The Hillmen Times

The Hillmen Times Get the scoop on local news with The Hillmen Times! Your go-to source for breaking stories, deep dives, and exclusive updates from our community.

Your go-to source for breaking stories, deep dives, and exclusive updates from our community Stay in the loop with real-time news, insightful analysis, and stories that matter Hit like for latest updates Stay in the loop with real-time news, insightful analysis, and stories that matter. Hit like for the latest updates and stay connected!"

11/01/2026

इन्डियन आइडलका विजेता,गोर्खा समाजका गौरव र चर्चित गायक प्रशान्त तामङको असामाहिक निधन खबरले समग्र दार्जीलिङ पहाडसहित सम्पूर्ण गोर्खा समाजलाई गहिरो शोकमा डुबाएको छ।

11/01/2026

सुके पोखरीमा अग्निसमन केन्द्र उत्घाटन कार्यक्रममा जिटिए सभाअध्यक्ष अन्जुल चौहानको भनाई

हार्दिक श्रद्धाञ्जली इन्डियन आइडलका विजेता,गोर्खा समाजका गौरव र चर्चित गायक प्रशान्त तामङको असामाहिक निधन खबरले समग्र दा...
11/01/2026

हार्दिक श्रद्धाञ्जली
इन्डियन आइडलका विजेता,गोर्खा समाजका गौरव र चर्चित गायक प्रशान्त तामङको असामाहिक निधन खबरले समग्र दार्जीलिङ पहाडसहित सम्पूर्ण गोर्खा समाजलाई गहिरो शोकमा डुबाएको छ।

11/01/2026

मलाई पनि गोर्खाल्याण्ड चाहिएको छ तर म गोर्खाल्याण्डको नाम लिएर अनि ढाटेर भोट माग्दिन जिटिए प्रमुख कार्यपाल अनित थापाको भनाई।

11/01/2026

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख कार्यपाल अनिता थापाले गरे अग्निशमन केन्द्र ,खण्ड स्वास्थ्य केन्द्रको रि कन्स्ट्रक्सन तथा एकाधिक सड़क निर्माणकार्यको शिलान्यास गरे। सुके मानेभञ्ज्याङ समष्टिको तत्वावधानमा आयोजित तथा सभासद् उदय देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अनित थापा तथा विशिष्ठ अतिथिहरूमा जीटीए सभा अध्यक्ष अञ्जुल चौहान,उप प्रमुख कार्यपाल राजेश चौहान तथा सभादगणहरू,बिभागीय अधिकारीहरू तथा गण्यमान्यको व्यापक उपस्थिति थियो। कार्यक्रममा अग्निशमन केन्द्र स्थापनाको निमित्त बौद्धिक तथा साङ्गठनिक पहल गरेका समाज तथा सङ्घ संस्था सङ्गठनका प्रतिनिधिलाई सम्मान जनाइयो भने सङ्घ संस्था सङ्गठनको पक्षबाट पनि जि टि ए प्रमुुख थापालाई सम्मान जनाइएको थियो।j सुकेपोखरी तथा सङ्लग्न क्षेत्रको आधारभूत आवश्यकता मानिएको अग्निशमन तथा अन्य सुविधाहरु सुचारू हुनेबारे समष्टिवासीले आभार प्रकट गरेका छन्।

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सुके मानेभञ्ज्याङ समष्टिको आयोजनामा अग्निसमन केन्द्र साथै अन्य  परियोजनाको  शिलान्यास का...
10/01/2026

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सुके मानेभञ्ज्याङ समष्टिको आयोजनामा अग्निसमन केन्द्र साथै अन्य परियोजनाको शिलान्यास कार्यक्रमको केही झलकहरु

२०२६ को विधान सभा (MLA) निर्वाचनका लागि BGPM ले दार्जिलिङबाट विजय कुमार राई, कुर्सेङबाट अमर लामा र कालिम्पोङबाट रुडेन ले...
09/01/2026

२०२६ को विधान सभा (MLA) निर्वाचनका लागि BGPM ले दार्जिलिङबाट विजय कुमार राई, कुर्सेङबाट अमर लामा र कालिम्पोङबाट रुडेन लेप्चा सादा लाई उम्मेदवार बनाएको छ । तीनै निर्वाचन क्षेत्र जित्ने लक्ष्यसहित पार्टीले यी उम्मेदवारहरू मैदानमा उतारेको हो ।

दिल्ली प्रहरीले आज शुक्रबार संघीय गृह मन्त्री अमित शाहको निवास तथा कार्यालय बाहिर प्रदर्शन गरिरहेका सांसद महुआ मोइत्रा र...
09/01/2026

दिल्ली प्रहरीले आज शुक्रबार संघीय गृह मन्त्री अमित शाहको निवास तथा कार्यालय बाहिर प्रदर्शन गरिरहेका सांसद महुआ मोइत्रा र डेरेक ओ’ब्रायनसहितका थुप्रै तृणमूल कांग्रेस (TMC) नेताहरूलाई नियन्त्रणमा लिएको छ।

यो प्रदर्शन बिहीबार कोलकातास्थित राजनीतिक परामर्श संस्था आई–प्याक (I-PAC) को कार्यालयमा प्रवर्तन निर्देशनालय (ED) ले गरेको छापामारीको विरोधमा गरिएको थियो।

EDको छापामारीका बीच ममता बनर्जीले (I-PAC) कार्यालय र निर्देशकको घर पुगेपछि विपक्षी दलहरूको माग — ‘बंगालकी मुख्यमन्त्रीवि...
09/01/2026

EDको छापामारीका बीच ममता बनर्जीले (I-PAC) कार्यालय र निर्देशकको घर पुगेपछि विपक्षी दलहरूको माग — ‘बंगालकी मुख्यमन्त्रीविरुद्ध मुद्दा दर्ता गरिनुपर्छ’
ईडीको छापामारी चलिरहेकै बेला पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आई–प्याक (I-PAC) का निर्देशक प्रतीक जैनको निवास पुगेपछि विपक्षी दलहरूले उनीविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने माग गरेका छन्। ममता बनर्जीले आई–प्याक निर्देशक प्रतीक जैनको घर पुगेर सञ्चारकर्मीहरूलाई ईडीले आफ्नो पार्टीका आन्तरिक कागजात र उम्मेदवारहरूको सूची हात पार्न खोजेकाले आफूले फाइलहरू लिएर गएको दाबी गरिन्।
बंगालका विपक्षी दलहरूले (ईडी) द्वारा (PMLA) अन्तर्गत चलिरहेको अनुसन्धानसँग सम्बन्धित छापामारीका क्रममा, मुख्यमन्त्री ममता बनर्जी पहिले कोलकातास्थित आई–प्याक निर्देशक प्रतीक जैनको निवास र त्यसपछि साल्ट लेकको सेक्टर–V मा रहेको राजनीतिक परामर्श संस्थाको कार्यालय पुगेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिनुपर्ने माग गरेका हुन्।
ममता बनर्जी लाउडन स्ट्रिटस्थित जैनको निवास पुगिन् र सञ्चारकर्मीहरूलाई ईडीले आफ्नो पार्टीका आन्तरिक कागजात र उम्मेदवारहरूको सूची लिन खोजेकाले आफूले फाइलहरू लिएर गएको बताइन्। त्यसपछि मुख्यमन्त्री आई–प्याकको सेक्टर–V स्थित कार्यालय पुगिन् र त्यहाँबाट पनि केही फाइलहरू हटाएको आरोप लगाइएको छ।
उनी फाइलहरू र एउटा ल्यापटप लिएर बाहिर निस्कँदै गरेको देखिइन्। उनले ती सामग्री पार्टीसम्बन्धी जानकारी भएको दाबी गरिन्, तर हामीलाई लाग्छ ती मत हेरफेरसँग सम्बन्धित कागजातहरू हुन्। आई–प्याकले यही काम गर्छ। हामी मुख्यमन्त्री र उनलाई एस्कर्ट गर्ने शीर्ष प्रहरी अधिकारीहरूविरुद्ध तुरुन्तै मुद्दा दर्ता गरिनुपर्ने माग गर्छौं,”

09/01/2026

इण्डियन गोर्खा जनशक्ति फण्ड नागरी फार्म शाखा श्रमिक संगठन संयोजक बिमल प्रधानको भनाई

अलग राज्य गोर्खाल्याण्डको  निम्ति निरन्तर शान्तिपूर्ण र गणतान्त्रिक आन्दोलनमा रहेको क्रामाकपाद्वारा भारत सरकारलाई उनीहरु...
08/01/2026

अलग राज्य गोर्खाल्याण्डको निम्ति निरन्तर शान्तिपूर्ण र गणतान्त्रिक आन्दोलनमा रहेको क्रामाकपाद्वारा भारत सरकारलाई उनीहरुले विगत १६ वर्षदेखि गोर्खाहरूको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षाको निम्ति स्थायी राजनैतिक समाधान गर्ने वाचा गरेको भएता पनि आजसम्म पूरा नहुँदा सरकारलाई प्रतिबद्धता याद दिलाउन आगामी ९ र १० फरवरीको दिन संसद धर्ना दिल्लीको जन्तर मन्तरमा गरिने निश्चित गरिएको छ। उक्त धरनामा अलग राज्य पक्षका सम्पूर्ण राजनैतिक दल र संघ संस्थाहरूको एकबद्धता गोर्खा एकता दर्शाउन निमन्त्रणा गर्दै क्रामाकपा धर्ना आयोजकको टोली आइजीजेएफ मुख्य संयोजक श्रीमान अजय एडवर्डज्यूलाई उनको केन्द्रीय कार्यालय पी कोठीमा भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरियो।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार (८ जनवरी २०२६) कोलकातामा I-PAC का सह–संस्थापक प्रतिक जैनको घर र राजनीत...
08/01/2026

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार (८ जनवरी २०२६) कोलकातामा I-PAC का सह–संस्थापक प्रतिक जैनको घर र राजनीतिक परामर्श संस्थाको कार्यालयमा भइरहेको ED को छापामारीको विरोध गर्दै त्यहाँ पुगिन्।
तृणमूल कांग्रेसकी अध्यक्ष ममता बनर्जीले यी छापामारीहरू “राजनीतिक उद्देश्यले पार्टीको डाटा चोर्न गरिएको” आरोप लगाउनुभयो। उहाँका अनुसार ईडीले तृणमूल कांग्रेसको रणनीतिक दस्तावेज र उम्मेदवार सूचीसम्बन्धी महत्वपूर्ण डाटा लैजाने काम गरेको छ।
“उनीहरू (भाजपा) लोकतन्त्रका ठूला हत्यारा हुन्। कसरी उनीहरूले I-PAC का सह–संस्थापकको घरमा छापा मार्न सक्छन्? यदि हामीले पनि यसको जवाफस्वरूप बंगालमा भाजपा कार्यालयहरूमा ईडी जस्तै छापा मार्यौं भने के हुन्छ?” ममता बनर्जीले सञ्चारकर्मीहरूसँग भन्नुभयो।
ममता बनर्जीले बंगालभरि आन्दोलनको घोषणा गरिन् र ED को कारबाहीविरुद्ध FIR दर्ता गरिने पनि भनिन्।
ईडीले, कुनै पनि राजनीतिक दलको कार्यालयलाई लक्षित नगरिएको स्पष्ट पारेको छ। “यी छापामारीहरू कोइला तस्करी घोटालासँग सम्बन्धित मुद्दामा दर्ता गरिएको केसका सन्दर्भमा गरिएको हो,” एजेन्सीका एक अधिकारीले भने।
ईडी स्रोतहरूका अनुसार, छापामारीको क्रममा एक संवैधानिक पदाधिकारीले एउटा फाइल खोसेर लगेका थिए।
I-PAC का सह–संस्थापकको निवासमा प्रवेश गर्दा मुख्यमन्त्री ममता बनर्जीको साथमा कोलकाता प्रहरी आयुक्त मनोज वर्मा लगायत पश्चिम बंगाल प्रहरीका वरिष्ठ अधिकारीहरू थिए। कोलकाताको लाउडन स्ट्रिटस्थित उक्त निवासबाट बाहिर निस्कँदा मुख्यमन्त्रीको हातमा एउटा फाइल देखियो, जुन उहाँ भित्र जाँदा बोकेकी थिइनन्।
लाउडन स्ट्रिटस्थित निवास भ्रमणपछि ममता बनर्जी साल्ट लेकस्थित राजनीतिक परामर्श कम्पनीको कार्यालय पुग्नुभयो, जहाँ ईडीको छापामारी जारी थियो।
मुख्यमन्त्रीले यो विषय समाधान नहुँदासम्म आफू I-PAC का संस्थापकको निवासमै रहने बताउनुभयो। “उनीहरूले मोबाइल फोन, ल्यापटप र हार्ड डिस्कहरू संकलन गरेका छन्। यसपछि उनीहरूले हाम्रा उम्मेदवारहरूलाई धम्की दिनेछन्। तर हाम्रा उम्मेदवारहरू डराउने छैनन्, हामीलाई भाजपाको कुनै डर छैन,” उहाँले भन्नुभयो।
“उनीहरू जबरजस्ती बंगालमाथि बुलडोजर चलाउन चाहन्छन्। बंगालका जनताले भाजपाको अगाडि टाउको झुकाउने छैनन्,”. ममता बनर्जीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पनि लक्षित गर्दै, छापामारी गृहमन्त्रीकै निर्देशनमा भएको आरोप लगाउनुभयो।
तृणमूल कांग्रेसले विगत केही वर्षदेखि I-PAC नामक राजनीतिक परामर्श कम्पनीलाई पार्टीलाई सहयोग गर्न नियुक्त गरेको थियो। I-PAC ले २०२१ को विधानसभा चुनाव तथा त्यसपछि भएका पश्चिम बंगालका चुनावहरूमा तृणमूलको निर्वाचन र राजनीतिक रणनीति बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
सन् २०१९ मा पनि मुख्यमन्त्री ममता बनर्जीले केन्द्रीय अनुसन्धान ब्युरो (CBI) को छापामारी रोक्ने प्रयास गर्नुभएको थियो, जब एजेन्सी तत्कालीन कोलकाता प्रहरी आयुक्त राजीव कुमारको खोजीमा थियो, जो हाल राज्य प्रहरी महानिदेशक हुन्। फेब्रुअरी २०१९ मा ममता बनर्जीले राजीव कुमारमाथि भएको CBI छापामारीको विरोधमा धरनासमेत दिनुभएको थियो।

Address

Bhagatdhura, Kolabari Road, Devidanga, Champasari
Siliguri
734003

Telephone

+918436363626

Website

Alerts

Be the first to know and let us send you an email when The Hillmen Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Tribasta

Traveling create memories for lifetime. It is a journey to explore yourself. Traveling with #TRIBASTA ensure wonderful experiences. #TRIBASTA based on "gateway of northeast" Siliguri, gives you opportunity to explore the traveling adventure. All the itineraries are available as per your queries and we are pleased to provide services accordingly. #creating_memories_with_you