HG News

HG News सत्य, निष्पक्ष अनी निर्भीक HG News is a local news & media platform we cover most of the places of Darjeeling hills, Siliguri Tarai & Duwars.
(2)

For Any queries, help, support, Please Call: 8348304954
Whatsapp us: 9593028556
Email: [email protected]

हार्दिक बधाई  नागरी फार्म चियाबारी चउर गाउँ निवासी स्व. रुपेन गुरुङकी छोरी रिया गुरुङ CSIR NET June 2026 Topper बनेकी छि...
11/09/2026

हार्दिक बधाई
नागरी फार्म चियाबारी चउर गाउँ निवासी स्व. रुपेन गुरुङकी छोरी रिया गुरुङ CSIR NET June 2026 Topper बनेकी छिन्।

11/09/2026

आज सुकिया मा ट्राफिक ओसी पेम्बा लामा,सुकिया प्रहरी चौकी बाट फुर्बा ज्यु अनि मेक्डोवेल स्कुल मेरी लीफ स्कुक संत जेवियर्स स्कुल अनि सुकिया हाइ स्कुल का बिद्यार्थीहरु लाई लिएर रोड सेफ्टी वीक रैली को आयोजना गरियो!
वरिष्ठ पत्रकार राजेश जोशी ले सोधे को प्रश्न को उतर दिदै भन्ने बिना हेल्मेट,अण्डर एज बालबालिकाहरु र मदपान गरेर वाहन कुदाउनु मा धेरै कमि आएको छ!
हामिले महिनै पछि रोड सेफ्टी विक पालन गर्ने गर्छौ र यसले मानिसहरू मा जागरुकता पनि आइरहेको छ साथै आगामी दिनहरुमा अझै रोड सेफ्टी बिषय लिएर कार्यक्रमहरु को आयोजना हुने जानकारी पनि दिएको बताए !

11/09/2026

कोलकातात डाँ. कुमार विश्वासको 'राम कथा' कार्यक्रम आयोजित; सुवेन्दु अधिकारीको उपस्थिति

​कोलकाताको नेताजी इन्डोर स्टेडियममा प्रसिद्ध कवि डाँ. कुमार विश्वासद्वारा प्रस्तुत पवित्र 'राम कथा' (आफ्नो-आफ्नो राम) कार्यक्रमको भव्य आयोजना भइरहेको छ।
​यस आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रममा पश्चिम बङ्गालका CM श्री सुवेन्दु अधिकारीको पनि गरिमामय उपस्थिति रहेको छ। कार्यक्रममा डाँ. कुमार विश्वासले आफ्नो मन्त्रमुग्ध पार्ने शैलीमा श्रीरामको जीवन प्रसङ्ग, कविता र भक्तिपूर्ण प्रसङ्गहरू प्रस्तुत गरिरहनुभएको छ, जसलाई सुन्न ठूलो सङ्ख्यामा श्रोता तथा भक्तजनहरूको उपस्थिति रहेको छ।

11/09/2026

रात्रीको भिषण पानीले फेरि पनि दुधे खोलाको अस्थायी पुल बगाएको जानकारी पाए पश्चात गोजमुमो मिरिक महकुमा समिति टोली दुधेको भ्रमणमा।

११ सेप्टेम्बर २०२६ मिरिक
हिजो रात्रीको पानीले दुधे खोलामा बनिएको अस्थायी ह्युम पाइपको पुललाई बगाए पछि गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समिति कार्यकारी अध्यक्ष लाडुप घिसिङ, सचिव सुप्चन गुरुङ, केन्द्रीय सहसचिव बिनोद खालिङ, सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष योगेश गोले, सचिव नितेश गुरुङ अनि युवा अध्यक्ष प्रणिल राईका टोलीले आज दुधे भ्रमण गरि स्थलगत निरीक्षण साथै स्तिथिको जायजा लिए।

यस विषयमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सम्बन्धित राज्य मन्त्री, विधायकगण लगायत गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रशासक कार्यालयसँग आफूले सम्पर्क गरिसकेको जानकारी गराउँदै कार्यकारी अध्यक्ष घिसिङले मालवाहक तथा ठूला वाहन साथै जनता जनार्दनको हितार्थ काम हुने जानकारी गराए।

11/09/2026

फुटबल टुर्नामेन्ट आयोजक समितिहरुलाई सानो सुझाव राख्दै KFC का मुलसचिव र सुरेन प्रधान ।

11/09/2026

साइबर अपराध साइबर ठगी अनी मानव बेचबिखन विरुद्ध एक महत्वपूर्ण जागरूक कार्यक्रम बि एम हाई स्कुलमा माइपाते थापसङ गैर-सरकारी संस्था"को अगुवाइमा सम्पन्न भयो ।कालेबुङ जिल्ला पुलिस अघिक्षीक अपराजिता राई उपस्थित हुनुहुन्थ्यो।निम ग्राम पंञ्चायत सदस्य श्रीमती सरिता राईको अध्यक्षमा सम्पन्न कार्यक्रममा निम ग्राम पंञ्चायत नोडल अधिकारी लाभा गोरुबथान ट्राफिक ओसी प्रशनजीत मण्डल बिशेष उपस्थित थिए।बिध्यार्थीहरू साथै बाक्लो अविभावहरू उपस्थित रहेको कार्यक्रममा अधीक्षक महोदयाले अहिलेको अवस्थाबारे नानीहरूलाई जागरूक गराए।बगान बाबु श्रीमान बिनोद निरौलाले कार्यक्रम गर्नमा आर्थिक सहयोग पुर्‍याए।कार्यक्रम संञ्चालन गर्न स्कुलले अनुमति दिनुभएकोमा स्कुल पक्षलाई बिशेष सुजन प्रधानज्यूलाई धन्यवाद दिदछौ।

साइबर अपराध साइबर ठगी अनी मानव बेचबिखन विरुद्ध एक महत्वपूर्ण जागरूक कार्यक्रम बि एम हाई स्कुलमा माइपाते थापसङ गैर-सरकारी...
11/09/2026

साइबर अपराध साइबर ठगी अनी मानव बेचबिखन विरुद्ध एक महत्वपूर्ण जागरूक कार्यक्रम बि एम हाई स्कुलमा माइपाते थापसङ गैर-सरकारी संस्था"को अगुवाइमा सम्पन्न भयो ।कालेबुङ जिल्ला पुलिस अघिक्षीक अपराजिता राई उपस्थित हुनुहुन्थ्यो।निम ग्राम पंञ्चायत सदस्य श्रीमती सरिता राईको अध्यक्षमा सम्पन्न कार्यक्रममा निम ग्राम पंञ्चायत नोडल अधिकारी लाभा गोरुबथान ट्राफिक ओसी प्रशनजीत मण्डल बिशेष उपस्थित थिए।बिध्यार्थीहरू साथै बाक्लो अविभावहरू उपस्थित रहेको कार्यक्रममा अधीक्षक महोदयाले अहिलेको अवस्थाबारे नानीहरूलाई जागरूक गराए।बगान बाबु श्रीमान बिनोद निरौलाले कार्यक्रम गर्नमा आर्थिक सहयोग पुर्‍याए।कार्यक्रम संञ्चालन गर्न स्कुलले अनुमति दिनुभएकोमा स्कुल पक्षलाई बिशेष सुजन प्रधानज्यूलाई धन्यवाद दिदछौ।

11/09/2026

डीक्चु–गान्तोक सडक खण्ड: आठ माईल भीरमा बोलेरो दुर्घटना! सबै यात्री सुरक्षित

दिक्चुबाट गंगतोकतर्फ गइरहेको एक महिन्द्रा बोलेरो गाडी राक्दोङ भएर जाने डीक्चु–गान्तोक सडक खण्डको आठ माईल भीरमा दुर्घटनाग्रस्त भएको छ। उकालो चढ्ने क्रममा गाडी नतान्दा ब्रेक फेल भएर पछाडि गुडदा बोलेरो सडकमै पल्टिएको हो। राहतको कुरा: भाग्यवश, गाडीमा सवार सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकालिएको छ। यस घटनामा कसैलाई पनि चोटपटक नलागेको र कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ।

11/09/2026

सर्पसँगको असावधानी: एउटा दुःखद पाठ र महत्त्वपूर्ण जनचेतना

कालिम्पोङ जिल्लाको निम्बोङमा ओछ्यानमा भेटिएको किङ कोब्रा लाई नाङ्गो हातले समातेर खेलाउन खोज्दा टोकेर ७४ वर्षीय आनन्दको अकालमा ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, यो घटनाले हामी सबैलाई एउटा गम्भीर पाठ सिकाएको छ।
विषालु सर्प कुनै मनोरञ्जनको साधन वा खेलौना होइनन्—यिनीहरूसँगको थोरै पनि असावधानी ज्यान लिने कारण बन्न सक्छ।

घर वा वरिपरि सर्प देखिएमा के गर्ने ? (Safety Precautions)
* सुरक्षित दूरी कायम गर्नुहोस्: सर्प देखिने बित्तिकै कम्तीमा १०-१५ फिटको सुरक्षित दूरीमा बस्नुहोस्।
* आफैं समात्ने वा जिस्क्याउने प्रयास नगर्नुहोस्: तालिमविना नाङ्गो हातले सर्प समात्न खोज्नु वा खेलाउनु प्रत्यक्ष रूपमा मृत्युलाई निम्त्याउनु हो।
* विज्ञलाई खबर गर्नुहोस्: तुरुन्तै स्थानीय प्रशिक्षित सर्प उद्धारकर्ता (Snake Rescuer) वा वन कार्यालयलाई सम्पर्क गर्नुहोस्।
* घर सफा र सुरक्षित राख्नुहोस्: ओछ्यान, ओछ्यानमुनि, र कुनाकाप्चा नियमित सफा गर्नुहोस्, विशेष गरी गर्मी र वर्षाको मौसममा।
सर्पले टोकेमा झाँक्री वा घरेलु उपचारको पछि नलागी तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्य केन्द्र पुग्नु नै ज्यान जोगाउने एक मात्र सही उपाय हो।

सचेत बनौँ, बुद्धिमानी अपनाऔँ र सुरक्षित रहौँ!
(यो सन्देश सेयर गरेर आफ्ना साथीभाइ र परिवारलाई पनि सचेत बनाउनुहोस्।)

11/09/2026

तपाईँको समग्र स्वास्थ्यको भरपर्दो साथी – ॐ साई पाथीभरा हस्पिटल प्रा.लि.!
​स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन हो! 🩺
​अनुभवी विशेषज्ञ चिकित्सक तथा आधुनिक प्रविधिको साथमा ॐ साई पाथीभरा हस्पिटल प्रा.लि. तपाईँ र तपाईँको परिवारको निरन्तर सेवामा सदैव प्रतिबद्ध छ।
​हामीकहाँ उपलब्ध प्रमुख सेवाहरू:
👁️ आँखा जाँच देखि शरीरका सम्पूर्ण अङ्गहरूको पूर्ण स्वास्थ्य परीक्षण (Full Body Check-up)
✅ विशेषज्ञ डाक्टरहरूमार्फत २४ सै घण्टा आकस्मिक सेवा (Emergency Services)
✅ अत्याधुनिक प्रयोगशाला (Lab) तथा डिजिटल परीक्षण सुविधाहरू
✅ भरपर्दो, मायालु नर्सिङ सेवा तथा प्रभावकारी उपचार
​तपाईँको स्वास्थ्यको ख्याल राख्नु हाम्रो पहिलो कर्तव्य हो। निरोगी र स्वस्थ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् वा अस्पतालमा आई परामर्श लिनुहोस्!
​📍 ठेगाना: भद्रपुर–७, संगमपथ चोक, झापा
📞 सम्पर्क नं.: ९८५२६२३०२३
☎️ फोन नं.: ०२३–४५३९८१
​👉 तपाईँको उत्तम उपचार र पूर्ण स्वास्थ्य, हाम्रो प्रतिबद्धता!

Address

Siliguri

Telephone

+917501410354

Alerts

Be the first to know and let us send you an email when HG News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HG News:

Shortcuts

Share