07/08/2025
सिलगढी,हाकिमपाडामा घटेको घट्ना माथि विधायक शंकर घोषको बयान माथि आईजीजेएफ युवा नेता राब्गे राईको प्रतिक्रिया ।
While the MLA of Siliguri is giving it a vile spin and dishing out accusations like "people from outside the city" and "people encouraged by political leaders". Our MLAs from the hills are mum!
Firstly respected Dr Shankar Ghosh ji, the Victims are also "from outside the city".
Secondly, all those Gorkhas who were present, were present as "Gorkhas" and nothing more! yes, even the local people supported the victims irrespective of community, caste, political affiliation or absence of it! And for that we, are grateful and indebted towards the good people of Siliguri.
Respected Sir, I urge you to exhibit some level of humanity and empathy and stop with your baseless and extremely VILE accusations and an attempt to pitch in "political" spin to this highly sensitive matter of racism and emotional trauma.
It hurts as well as amazes me to see that an educated human being like yourself can stoop down to this level. I would like to remind you that sentiments of the whole Gorkha community is extremely hurt right now and all you are doing is rubbing salt on the wounds.
Thanking you.
Rabgay Gorkha Rai.
एकातिर सिलगढीका भाजपा विधायक डा० शंकर घोषज्यूले "सहर बाहिरका मानिसहरू" र "राजनीतिक नेताहरूले उक्साएका मानिसहरू" भन्ने आरोप लगाउँदै यस संवेदनशील घटनालाई नकारात्मक रूप दिनु र राजनीतिक रंग दिन अत्यन्तै प्रयास गर्दै छन् भने, अर्कोतिर हाम्रो पहाडका विधायकहरू मौन छन्!
सर्वप्रथम, सम्माननीय डा० शंकर घोषज्यू, पीडितहरू पनि "सहर बाहिरकै" हुन्। दोस्रो कुरा, त्यहाँ उपस्थित सबै गोर्खाहरू "गोर्खा" भएको नाताले नै उपस्थित थिए, त्यो भन्दा बढी केही पनि होइन त्यसमा कुनै "राजनिति" लुकेका थिएनन् ।
हो, स्थानिय जनताले पनि जात, धर्म, समुदाय, वा राजनीतिक आबद्धताबाट माथि उठेर पीडितहरूको पक्षमा आवाज उठाए पीडितहरूलाई साथ दिए र हामी त्यसका लागी, सिलगढीको जनता प्रति कृतज्ञता र ऋणी छौँ।
आदरणीय सर, म हजुरलाई यस समय मानवता र सहानुभूति दर्शाउने आग्रह गर्दछु र यस्तो आधारहीन, निन्दनीय र घृणास्पद आरोपहरू लगाएर यस संवेदनशील जातीय अपमानित र भावनात्मक पीडालाई राजनीतिक रूपमा प्रयोग नगर्ने अनुरोध गर्दछु।
हजुर जस्तो एक शिक्षित व्यक्तित्वले यस्तो निम्न स्तरमा गिर्न सक्नु हुदोरहेछ भन्ने कुरा देख्दा म दुःखी र आश्चर्यचकित दुवै छु ।
म तपाईंलाई स्मरण गराउन चाहन्छु कि अहिले सम्पूर्ण गोर्खा जातिको भावनामा गहिरो ठेस परेका छन्! गोर्खा जातिको चित्त दुःखेको छ! र यस्तो कुराहरु गरेर तपाईंले घाउमा नुन छर्कने कार्य गरिरहनु भएको छ।
धन्यवाद।
- राब्गे गोर्खा राई।
गोर्खे युवा।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट।।