छ भनेर। केन्द्र सरकारले हामीलाई किन पैसा दिँदैन ? यो समय संवेदनशीलता देखाउने समय हो, राजनीति गर्ने समय होइन। मलाई अच्चम्भ लाग्दैछ केन्द्र सरकारले टिस्टा बाढलाई किन सहयाेग दिनु मानेन? जसरी सिक्किम भारतको अभिन्न अंग हो, त्यसरी नै दार्जीलिङ्ग, कालेबुङ पनि हो। सिक्किमलाई सहायता चाहिन्छ, हामीलाई पनि चाहिन्छ।

कालिम्पोङ जिल्लामा कम्तीमा ३०० घरमा क्षति पुगेको छ । अहिले बाढ पिडितलाई राहत शिविरमा राखेका छौं। भोलि देखि म टिस्टा क्षेत्रमा नै रहेर काम गर्नेछु।

अनित थापा
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

सिक्किम प्राकृतिक प्रकोपमा परि अलिपुरद्वार निवासी सेनाका सिपाहीको मृत्यु भएको छ।अलिपुरद्वारका निवासी सेना सिपाही विमल ओर...
06/10/2023

सिक्किम प्राकृतिक प्रकोपमा परि अलिपुरद्वार निवासी सेनाका सिपाहीको मृत्यु भएको छ।

अलिपुरद्वारका निवासी सेना सिपाही विमल ओरावनको सिक्किममा प्राकृतिक प्रकोपमा मृत्यु भएको छ। उनी काल्चिनी ब्लकको मधु चिया बगानका बासिन्दा थिए। यो सिक्किममा बाढीमा हराएको सेनाको गाडी र सैनिकहरू मध्ये एक हो। उनको शव शुक्रबार मधु चिया बगानको मुन्सी लाइनस्थित उनको निवासमा ल्याइएको छ । उनको शव बुधबार गजलदोबास्थित टिष्टा खोलाबाट फेला परेको हो। बिहीबार उनका भाइले शव पहिचान गरेका थिए। यस पछि, उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पोस्टमार्टम पछि, शवलाई बिन्नागुरी आर्मी क्यान्टोनमेन्टमा अन्तिम श्रद्धांजलि दिइएको थियो जहाँ उनको पोस्ट गरिएको थियो। त्यसपछि शव घर पठाइएको थियो।

Address

Siliguri

Telephone

+917550891378

Website

Alerts

Be the first to know and let us send you an email when निरपानी टाईम्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निरपानी टाईम्स:

Share