HG News

HG News सत्य, निष्पक्ष खबर HG News is a local news & media platform we cover most of the places of Darjeeling hills, Siliguri Tarai & Duwars.

For Any queries, help, support, Please Call: 8348304954
Whatsapp us: 9593028556
Email: [email protected]

28/10/2025

गोर्खाल्याण्ड एक्टीभिष्ट समूह द्वारा उत्तर पूर्वी राज्यका गोर्खाहरु सँग गरिएको संवाद अनि अन्तरक्रिया कार्यक्रमको शुरुवात गर्दै डिमापूरमा सम्पन्न कार्यक्रममा गोर्खाल्याण्ड गठन बारे एक्टीभिष्ट समूहको विचार साझा गर्दै समूहका सह-सञ्योजक बिक्रम छेत्री
Highlights HG News

28/10/2025

बोल बम हर हर महादेव
जय हो बाबा बीसीसुकीनाथको जय हो

आज मंगलबार बाबा बासुकीनाथको दर्शन गर्नुहोस् तपाईको जीवनको सबै दुःख कष्ट हरण हुनेछ, सुख शान्ति अनी खुसी समृद्धिले भरिपूर्ण हुनेछ।

बाबा बासुकीनाथ
मायावी बाबा
सम्पर्क 9162737269
8084746410

हार्दिक आभार; शुभकामनासहित स्वागतआज नई दिल्लीमा दार्जिलिङका माननीय सांसद श्री राजु विष्टले हालै गृहमन्त्रालय, भारत सरकार...
27/10/2025

हार्दिक आभार; शुभकामनासहित स्वागत

आज नई दिल्लीमा दार्जिलिङका माननीय सांसद श्री राजु विष्टले हालै गृहमन्त्रालय, भारत सरकारद्वारा मनोनीत मध्यस्थकर्ता (Introlocutor) श्री पंकज कुमार सिहंलाई वहाॅको कार्यालयमा भेट गरेको जानकारी पाइएको छ ।

आजको भेटघाटको अवसरमा दुवै व्यक्तित्वहरूले भारत सरकारद्वारा दार्जिलिङ पहाड सिलिगुडी तराई डुवर्स अनि गोर्खा जातिको निम्ति निर्देश गरिएको जिम्मावारी अनि कार्यनीतिमाथि विचारको आदान-प्रदान भएको जानकारी पाइएको छ ।

आजको यस भेटले आउने दिनहरूमा अवश्य नै सकारात्मक दिशा लिनेछ - म विश्वस्त छु ।

माननीय सांसद श्री राजु विष्टप्रति आभार प्रकट गर्दै माननीय मध्यस्थकर्ता श्री पंकज कुमार सिंहलाई शुभकामनासहित दार्जिलिङ पहाड सिलगडी तराई डुवर्समा हार्दिक स्वागत जनाउॅदछु।

विनय तामाङ
भुतपुर्व प्रमुख / सभासद
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन
दार्जिलिङ

27/10/2025

आजदेखि सिलगडी-मिरिक जोड्ने नयाँ अस्थायी दुधिया पुल खुल्ला भएको छ। ४६८ मिटर लामो यो पुल, १३२ ह्युम पाइपहरू प्रयोग गरी बनाइएको छ।
Highlights
#दुधियापुल #सिलगडी #मिरिक #यातायात HG News Highlights

भ्रष्ट GTA र ममता सरकारको पर्दाफास! केही मानिसहरू आज खुशी हुँदै लेखिरहेका छन् —“गरीब जनताको जीत, Raju Bista को हार।”भन्न...
27/10/2025

भ्रष्ट GTA र ममता सरकारको पर्दाफास!
केही मानिसहरू आज खुशी हुँदै लेखिरहेका छन् —
“गरीब जनताको जीत, Raju Bista को हार।”भन्नेहरू.
तर वास्तविकता ठीक त्यसको उल्टो हो!

सत्य के हो भने —
राजु बिष्टा ज्यूले कहिल्यै पनि जनताको 100 दिने काम रोक्न खोजेका थिएनन्,
उहाँले रोक्न खोज्नुभएको थियो भ्रष्टाचारको त्यो नाली, जहाँ GTA र ममताको सरकार मिलेर जनताको नाममा आएको पैसा ठेकेदार र दलालहरूको खातामा पठाइरहेका थिए।
राजु बिष्ट ज्यूले संसददेखि सडकसम्म आवाज उठाउनुभयो
“जनताको पसिनाको पैसामा राजनीति नगर।”
तर GTA र बङ्गाल सरकारका केही नेताहरू
योजनालाई आफ्नो “कमिसन मेसिन” बनाएर
जनताको हक खोस्दै आएका थिए।

आज सर्वोच्च अदालतको फैसला पछि सबैले भन्छन् —
“काम सुरु भयो, पैसा आउँदैछ।”
तर प्रश्न उस्तै छ
पैसा जनताको हातमा पुग्नेछ कि GTA र ममताको दलाल सञ्जालको खल्तीमा ?

योजना अन्तर्गत केन्द्रले बङ्गाललाई दिन लागेको रकम करिब ₹8000 करोड हो।
अर्थशास्त्रीहरूको अनुसार, पहिलो किस्ता ₹1000 करोड छिट्टै आउनेछ।
तर हामी सबैलाई थाहा छ —
पैसा आउँदा पनि काम हुँदैन, जबसम्म सिस्टम इमानदार हुँदैन।

राजु बिष्ट ज्यूको “हार” भन्नेहरूले सम्झनुपर्छ —
जनताको पैसा रोकिएन,
जनताको अधिकार सुरक्षित राख्न उहाँले भ्रष्ट GTA– ममता गठबन्धनको जाल फुकाल्नुभयो।
त्यो नै साँचो जनसेवा हो।

यो लडाइँ केवल कोर्ट वा संसदको होइन, यो लडाइँ जनताको अधिकार बनाम GTA–ममता सरकारको भ्रष्ट गठजोड बीचको हो। जनताले अब बुझिसकेका छन् — कसले उनीहरूको अधिकारका लागि बोल्छ, र कसले उनीहरूको अधिकार बेचेर ठेक्का खान्छ।

यो अन्त्य होइन, सुरुवात हो।
राजु बिष्ट ज्यूको संघर्ष निरन्तर जारी छ — गोर्खा जनताको हक, इमानदार शासन र पारदर्शी प्रणालीका लागि।
MGNREGA फेरि सुरु हुने छ,
तर यो पटक जनताको निगरानीमा हुनुपर्छ,
नत्र GTA र ममताको भ्रष्ट गठबन्धन फेरि जनताको पसिनामा राजनीति गर्नेछ।

Ajay sharma
Sukna Panighata Mandal President
Bharatiya Janata Party

"यदि एकजना गोर्खाको नाम पनि मतदाता सूची देखि बाहिरियो भने BGPM सडक आन्दोलनमा उत्रनेछ।" केशवराज पोखरेल SIR ( Special Inte...
27/10/2025

"यदि एकजना गोर्खाको नाम पनि मतदाता सूची देखि बाहिरियो भने BGPM सडक आन्दोलनमा उत्रनेछ।" केशवराज पोखरेल

SIR ( Special Intensive Review) जीटीए क्षेत्रमा पनि लागु हुने नै छ। यो देशको चुनाव आयोगको पहल हो।

बिहारको SIR हामीले देख्यौं। धेरै महिलाहरु अनि विपन्न परिवारका मानिसहरू भोट दिने अधिकार देखी वञ्चित पनि भए। यो वञ्चित पहाडको एकजना गोर्खा पनि हुनु दिने छैनौं।

हाम्रो पहाडको सन्दर्भमा,

1. एक जना गोर्खाको नाम पनि SIR पहलमा छुट्टिनु हुँदैन।
2. मतदाता शुद्धीकरण गर्ने नाममा जीटीए क्षेत्र देखि बाहिरका कुनै पनि मतदाताको नाम यहाँ हालिनु हुँदैन।
3. BGPM पहाडको सत्तामा रहेको एक पञ्जिकृत राजनैतीक दल हो। हाम्रो दलको बुथ स्तरीय एजेन्ट्स (BLA ) SIR पहलको हरेक कार्यमा संग्लग्न हुनुपर्नेछ।
4. SIR विषय पहाडको राजनैतिक दलले सोसियल मिडियामा बोल्नु भन्दा गोर्खाको भोट अधिकारको रक्षा गर्नु मैदानमा उत्रने अपील गर्दछु। गोर्खाको अस्तित्व बाँचे मात्र राजनीति गर्नु सकिन्छ। यो समय पार्टी भन्दा जातीलाई महत्व दिने आव्हान गर्दछु।
5. यदि एकजना गोर्खाको नाम पनि मतदाता सूची देखि बाहिरियो भने BGPM सडक आन्दोलनमा उत्रनेछ।

यो राजनिती होइन, हाम्रो अधिकारको मुद्दा हो। हाम्रो पहिचानको मुद्दा अब अस्तित्वको मुद्दा बनेको छ। हामी गोर्खाको पहिचान मेटाउन कदापि दिने छैनौं। यो BGPM को प्रतिज्ञा हो।

केशवराज पोखरेल
केन्द्रिय उपमहासचिव ( साङ्गठनिक )
एवम् केन्द्रीय प्रवक्ता
बिजिपिएम

गोर्खाल्याण्ड: पहाडको भविष्यको एकमात्र बाटोGTA आज पहाडमा एक अस्तित्वहीन राजनीतिक निकाय बनिसकेको छ। धेरै जनजीवनको बलिदानप...
27/10/2025

गोर्खाल्याण्ड: पहाडको भविष्यको एकमात्र बाटो

GTA आज पहाडमा एक अस्तित्वहीन राजनीतिक निकाय बनिसकेको छ। धेरै जनजीवनको बलिदानपछि स्थापना गरिएको यो स्वायत्त संरचनाले आफ्नो उद्देश्य नै गुमाइसकेको छ। अस्थायी दुधिया पुल निर्माणको उदाहरण नै पर्याप्त छ। GTA ले यो सामान्य आवश्यकता पनि पूरा गराउन नसक्दा, पश्चिम बंगालकी मुख्यमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरी GTA को अधिकारक्षेत्रलाई पूर्ण रूपमा बाइपास गर्नुभयो।
यसले स्पष्ट देखाएको छ कि अहिले दार्जिलिङ पहाडमा सत्तारूढ TMC सरकार नै प्रत्यक्ष शासन गर्छ, जबकि GTA केवल विकासात्मक निकायमा झारिएको छ, जसको अस्तित्व हरेक दिन मेटिँदै गएको छ। यस्तो अवस्थाबाट जनतालाई भ्रममा नराखी GTA नेतृत्वले यो व्यवस्थालाई नै नवन्ना फिर्ता गर्नु उपयुक्त हुनेछ।

अब यो समय हामीलाई चेताउने समय हो। हाम्रो माग शक्तिहीन व्यवस्थासम्म सीमित हुन सक्दैन। पहाडलाई पूर्ण विधायिक, कार्यपालिका र वित्तीय अधिकारसहितको शासन संरचना आवश्यक छ। यस्तो अधिकार प्रदान गर्ने एक मात्र व्यवस्था हो गोरखाल्यान्ड।

गोरखाल्यान्ड कुनै केवल पहिचानको माग होइन। यो सम्मान, विकास, र स्वशासनको माग हो। गोरखाल्यान्ड प्राप्त भएपछि मात्र सत्तामा बसेकाहरू मौन दर्शक नभई जनताको वास्तविक हितका लागि बोल्ने, काम गर्ने, र जनअधिकारको रक्षा गर्ने प्रतिनिधि बन्न सक्छन्।
प्रजातन्त्रको सार हो जनताको सरकार, जनताद्वारा चलाइने सरकार र जनताकै हितका लागि रहने सरकार। अब यो प्रजातान्त्रिक अधिकार पहाडले प्राप्त गर्ने बेला आएको छ। हजारौं बलिदान व्यर्थ हुन दिनुहुन्न। आउने पुस्ताको भविष्य शक्तिहीन व्यवस्थामा भर पर्नु हुँदैन।
गोरखाल्यान्ड नै पहाडको भविष्यको एकमात्र बाटो हो। यस क्षणले हामीलाई पहिचान र हकको सम्झना गराओस्।
जय गोरखा। जय गोरखाल्यान्ड !

चन्दन परियार
प्रेस तथा सञ्चार सचिव
सेपरेट स्टेट कोअर्डिनेशन कमिटी।
HG News Highlights

27/10/2025

मगरजोङमा बलात्कार र हत्या प्रयास प्रकारण: तीन दिन सम्म पनि आरोपी फरार, पिडित पक्ष द्वारा सुकेपोखरी थानालाई दबाब

मगरजोङ चियाबारी थिङ गाउँ निवासी 35 वर्षीय नामग्याल तामाङले गाउँकै 30 वर्षीया युवतीमाथि गत 21 अक्टोबरको रात बलात्कार र हत्या गर्ने प्रयास गरेको आरोपमा गत 25 अक्टोबरका दिन सुकेपोखरी थानामा प्राथमिकी दर्ता गरिएको थियो।

तर घटना दर्ता भएको तीन दिन बितिसक्दा पनि फरार अभियुक्त नामग्याललाई प्रहरीले पक्राउ गर्न नसकेकोमा पीडित पक्षले आज सुकेपोखरी थाना प्रमुख अनुप कुमार वैद्यलाई भेटी गुनासो व्यक्त गरेको छ।

पीडित पक्षले ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै थाना प्रमुखमाथि दवाव दिएका छन्। प्रमुख वैद्यले भने घटनाको अनुसन्धान जारी रहेको र फरार अभियुक्तलाई पक्राउ गर्न सक्दो प्रयास भइरहेको बताएका छन्। उनका अनुसार प्राविधिक माध्यमबाट समेत अभियुक्तको खोजी कार्य अघि बढाइएको छ।

घटनाका अनुसन्धान अधिकारी अमिर क्षेत्रीले पनि अभियुक्तलाई पक्राउ गर्न निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन्।

तीन दिन बितिसक्दा पनि अभियुक्त पक्राउ नपरेपछि पीडित पक्षले सुकेपोखरी थाना प्रशासनलाई दुई दिनको समय दिएको छ। उनीहरूले भोलि साँझसम्म पनि आरोपी पक्राउ नभएमा जिल्ला प्रहरी अधिकारी र जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।

हाल मगरजोङ थिङ गाउँ र विच गाउँका नारी समुदायले आफ्नै गाउँमा समेत असुरक्षित महसुस भइरहेको बताउँदै घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। स्थानीय महिलाहरूले यस्ता असामाजिक तत्वहरूलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

27/10/2025

मगरजोङमा बलात्कार र हत्याको प्रयास

मगरजोङमा बलात्कार र हत्या प्रयास प्रकारण: तीन दिन सम्म पनि आरोपी फरार, पिडित पक्ष द्वारा सुकेपोखरी थानालाई दबाब

केन्द्र सरकारद्वारा गोर्खाहरुको समस्याहरूको समाधान र समृद्धिको मार्गमा वार्ता अघि बढाउन इन्टरलोक्युटरको नियुक्ती कोसेढुङ...
27/10/2025

केन्द्र सरकारद्वारा गोर्खाहरुको समस्याहरूको समाधान र समृद्धिको मार्गमा
वार्ता अघि बढाउन इन्टरलोक्युटरको नियुक्ती कोसेढुङ्गा सावित हुनेछ: Raju Bista

नयाँ दिल्ली, २७ अक्टोबर २०२५ HG News: दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका चिर-प्रतीक्षित मुद्दाहरूको समाधानका लागि भारत सरकारले एक ऐतिहासिक कदम चालेको छ। सोमबार, दार्जिलिङका लोकसभा सांसद श्री राजु बिष्टले नयाँ दिल्लीमा भारत सरकारद्वारा नियुक्त इन्टरलोक्युटर तथा पूर्व राष्ट्रिय सुरक्षा उपसल्लाहकार एवम् वरिष्ठ आईपीएस अधिकारी (सेवानिवृत्त) श्री पंकज कुमार सिंहसँग भेटघाट गरे। यो भेटले क्षेत्रका लामो समयदेखिका समस्याहरूको समाधानका लागि सकारात्मक वार्तालाई अगाडि बढाउने प्रक्रियाको थालनी गरेको छ।

यो नियुक्ति केवल प्रक्रियात्मक पाइलो मात्र नभएर भारत सरकारको समावेशी प्रशासन र राष्ट्रिय एकताप्रति दृढ प्रतिबद्धताको स्पष्ट सङ्केत हो। सांसद बिष्टले यो पहलले दार्जिलिङ, तराई र डुवर्सका जनताको स्वाभिमान र प्रगतिलाई सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “यो समय हाम्रो क्षेत्रका सबै स्टेकहोल्डरहरू एकजुट भएर अगाडि बढ्ने अवसर हो। हामी आशावादी छौँ कि सबै पक्षले यो वार्तालाई पूर्ण सहयोगका साथ सफल बनाउनेछन्।”

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी र माननीय गृहमन्त्री श्री अमित शाहको नेतृत्वमा भारत सरकारले यो महत्त्वपूर्ण प्रक्रियालाई अगाडि बढाउन प्रतिनिधिको रूपमा श्री पंकज कुमार सिंहलाई नियुक्त गरेकोमा सांसद बिष्टले दार्जिलिङ, तराई र डुवर्सका जनताको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले यो कदमले क्षेत्रका जनताको आकांक्षा र आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारको संवेदनशीलता र प्रतिबद्धता झल्काउने बताए।

यो पहलले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका जनतामा नयाँ आशा र विश्वास जगाएको छ। क्षेत्रीय समस्याहरूको समाधान र समृद्धिको मार्गमा यो एक कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
Highlights



゚viralシalシ

27/10/2025

देशको १२ राज्य र केन्द्र शासितप्रदेशहरू अन्डामान निकोबार, गोवा, गुजरात, केरल, मध्यप्रदेश,
तामिनाडु, पश्चिम बंगाल, उतर
प्रदेश, राजस्थान, छत्तीसगढ़, पोन्डुचरी अनि लक्षद्वीपमा दोस्रो चरणको SIR शुरू हुने। Highlights

HG News

27/10/2025

दार्जिलिङ : एसआईआर,जनगणना अनि परिसीमाकनको महत्वबारे आईतबार मिडिया सम्बोधन गर्दै गोर्खा राष्ट्रिय कांग्रेस संयोजक सुबोध पाख्रीन:-

Address

Siliguri

Telephone

+917501410354

Alerts

Be the first to know and let us send you an email when HG News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HG News:

Share

HAMRO GORKHA NEWS

𝐇𝐀𝐌𝐑𝐎 𝐆𝐎𝐑𝐊𝐇𝐀 𝐍𝐄𝐖𝐒 / 𝐇𝐆𝐍𝐄𝐖𝐒 is a Leading 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐍𝐄𝐖𝐒 𝐖𝐞𝐛 𝐂𝐡𝐚𝐧𝐧𝐞𝐥 of Darjeeling, Kalimpong, Sikkim, Siliguri and North Bengal and North East Region.

For daily news updates from your locality please 𝐅𝐨𝐥𝐥𝐨𝐰, 𝐋𝐢𝐤𝐞, 𝐂𝐨𝐦𝐦𝐞𝐧𝐭 & 𝐬𝐡𝐚𝐫𝐞 𝐇𝐆𝐍𝐄𝐖𝐒 𝐢𝐧 𝐅𝐀𝐂𝐄𝐁𝐎𝐎𝐊: www.facebook.com/hamrogorkhanews

For more information, query & any kind of help from us,

Please call now: 𝟖𝟑𝟒𝟖𝟑𝟎𝟒𝟗𝟓𝟒 / 𝟗𝟓𝟗𝟑𝟎𝟐𝟖𝟓𝟓𝟔