Hamro Najar

Hamro Najar all type vedio like news,programme, story etc we provide

 #आउनुहोस्_फुटबल_खेल्न_अनि_हेर्न_ग्यासोक_झर्नुहोस्…!युवाहरूको अन्तर्निहित कलाको विकास गराउन अनि खेलप्रति प्रोत्साहन जगाउ...
20/09/2024

#आउनुहोस्_फुटबल_खेल्न_अनि_हेर्न_ग्यासोक_झर्नुहोस्…!
युवाहरूको अन्तर्निहित कलाको विकास गराउन अनि खेलप्रति प्रोत्साहन जगाउन ग्यासोक युथ फोरमको आयोजनामा आगामी 25 सेप्टेम्बरदेखि ‘कमला छेत्री स्मृति खुल्ला फुटबल टुर्नामेन्ट’ आरम्भ भइरहेको छ। ग्यासोक जन खेल मैदानमा सम्पन्न हुने उक्त प्रतियोगितामा पुरुष अनि महिला दुवै वर्गको खेल हुनेछ। पुरुष वर्गको निम्ति रूपियाँ 2000/- अनि महिला वर्गको निम्ति केवल 1000/- मात्र शुल्क राखिएको यस टुर्नामेन्टको चुडान्त खेलामा विजय हुने दललाई 50,000/- अनि उप विजेता दललाई 30,000/- नगद राशिको उपहार राखिएको छ। महिला वर्गको निम्ति भने आयोजक समितिले टुर्नामेन्टको फाइनल राउण्डमा नै नगद राशिको निर्णय गर्नेछ। टाडा अनि नजिकबाट यस मैदानमा खेल खेल्न आउने भएको छ। आगामी 5 अक्टोबरसम्म खेलिने यस टुर्नामेन्टमा सम्पूर्ण फुटबल प्रेमी अनि खेलाडीहरूलाई खेल खेली अनि हेरी आनन्द उठाउने अनुरोध गरिन्छ।
भवदीय
आयोजक समिति
ग्यासोक युथ फोरम

अधिक जानकारीको निम्ति सम्पर्क गर्नु होस्
विशाल छेत्री
कोषाध्याक्ष
फोन नम्बर - 9679332267

16/08/2024

BAND DISPLAY by Barbot Higher Secondary school in 78th Independence Day 2024

16/08/2024

BAND DISPLAY by Anuj sumi Pipe Band in 78th independence Day celebration 2024

 #मोबाइल_फोन_हराएको_सूचना!!गत दिनाङ्क 18 नोभेम्बर 2023 शनिबार दिउँसो लगभग 3: बजे  रेली पुलदेखि सिन्देबुङ फाटक सम्मको बाट...
24/11/2023

#मोबाइल_फोन_हराएको_सूचना!!
गत दिनाङ्क 18 नोभेम्बर 2023 शनिबार दिउँसो लगभग 3: बजे रेली पुलदेखि सिन्देबुङ फाटक सम्मको बाटोमा (VIVO V23E) नामको मुबाइल फोन हराएको छ। उक्त फोन EMI मा रहेको छ। यसर्थ कसैले पनि उक्त फोन भेट्नु भएको छ भने कृपय निम्न नम्बरमा सम्पर्क गरी सेवाको भावना अघि राखिदिने अनुरोध गरिन्छ। भेट्ने व्यक्तिको निम्ति विशेष इनाम पनि राखिएको छ।
सम्पर्क नम्बर
6296328984/ 9064806563

03/11/2023

जरूरी सूचना।।
निम्बोङ ग्राम पञ्चयात क्षेत्रमा हाल मतदाता परिचयपत्र संशोधन गर्ने काम साथै पश्चिम बङ्गालदेखि बाहिर रहेका मतदाताहरूको (migration form) भरिने कार्य भइरहेको छ।

निर्वाचन आयोगको निर्देशानुसार मतदाता नामावलीमा समावेश गर्ने आफ्नो नाम जाँच गर्ने, बाबु, आमा, श्रीमान को नाम सही छ छैन हेर्ने तथा ठेगाना आदि सच्याउने काम गरिनेछ। नयाँ मतदाता परिचयपत्रका लागि 01/01/2006 भन्दा पहिला जन्मेको हुनपर्ने छ। यसबाहेक मृत्यु भएको तथा बिवाह औ बसाईं सरेर अन्यत्र गएकाको मतदाता नामावलीबाट नाम हटाउने आदि काम भइरहेको छ। यसका साथै राज्यदेखि बाहिर बसेर काम गरिरहेका मानिसहरूको पनि माइग्रेसन फारम भरिने कार्य भइरहेको छ।
यसको निम्ति झट्ट पञ्चयात कार्यलयमा आएर जानकारी लिनु हवस्।
कार्यकारी साहयक
निम्बोङ ग्राम पञ्चयात कार्यालय

26/10/2023

धिङताङ धिङताङ मादलु बज्यो...!!

बलत्कारी र हत्यारालाई चाँडै सजय दिइनुपर्छ भन्ने मागमा कालेबुङ शहर पूर्णरूपमा बन्द।।
26/08/2023

बलत्कारी र हत्यारालाई चाँडै सजय दिइनुपर्छ भन्ने मागमा कालेबुङ शहर पूर्णरूपमा बन्द।।

भारत (चन्द्रयान-3) चन्द्रमाको भूमिमा सफलतापूर्वक ल्याण्ड भएर नयाँ इतिहास स्थापित गर्न सकेकोमा सम्पूर्ण भारतवासीलाई बधाई!...
23/08/2023

भारत (चन्द्रयान-3) चन्द्रमाको भूमिमा सफलतापूर्वक ल्याण्ड भएर नयाँ इतिहास स्थापित गर्न सकेकोमा सम्पूर्ण भारतवासीलाई बधाई!!

 #सिलगडीमा_भेटियो_नेपाली_छात्राको_शवसिलगढीमा एकजना नेपाली स्कुले नानीको हत्या भएको घट्ना प्रकाशमा आएको छ।हिजो मतिगढा सिट...
22/08/2023

#सिलगडीमा_भेटियो_नेपाली_छात्राको_शव

सिलगढीमा एकजना नेपाली स्कुले नानीको हत्या भएको घट्ना प्रकाशमा आएको छ।

हिजो मतिगढा सिटी सेन्टर नजिक जङ्गलबाट एकजना छात्राको रगताम्मे अवस्थामा शव भेटाइएको हो।
विक्षत भएका कारण उक्त स्कुले नानी को हुन् भनेर हाल परिचय पाउन सकिएको छैन। उक्त नाबालिका नेपाली कल्याणी स्कुलकी एक छात्रा भएको समाचारहरुमा उल्लेख छ। मतिगढा पुलिसले घटनाको अनुसन्धान गरिरहेको तथा हत्याराको खोजीमा लागिपरेको छ।

यसैबिच खरसाङका विधायक विधायक बी पी बजगाईँले यो घटनालाई बंगाल विधानसभामा उठाउने बताएका छन्। हत्याको घोर निन्दा गर्दै अपराधीलाई कडा सजाय हुनुपर्ने उनले माग गरेका छन् ।

21/08/2023

हाईवे ७१७ अन्तर्गत भूटान बिल्डर कम्पनीको डम्पर निम्बोङ फाटक नजिक सडकमै पल्टिएको छ। सडकमा हिलो बेसी भएको कारणले पल्टिएको हो। यता चालकलाई भने कुनै प्रकारको गम्भीर चोट लागेन।

18/08/2023

्र_हराएको_सूचना
ममता गुरूङ नामको दुईवटा ब्याङ्कको खाता, र अन्य कागज पत्र आज खानीदेखि कालेबुङ बजारभित्र हराएको छ।
हराएको कागज पत्र निम्न प्रकार रहेको छ :
1 स्टेट ब्याङक र सेन्टर ब्याङ्कको एकाउण्ट खाता
2 आधार कार्ड 3. पेन कार्ड 4. पोस्ट अफिसको कार्ड 5.सेन्टर ब्याङ्को एटियम कार्ड।
यी कागज पत्र कसैले भेट्नु भए कृपय निम्न नम्बरमा सम्पर्क गरिदिन हुन सविनय बिन्ति टक्राउँदछौं।
सम्पर्क नम्बर 9679365441,9064806563
ममता गुरूङ
सन्यासी डाडा, पाब्रिङटार

Address

717 National Highway Nimbong Kalimpong
Siliguri
734314

Alerts

Be the first to know and let us send you an email when Hamro Najar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Najar:

Share