21/05/2026
आज दिनाङ्क २१/०५/२०२६ का दिन लाब्दा गन्ती मस्टरमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो। उक्त कार्यक्रममा विशेष रूपमा भाजपा मड्पु लाब्दा मण्डल अध्यक्षा श्री प्रदीप कुमार क्षेत्री, दार्जिलिङ जिल्ला नारी अध्यक्षा श्रीमती रोमा क्षेत्री तथा जिल्ला युवा सचिव श्री विश्वदीप क्षेत्रीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा र्फत सम्पूर्ण समर्थक, कार्यकर्ता तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको साथै आउँदा दिनहरूमा पनि जनताको हितमा अझ राम्रो कार्य गर्दै संगठनलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो।
जय भारत ।
जय भाजपा ।