Sukna Waripari

Sukna Waripari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sukna Waripari, News & Media Website, Khaireny Forest B***y P. O./Sukna, P. S./Kurseong, Dist. Darjeeling, Siliguri.

26/08/2026

तिब्बतबाट भोटेकोशीमा भीषण बाढी! त्रिशूली–नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

26/08/2026

@ Live # निःशुल्क स्वास्थ्य जाँच शिविर वरिष्ठ @ नागरिक सुकना सार्वजनिक भवन # आयोजक - सुकना ग्राम पञ्चायत @ निर्देश - खरसाङ खण्ड विकास कार्यालय

26/08/2026

तस्बिर आफै बोल्छ !

सुकनामा बलिदान दिवस पालनसुकना - सुकनाको मुटु मानिने कप्तान रामसिंह ठकुरी चोकमा मंगलवार साँझ सुकना गोर्खा पूर्व सैनिक संग...
25/08/2026

सुकनामा बलिदान दिवस पालन

सुकना - सुकनाको मुटु मानिने कप्तान रामसिंह ठकुरी चोकमा मंगलवार साँझ सुकना गोर्खा पूर्व सैनिक संगठनले एक साधारण कार्यक्रमबिच श्रद्धा एवं सम्मानका साथ शहीद मेजर दुर्गा मल्लको 82औं पृण्यतिथि एवं बलिदान दिवस पालन गऱ्यो। राष्ट्रिय राजमार्ग 110 अनि मिरिक राज्यमार्ग चोकमा रहेको कप्तान रामसिंह ठकुरी र डा. भीमराव अम्बदेकरको सालिग परिसरमा अस्थायी रूपमा बनाइएको शहीदवेदीमा सुकना गोर्खा पूर्व सैनिक संगठनका पदाधिकारी र सदस्यहरूले धूप, मौमबत्ती प्रज्वलन गरेर पालैपालो प्रथम गोर्खा सैनिक शहीद मेजर दुर्गा मल्ललाई सलामी दिएका थिए। त्यसताक संगठनका महिला सदस्यहरूको पनि गरिमामय उपस्थिति थियो।
स्मरण रहोस्, भारतका स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लले 25 अगस्त, 19 44-मा दिल्लीको लालकिल्लामा हाँसी-हाँसी फाँसीमा झुण्डिएर देशको लागि प्राण त्यागेका थिए। त्यसै दिनलाई स्मरण गरेर प्रत्येक 25 अगस्तको दिनलाई भारतभरि छरिएर बसेका नेपाली बहुक्षेत्रहरूमा बलिदान दिवसको रूपमा पालन गर्ने गरिन्छ।

25/08/2026

सुकनाको स्वेच्छिक सहयोग संकल्न अभियान टोली शिवसागर जिल्लाअन्तर्गत बिहुवनको नेपाली खुट्टी गाउँमा भलबाढ़ी पीड़ित परिवारहरूलाई चिन्हित गर्ने क्रम व्यस्त

25/08/2026

गत शनिवार सुकनानजिक एक निजी टी रिसोर्टमा सम्पन्न भएको त्रिपक्षीय वार्ताबारे आफ्नो प्रतिक्रिया दिँदै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका आर्दश थापा

सुकनाको स्वेच्छिक सहयोग संकलन अभियान टोली असम प्रस्थानसुकना - असम भलबाढ़ी पीड़ितहरूको राहत प्रदान गर्न गठित सुकनाको स्वे...
24/08/2026

सुकनाको स्वेच्छिक सहयोग संकलन अभियान टोली असम प्रस्थान

सुकना - असम भलबाढ़ी पीड़ितहरूको राहत प्रदान गर्न गठित सुकनाको स्वेच्छिक सहयोग संकलन अभियान टोली आज सुकनाबाट न्यू जलपाइगढ़ी रेल्वे स्टेशन हुँदै असम प्रस्थान भइसकेको छ। सामाजिक कार्याकर्ता श्रीमती माया प्रधानको नेतृत्वमा रहेको टोलीमा श्रीमती बन्दना छेत्री, श्रीमती नानुका गुरुङ, श्रीमती समिता प्रधान र श्रीमती नर कुमारी भुजेल सामेल छन्। तिनीहरूले असमको सर्वाधिक बाढ़ी प्रभावित क्षेत्रमा पुगेर त्यहाँका स्थानीय संघ-संस्थाहरूसित समन्वय बनाएर पीड़ित परिवारहरूलाई नगदरूपमा राहत राशि वितरण गर्नेछन्। तिनीहरूलाई आज बिहान 11.30 बजी सुकनाको रल्वे स्टेशन परिसरमा एउटा सानो कार्यक्रमबिच यात्रा सफलताको कामनासहित खर्दापण गरेर विदाइ गरिएको थियो। त्यस विदाइ कार्यक्रम अवधि चम्टा (सुकना) वन बस्ती, कोकलुङ वन बस्ती र पाहारू मौजालाई प्रतिनिधित्व गरेर आउने समाजका पदाधिकारीहरू विशन राई, नकुल छेत्री, सूर्य छेत्री र चन्द्रहाङ सुब्बालगायत सुकना गोर्खा पूर्व सैनिक संगठनका पदाधिकारीहरू हनेरी कप्तान सुरेश प्रधान, हनेरी कप्तान धनेन्द्र प्रधान र ओम गुरुङ आदि थिए। यता, स्वेच्छिक सहयोग संकलन अभियान टोलीका प्रमुख व्यक्तित्वहरू रोशन डी लामा र बिकाश सुन्दानसहित अन्य सदस्यहरूको पनि विशेष सहभागिता थियो।
स्मरण रहोस्, सुकना यस स्वेच्छिक सहयोग अभियान टोलीले सुकना ग्राम पञ्चायत क्षेत्रमा गत 6 अगस्तदेखि 21 अगस्तसम्म जे जति सहयोग राशि उठेको थियो, त्यो सबै नगद लिएर गएको छ अनि तिनीहरूको यात्राको सुरक्षालाई ध्यानमा राखेर त्यसको सही तथ्य भने यहाँ सार्वजनिक गरिएको छैन।

Address

Khaireny Forest B***y P. O./Sukna, P. S./Kurseong, Dist. Darjeeling
Siliguri
734009

Website

Alerts

Be the first to know and let us send you an email when Sukna Waripari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share