
06/08/2025
सेमिफाइनलमा पुग्यो मारामार एफसी
6 अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha) को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मा मारामार एफसी ले सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा (Salugara) खेल मैदानमा बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याच मा मारामार एफसी ले लिजेण्ड्स एफसी विरुद्ध 3-0 ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पंकज थापा ले 31औं र 48औं मिनटमा 2 गोल गरे। यसबाहेक बिवास सावरिया ले 66औं मिनटमा गोल गरे। विजेता टीमका पंकज थापा ले प्लेयर अव् द म्याच को ट्रफी र नगद पुरस्कार जिते। बिहीवार खेलिने तेस्रो क्वार्टर फाइनलमा नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए) र भीएनसी मर्निंग सकर (VNC Morning Soccer) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा 16 वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः 10 र 12 अगस्तमा हुनेछ। यसरी नै फाइनल 15 अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।