Laali Guraas Prakashan

  • Home
  • Laali Guraas Prakashan

Laali Guraas Prakashan Publisher & Seller of Progressive Books. Based in Darjeeling, India.

'८६को आन्दोलनमाथि आधारित समशेर अली-को नयाँ पुस्तकको लोकार्पण उपासक पुस्तक पसल, कालेबुङमा १४ अगस्त २०२५ बिहिबार हुनेछ। एउ...
12/08/2025

'८६को आन्दोलनमाथि आधारित समशेर अली-को नयाँ पुस्तकको लोकार्पण उपासक पुस्तक पसल, कालेबुङमा १४ अगस्त २०२५ बिहिबार हुनेछ। एउटा पुस्तकसित एउटा डट पेन उपहारस्वरूप दिइनेछ ।१४/१५/१६/१७ अगस्तसम्म यो अफर रहने छ।

लाली गुराँस प्रकाशनद्वारा प्रकाशित यो पुस्तकबारे थप जानकारीका लागि वा बाइपोस्ट किताब पाउन 083730 01142 मा व्हाटस्एप गर्नुहोला।

For paperback
https://wa.me/p/24285420444427016/918373001142

For Hardbound
https://wa.me/p/10035922596537163/918373001142

Today is the last day of pre-booking, and to avail the discount.आज प्रि-बुकिङको अन्तिम दिन हो, डिसकाउन्टसित किताब पाउनुक...
31/07/2025

Today is the last day of pre-booking, and to avail the discount.
आज प्रि-बुकिङको अन्तिम दिन हो, डिसकाउन्टसित किताब पाउनुको लागि।

लाली गुराँसको नयाँ अङ्क सङ्ग्रह गर्नुहोलादार्जिलिङ पहाड-तराई-डुवर्स क्षेत्रबाट प्रकाशित नेपाली पत्रिकाजुलाई-सेप्टेम्बर 2...
29/07/2025

लाली गुराँसको नयाँ अङ्क सङ्ग्रह गर्नुहोला
दार्जिलिङ पहाड-तराई-डुवर्स क्षेत्रबाट प्रकाशित नेपाली पत्रिका
जुलाई-सेप्टेम्बर 2025 | ₹20

"...उर्गेनले आँखा उचालेर सडकतिर हेऱ्यो। पुरै सडक त्यतिन्जेल रगतको हिलोले चिप्लो भइसकेको छ। पुरा शरीरमा त्यो हिलो लेप्सिए...
27/07/2025

"...उर्गेनले आँखा उचालेर सडकतिर हेऱ्यो। पुरै सडक त्यतिन्जेल रगतको हिलोले चिप्लो भइसकेको छ। पुरा शरीरमा त्यो हिलो लेप्सिएर कोही उत्तानो पल्टिरहेका छन्, कोही फेरि घोप्टो परिरहेका छन्। कोही खल्बलिँदै भाग्न खोज्दा त्यही रातो हिलोमा बारम्बार चिप्लिँदै छन्। त्यसपछि एउटा गोली उड्दै आएर उसलाई त्यही गाढा रातो हिलोमा थेचारिदिँदैछ।। उसले फेरि हिलोको नयाँ स्रोत सिर्जना गर्दैछ। विद्यार्थी, जागिरे, घरपेटी मान्छेहरू— सबैजना छन् हिलो दलिएको हुलमा। उनीहरूलाई घेरेर आ-आफ्ना मनपर्ने र चाहिने छाता-टोपी-किताब-झोला-लाठी-घडीहरू छरिएका छन्। पछाडि फर्केर कसैले हेरेका छैनन्। हिलो लागेर ती बिग्रिनसक्छन् भन्ने कुरा कसैले ख्याल नै गरेका छैनन्।

तर हतियारहरू थाकेका छैनन्। अगाडिको भिड भत्किएको हुनाले उर्गेनले अगाडि हतियार-चलाउनेहरूको एउटा पङ्क्ति देख्यो। कोही खाकी, कोही हरियो, अब उनीहरूलाई मात्र वरिपरि देखिँदैछ। पुलिस स्टेसनको अगाडि, हुलाक कार्यालयको नजिक, घरको छप्पर, बरन्डामा— छ्यापछाप्ती छन् खाकी र हरिया रङका चिटिक्क पुतलाहरू, जुन अब भने निष्क्रिय उदासीन छैनन्। अब उनीहरू धेरै सक्रिय छन्, निकै सफल हत्याराझैँ।

एक्कासि एउटा गोली ल्याम्पपोस्टमा आएर ठोकियो। उर्गेनले महसुस गऱ्यो कि अब भाग्नु आवश्यक छ। उसले देब्रेतिर हेर्दा सामुन्ने एउटा साँघुरो गल्ली देख्यो। लम्किँदै त्यस गल्लीभित्र पस्यो। धेरैजना मानिसहरू मानौँ आफ्नो ज्यान हातमा बोकेर अगाडितिर दौडिरहेका छन्। उर्गेन पनि हतारिँदै उनीहरूको पछि पछि सिँढी ओर्लिन थाल्यो। जब ऊ गल्लीको अन्त्यतिर आयो, अगाडि हेर्दा उसको सातो उडेको जस्तै भयो। डुवर्सको जङ्गलमा पुलिसको खेदोले पनि उर्गेन यतिबिघ्न डराएको थिएन। गल्लीको मुख छेकेर हत्याराहरूले खाकी पोसाक लगाएर आ-आफ्ना हतियारहरूसँग सडकमा उभिरहेका छन्। अनि अरू धेरैजना झैँ उनीहरूतिरै अन्धोजस्तै दौडँदै जाँदैछन् निरीह मानिसहरू। उर्गेन पनि तिनीहरूकै हुलमा परेको छ।

सम्पूर्ण टोली टक्क रोकियो। जुन बाटो भएर ज्यान हातमा लिई भाग्न सोचेका थिए, त्यहीँ नै मृत्युले तम्तयार भएर पर्खिरहेको छ। आवाजहीन निश्चल मानिसहरू मानौँ हुनलागेको घटनालाई स्विकार्न तयार भइसकेका छन्। हुनसक्छ उनीहरू आफैले उल्टा गिन्ती सुरु गरिसकेका छन्- दस... नौ... आठ...।

गन्ती दुई पुग्दा नपुग्दै कतैबाट केही युवाहरू अचानक बिचमा आएर उभिए। उनीहरूका हातमा दापबिनाको खुकुरीहरू थिए। उनीहरूको अनुहार केही असामान्य थिए। पागलजस्तै चिच्याइरहेका छन्। गन्ती एकसम्म पुग्दा उनीहरूले हाम फाले हरियो लुगा लगाउने हत्याराहरूमाथि। त्यही क्षणमा उर्गेनले चकित हुँदै जीवनका लागि बाटो खुलेको देख्यो। हरियो रङको पर्खाल क्षणभरमै ढल्यो। गल्लीको मुखमा फुटेका मूर्तिजस्तै लडिरहेका छन्। माथिल्लो सडकको रातो चिप्लो बाक्लो हिलो यता पनि बगिरहेको छ, भत्किएको मूर्तिको तलबाट।

खुकुरी बोकेका तन्नेरी केटाहरूले उर्गेनतिर फर्केर चिच्याउँदै भन्यो, ‘गोर्खा हो भने नभाग्। लडेर मर्।’ भनेरै उनीहरू गल्लीबाट निस्केर हराए। तर तिनीहरू ओझेल हुनेबित्तिकै मानिसहरूले तिनीहरूका ती शब्दहरू बिर्सिए। सबैजना गोर्खा हुन्, तर अब लडेर मर्ने उत्साह कसैसँग पनि छैन। गाढा हरियो रङ्गको भत्केको मूर्तिको रातो हिलो टेक्दै मुल सडकमा पुगे तिनीहरू, अनि सुरक्षित आश्रयको खोजीमा दगुरे।

तर उर्गेनले भने धेरै कोसिस गरे पनि दौडन सकेन। ऊ हिँड्दै गल्लीको मुखैमा आएर उभियो। हत्याराहरू खुकुरीको प्रहारले घाइते भएर सडकमा लडिरहेका छन्। शरीरमा अझै पनि ज्यान छ। उनीहरूका घातक हतियारहरू अलिकति टाढा उछिट्टिएका छन्। उर्गेनलाई त्यसमध्ये एउटा हतियार उठाएर माथिल्लो सडकमा फिर्ता जान र ती सबैजनालाई खतम गरिदिनु मन लाग्यो।... "

[नुनको चिया उपन्यासको "सत्ताइस जुलाई" परिच्छेदबाट]

https://wa.me/p/6279372828828577/918373001142

सूचना ! सूचना !! सूचना!!!लाली गुराँस प्रकाशन-बाट चाँडै प्रकाशित हुनेछ-- ‘८६को आन्दोलनमाथि आधारित समशेर अली-को नयाँ कृति ...
23/07/2025

सूचना ! सूचना !! सूचना!!!

लाली गुराँस प्रकाशन-बाट चाँडै प्रकाशित हुनेछ-- ‘८६को आन्दोलनमाथि आधारित समशेर अली-को नयाँ कृति #खँदुवा_बन्दुक। यो कृतिबारे सर्जक समशेर अलीले लेख्नुभयो--

"८६ को आन्दोलनबारे मैले जानेका, भोगेका र कतिपय मानिसहरूबाट सुनेका यथार्थ घटनाहरू यहाँ उल्लेख गरेको छु।
सरकारी तन्त्र र अत्याधुनिक अस्त्रशस्त्रविरुद्ध खँदुवाको लडाइँ लड्न सजिलो थिएन। हुन त मैले लेखेका घटनाहरू सीमित छन्। ८६ को आन्दोलनलाई लिएर सम्पूर्ण रूपमा लेख्नु हो भने गहन अध्ययन र अनुसन्धानको खाँचो पर्छ, जुन म जस्तो सामान्य लेखकका लागि सम्भव थिएन।
यसरी, मैले जे जति जानकारी बटुल्न सकेको छु, त्यो तपाईँहरूसमक्ष पस्किदिएको छु।
यो मेरो लेख मुख्यतः नयाँ पुस्ताका निम्ति हो, जसले आन्दोलन देखेका छैनन् र मानिसहरूले के कस्तो परिस्थिति भोग्नुपर्‍यो भन्ने कुरा बुझेका छैनन्।
सम्पूर्ण गोर्खा जाति नै आन्दोलनमा होमिएका थिए, जसको प्रतिफल के कस्तो भयो, त्यो सर्वविदितै छ। माटोको आन्दोलन सफल बनाउने मौका हाम्रो हातमा थियो, तर हाम्रा नेताहरूले राम्ररी बार्गेनिङ गर्न सकेनन्। यही हाम्रो विडम्बना र दुःखको कुरा हो।"

#खँदुवा_बन्दुक प्रि-बुकिङ् गर्न चाहनेहरूले 31 जुलाईसम्म हार्डकभरका लागि भारू 220 र पेपरब्याकका लागि भारू 180 लाली गुराँस प्रकाशनलाई पेमेन्ट गरेर पेमेन्टको स्क्रीनसट 8373001142 नम्बरमा व्हाट्सएप गर्नुहोला।

फेसबुक पोस्टको लिङ्क:
https://www.facebook.com/laali.guraas.prakashan/posts/pfbid027SzNXdVbnuumgiNNixB9AnsYW3cfpNE6WTBxCMc4KSVV2csg7ZshWjj1EH2Fe32ml

व्हाट्सएपको लिङ्क :
खँदुवा_बन्दुक (हार्ड कभर) -- https://wa.me/p/10035922596537163/918373001142

खँदुवा_बन्दुक (पेपर ब्याक) -- https://wa.me/p/24285420444427016/918373001142

नेपाली अनुवाद विभागमा सन् २०२४को साहित्य अकादेमी पुरस्कारको घोषणा आज आयो। सिक्किमका साहित्यिक अमर बानिया ‘लोहोरो‘ले आफ्न...
16/07/2025

नेपाली अनुवाद विभागमा सन् २०२४को साहित्य अकादेमी पुरस्कारको घोषणा आज आयो। सिक्किमका साहित्यिक अमर बानिया ‘लोहोरो‘ले आफ्नो अनुवाद कृति ‘मातृभूमि‘का लागि यो पुरस्कार पाए। वहाँलाई बधाई छ।

साथै, हाम्रो लाली गुराँस प्रकाशनका लागि खुसीको खबर के हो भने शमीक चक्रवर्ती द्वारा नेपालीमा अनूदित #नुनको_चिया (बिमल लामा-को बङ्गला आख्यान #नुन_चा बाट) यस पुरस्कारका लागि छानिएको सर्वशेष सूचिमा सर्टलिस्टेड भएको थियो।

उल्लेखनीय छ, यसरी नै शमीक चक्रवर्ती द्वारा बङ्गलामा अनूदित िता (इन्द्रबहादुर राई-को नेपाली उपन्यास िता_छ बाट) पनि सन् २०२४कै साहित्य अकादेमी पुरस्कारको बङ्गला अनुवाद विभागमा सर्टलिस्टेड भएको थियो।

लाली गुराँस प्रकाशनले लगातार स्तरीय कृतिहरू प्रकाशन गर्न पाएकोले सन्तोष प्रकट गर्नसाथ सबैलाई शुभकामना जनाउन चाहन्छ।

Collect your copy of  , the English translation of Roopnarayan Sinha's celebrated Nepali literary work. The skillful tra...
18/06/2025

Collect your copy of , the English translation of Roopnarayan Sinha's celebrated Nepali literary work. The skillful translation by Ugyal Tshering Lama Yolmo, offers a rich portrayal of the Nepali diaspora's diverse lives, both in India and abroad, vividly depicting their experiences across varied locales.

Roopnarayan Sinha's compelling narrative immerses the readers in the intricate social, economic, political, and cultural contexts of various depicted communities. This novel features evolving characters who question the established social norms and values. Through the individuals, the story explores societal views on love, relationships, morality, careers, and social service, with the author offering insightful critiques.

The English translation by Ugyal Tshering Lama Yolmo is highly commended for its dedication to maintaining the integrity of Sinha's original vision. It faithfully conveys the novel's ambiance, sensory details, philosophical discussions, and, importantly, the realities of the Nepali-speaking community. This translation ensures that Bhramar gains deserved recognition from readers regionally and beyond, making this significant literary piece accessible to a broader audience.

To order us online - https://wa.me/p/9811567085594409/918373001142
TopFans

Laali Guraas Prakashan is happy and proud to present the English translation of Roopnarayan Sinha's Bhramar, a celebrate...
18/06/2025

Laali Guraas Prakashan is happy and proud to present the English translation of Roopnarayan Sinha's Bhramar, a celebrated Nepali literary work treasured across generations. Skillfully translated by Ugyal Tshering Lama Yolmo, this publication seeks to introduce this classic to a global readership. Bhramar offers a rich portrayal of the Nepali diaspora's diverse lives, both in India and abroad, vividly depicting their experiences across varied locales.

Roopnarayan Sinha's compelling narrative immerses the readers in the intricate social, economic, political, and cultural contexts of various depicted communities. This novel features evolving characters who question the established social norms and values. Through the individuals, the story explores societal views on love, relationships, morality, careers, and social service, with the author offering insightful critiques.

The English translation by Ugyal Tshering Lama Yolmo is highly commended for its dedication to maintaining the integrity of Sinha's original vision. It faithfully conveys the novel's ambiance, sensory details, philosophical discussions, and, importantly, the realities of the Nepali-speaking community. This translation ensures that Bhramar gains deserved recognition from readers regionally and beyond, making this significant literary piece accessible to a broader audience.

To order us online - https://wa.me/p/9811567085594409/918373001142

The celebrated Nepali literary work   by Roopnarayan Sinha, has been skillfully translated by Ugyal Tshering Lama Yolmo,...
24/05/2025

The celebrated Nepali literary work by Roopnarayan Sinha, has been skillfully translated by Ugyal Tshering Lama Yolmo, and published by Laali Guraas Prakashan.

Bhramar offers a rich portrayal of the Nepali diaspora's diverse lives, both in India and abroad, vividly depicting their experiences across varied locales.

The English translation, ( ) is now available (somewhere, if it's not, we'll arrange it in a day or two) at various bookstores. Moreover, you can ask us to send it by post (Whatsapp-8373001142), or ask your nearby bookstore to contact us for copies of this book, or any other books by Laali Guraas Prakashan.

fans

https://www.whatsapp.com/product/9811567085594409/918373001142/

New edition of the Bengali translation ( িতা - Aaj Ramita) of Indra Bahadur Rai's masterpiece novel   available now...It...
24/05/2025

New edition of the Bengali translation ( িতা - Aaj Ramita) of Indra Bahadur Rai's masterpiece novel available now...

It is worth mentionable that the Bengali translation by Samik Chakraborty was shortlisted for Sahitya Akademi Translation Award 2024 for the Bengali translation category.

नुनको चिया उपन्यासको तेस्रो संस्करण उपलब्ध छ। अनलाइन अर्डर गर्न तलको लिङ्कबाट सम्पर्क गर्नुहोला--https://wa.me/p/6279372...
20/05/2025

नुनको चिया उपन्यासको तेस्रो संस्करण उपलब्ध छ। अनलाइन अर्डर गर्न तलको लिङ्कबाट सम्पर्क गर्नुहोला--
https://wa.me/p/6279372828828577/918373001142

प्रकाशित भयो 'नुनको चिया'को तेस्रो संस्करण। बङ्गला साहित्य संसारमा लब्धप्रतिष्ठित साहित्यकार बिमल लामाद्वारा रचित दार्जिलिङ पाहाडको जनजीवन तथा आन्दोलनमाथि आधारित बहुचर्चित बङ्गला उपन्यास 'नुन चा' सन् २०१२ मा पहिलो पल्ट प्रकाशित भएको थियो। चारवटा बङ्गला संस्करण आइसकेपछि, अन्ततः दस वर्ष बाद शमीक चक्रबर्तीले यसलाई नेपालीमा अनुवाद गरे। लाली गुराँस प्रकाशनको तर्फबाट १५-२० अक्टोबर, २०२२को अवधिभरि लगातार लोकार्पण कार्यक्रमहरू भएपश्चात नेपालीभाषी पाठकबिच पनि लोकप्रिय हुन पुग्यो यो आख्यान। र दुइवटा संस्करण सकिएपछि यसको तेस्रो संस्करण छाप्नु पर्यो। पाठकहरूले धेरै मनपराए र साथै उल्लेखनीय छ, नेपाली ‘नुनको चिया'ले सन् २०२३ को शशीप्रभा स्मृति पुरस्कारले पनि सम्मानित भयो।

आख्यानकार बिमल लामाको जन्मथलो दार्जिलिङ पाहाडको सिङताम चियाबारी हो। सानो छँदा पाहाडमै हुर्केका बिमल लामा पछिबाट परिवारसँग हुगली जिल्लामा सरुवा भए, र बङ्गला माध्यम स्कुलमा पढे। विद्यार्थीकाल हुगलीमा बिताएपछि हाल पुरुलिया जिल्लाको झाल्दा ब्लकमा वेलफेयर अफिसरको पदमा कार्यरत छन्। बिमल लामा बगला भाषामा नै साहित्य सिर्जना गर्छन् अनि चाखलाग्दो कुरा के हो भने समकालीन बगला साहित्यमा बिमल लामाका उपन्यास र लघुकथाहरू निकै लोकप्रिय छन्।

बङ्गलामा प्रकाशित 'नुन चा' उपन्यासले धेरै बङ्गला पाठकहरूको मन जितेको छ। यही उपन्यासबाट दार्जिलिङको समाज, आञ्चलिक विशेषता, भाषा-संस्कृति र सङ्घर्ष अस्मिता आदि गैर-नेपाली समाजमा पुग्न सफल बनेको छ सबैभन्दा महत्त्वपूर्ण कुरा पाहाडको पहिचान बोकेको गोर्खाल्याण्ड आन्दोलनमाथि सिर्जनात्मक दस्ताबेज हो- 'नुन चा' आख्यानकारको आग्रह, अनुवादकको अगुवाइ र प्रकाशनको पहलबाट अन्त्यमा नेपालीभाषी पाठकहरूको हातमा आयो- 'नुनको चिया' किताबको परिशिष्टमा T आख्यानकार बिमल लामा अनि अनुवादक शमीक चक्रबर्तीले नेपाली संस्करणका लागि आ-आफ्ना अनुभूति व्यक्त गरेका छन्। · ₹500.00

Address

Darjeeling

Telephone

+918373001142

Website

Alerts

Be the first to know and let us send you an email when Laali Guraas Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laali Guraas Prakashan:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share