Hamro Algarah

  • Home
  • Hamro Algarah

Hamro Algarah News &Information

क्लुनी महिला महाविद्यालयमा उपभोक्ता अधिकार र संरक्षणसम्बन्धी जागरूकता कार्यक्रम सम्पन्नकालेबुङ, २४ जुलाई २०२५ — क्लुनी म...
24/07/2025

क्लुनी महिला महाविद्यालयमा उपभोक्ता अधिकार र संरक्षणसम्बन्धी जागरूकता कार्यक्रम सम्पन्न

कालेबुङ, २४ जुलाई २०२५ — क्लुनी महिला महाविद्यालयमा विद्यार्थीहरूलाई लक्षित गर्दै उपभोक्ता अधिकार र संरक्षणसम्बन्धी एक दिवसीय जागरूकता कार्यक्रम सम्पन्न भयो। कार्यक्रम महाविद्यालयको आइक्युएसी अनि एनएसएसको सयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा उपभोक्ता मामिला विभागका उपसहायक निर्देशक सम्देन लेप्चा, उपभोक्ता कल्याण अधिकारी अर्पण भट्टाचार्य तथा साइबर अपराध प्रहरी उपरीक्षक कार्यालयकी महिला कन्स्टेबल प्रियङ्का सिन्चुरीजस्ता विशिष्ट स्रोत व्यक्तिहरूले उपस्थिति जनाएका थिए। उनीहरूले उपभोक्ताको अधिकार, जिम्मेवारी, संरक्षणका कानुनी पक्षहरू तथा साइबर सुरक्षाका सम्बन्धमा विद्यार्थीहरूलाई जानकारी दिँदै सचेत गराएका थिए। कार्यक्रममा महाविद्यालयकी प्राचार्या सिस्टर डा पुष्प माइकलको विशेष उपस्थिति रहेको थियो। विद्यार्थीहरूमा उपभोक्ता चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। अन्तमा एनएसएस अधिकारी प्रा फुपकेसाङ भोटियाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

अलगढा बजारमा रहेको अलगढा प्राथमिक स्वास्थ्य केन्द्र अब चाँडै बनिने । पश्चिम बङ्गाल सरकार अनि जी,टी,ए को बिषेश पहलमा उक्त...
23/07/2025

अलगढा बजारमा रहेको अलगढा प्राथमिक स्वास्थ्य केन्द्र अब चाँडै बनिने । पश्चिम बङ्गाल सरकार अनि जी,टी,ए को बिषेश पहलमा उक्त प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रीय सभासद दावा तेन्जि शेर्पा, बिधायक रूदेन सादा लेप्चा अनि सन्तुक ग्राम पञ्चायत प्रधान सुमित छेत्रीको बिषेश पहलमा बनिने भएको हो भने अब उक्त स्वास्थ्य केन्द्र यस्तो बनिने छ ।

23/07/2025

७९ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित खुल्ला ३७ न० सभासद लात्ते भकुण्डो आयोजक समितिले समस्त खेलप्रेमीहरुलाई अलगड़ा जन मैदानमा स्वागत गर्दछ।

23/07/2025
22/07/2025

211औँ भानु स्मृति कार्यक्रम सम्पन्न ।

क्लुनी महिला महाविद्यालयमा भानु स्मृति कार्यक्रम क्लुनी महिला महाविद्यालयको नेपाली विभागद्वारा आयोजित २११ औँ भानु स्मृति...
22/07/2025

क्लुनी महिला महाविद्यालयमा भानु स्मृति कार्यक्रम
क्लुनी महिला महाविद्यालयको नेपाली विभागद्वारा आयोजित २११ औँ भानु स्मृति दिवस भव्यरूपमा सम्पन्न भयो। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको स्मृतिमा आयोजित यस विशेष कार्यक्रमले विद्यार्थीहरूमा साहित्यिक चेतना, सांस्कृतिक भावनालाई अभिव्यक्त गर्न सफल भएको छ, भनी कार्यक्रममा मुख्य अतिथिका रूपमा महाविद्यालयकी प्राचार्या सिस्टर डा पुष्प माइकलले बताइन्। महाविद्यालय परिचालन निकाय, सभापति सिस्टर डा विनिता राईले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्। कार्यक्रममा एडुकेसन विभागकी प्राध्यापक डा मीरा दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् भने आइक्युएसी संयोजक डा अम्लान लेहरीको पनि विशेष उपस्थिति रहेको थियो । विद्यार्थीद्वय अन्जु राई र निर्जला राईको संयुक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली विभागीय अध्यक्ष प्रा. मेहरमान सुब्बाले स्वागत सम्बोधन राखेका थिए ।

भानु जयन्ती १३ जुलाईमा पर्दछ तर उक्त समय विद्यार्थीहरूको परीक्षा भइरहेकोका कारण सो अवसरमा कार्यक्रम गर्न नसकिएको र त्यसैले स्मृति दिवसको रूपमा आज कार्यक्रम गरिएको जानकारी गराइएको छ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी प्रस्तुत गर्दै अश्विनी थापा र अनुग्रह राईले भानुको योगदानमाथि प्रकाश पारे। त्यसपछि तीनै सत्रका विद्यार्थीहरूका समूहद्वारा रामायण श्लोकहरू प्रस्तुत गरेका थिए, जसले उपस्थित श्रोताहरूमा भावनात्मक र सांस्कृतिक स्पन्दन थपेको थियो। यसरी नै सांस्कृतिक प्रस्तुतिहरू अन्तर्गत अन्जु र साथीहरूले नृत्य गरेका थिए भने एन्जल राईले सुमधुर गीत प्रस्तुत गरेकी थिइन्। कविता वाचन सत्रमा स्नेहा राई, क्यालविन, लेप्चा, दिव्य गुरुङ र तनिषा सुब्बाले आफ्ना सिर्जनात्मक रचनाहरू वाचन गरी साहित्यिक माहोल सिर्जना गरेका थिए। अन्तमा प्राध्यापक डा मीरा दाहालले भानुभक्तको योगदानको मूल्याङ्कन, नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने मन्तव्य व्यक्त गरिन् ।

कालेबुङ जिल्ला कराते-डो संघसँगको प्राविधिक सहकार्यमा,रकभेल एकेडेमीले २० जुलाई २०२५ मा आयोजित CISCE क्षेत्रीय कराते प्रति...
21/07/2025

कालेबुङ जिल्ला कराते-डो संघसँगको प्राविधिक सहकार्यमा,
रकभेल एकेडेमीले २० जुलाई २०२५ मा आयोजित CISCE क्षेत्रीय कराते प्रतियोगिता - २०२५ सफलतापूर्वक सम्पन्न गर्‍यो।

कार्यक्रममा कालिम्पोङ जिल्ला कराते-डो संघका अध्यक्ष जियोन लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो, र संघका उपाध्यक्ष श्री विनोद राई विशेष अतिथिको रूपमा र रकभेल एकेडेमीका उपाध्यक्ष श्रीमती रोशनी प्रधान पनि उपस्थित हुनुहुन्थ्यो।

१४ स्वर्ण, १२ रजत, ५ कांस्य सहित टोली च्याम्पियन सेन्ट जोसेफ कन्भेन्ट, कालिम्पोङ बन्यो र प्रथम उपविजेता रकभेल एकेडेमी बन्यो अनि
६ स्वर्ण, २ रजत, २ कांस्य सहित र दोस्रो उपविजेता डा. ग्राहम होम्स बन्यो ६ स्वर्ण, २ रजत, १ कांस्य सहित।

यस कार्यक्रममा पेडोङको ग्रेस इङ्ग्लिस स्कूलले पनि ४ स्वर्ण पदक जित्यो र सप्तश्री ज्ञानपीठले ३ स्वर्ण पदक जित्यो।

कार्यक्रम संयोजक शिहान सुशन थापाले जानकारी दिए अनुसार क्षेत्रीय च्याम्पियनशिपका सबै स्वर्ण पदक विजेताहरू आगामी CISCE क्षेत्रीय कराते प्रतियोगिता -२०२५ को लागि छनोट भएका छन्।

खोलियो राष्ट्रिय राजमार्ग 10 तीनदिनदेखि हाइवेको भुइँचाले नजिक बन्द रहेको ठाउँ हालै  खोलिएको जानकारी प्राप्त भएको छ।
20/07/2025

खोलियो राष्ट्रिय राजमार्ग 10
तीनदिनदेखि हाइवेको भुइँचाले नजिक बन्द रहेको ठाउँ हालै खोलिएको जानकारी प्राप्त भएको छ।

Address


Telephone

+918927231799

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Algarah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share