NBsportsnews

NBsportsnews sports news

सेमिफाइनलमा पुग्यो मारामार एफसी6 अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha) को तत्त्वावधानमा आयोजित ...
06/08/2025

सेमिफाइनलमा पुग्यो मारामार एफसी

6 अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha) को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मा मारामार एफसी ले सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा (Salugara) खेल मैदानमा बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याच मा मारामार एफसी ले लिजेण्ड्स एफसी विरुद्ध 3-0 ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पंकज थापा ले 31औं र 48औं मिनटमा 2 गोल गरे। यसबाहेक बिवास सावरिया ले 66औं मिनटमा गोल गरे। विजेता टीमका पंकज थापा ले प्लेयर अव् द म्याच को ट्रफी र नगद पुरस्कार जिते। बिहीवार खेलिने तेस्रो क्वार्टर फाइनलमा नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए) र भीएनसी मर्निंग सकर (VNC Morning Soccer) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा 16 वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः 10 र 12 अगस्तमा हुनेछ। यसरी नै फाइनल 15 अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

06/08/2025

HALF
मारामार एफसी बनाम लीजेण्ड्स एफसी
इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट
आयोजकः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha)

क्यामेरामा कैद पलहरू.....!!!मनजीत इलेवेन बनाम ओमिशा एफसी
06/08/2025

क्यामेरामा कैद पलहरू.....!!!
मनजीत इलेवेन बनाम ओमिशा एफसी

06/08/2025

दोस्रो मिलनमोड़ (Milanmore) वूमन्स सुपर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टबारे अधिक जानकारी दिँदै आयोजक समितिका सदस्यहरूः
आयोजकः मधुर मिलन संघ (Madhur Milan Sangha) र मिलनमोड़ (Milanmore) फूटबल एकाडमी

आनन्दपुर एफसी को पेनल्टी शूटआउटमा रोमाञ्चक जीत6 अगस्तः जलढाका स्पोर्ट्स एसोसिएशन को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स ...
06/08/2025

आनन्दपुर एफसी को पेनल्टी शूटआउटमा रोमाञ्चक जीत

6 अगस्तः जलढाका स्पोर्ट्स एसोसिएशन को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे कप नक्आउट फूटबल टुर्नामेण्टमा आनन्दपुर एफसी (Jalpaiguri) ले क्वार्टर फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा मंगलवार भएको म्याच मा आनन्दपुर एफसी ले भूटान ड्रूक एफसी विरुद्ध पेनल्टी शूटआउटमा 3-2 ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन । विजेता टीमका सुजित सिंह ले प्लेयर अव् द म्याच को ट्रफी जिते। यसरी इण्टर स्कूल अण्डर-15 बोयज फूटबल टुर्नामेण्टमा दलगाउँ एमएसके ले पाइनवुड एकाडमी (बीरपारा) विरुद्ध 2-1 ले जीत हासिल गऱ्यो। सीनियर वर्गको टुर्नामेण्टमा जम्मा 16 वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच 11 र 12 अगस्तमा हुनेछ। यसरी फाइनल 16 अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 30 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टआयोजकः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha)आजको म्याच (दोस्...
06/08/2025

इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट
आयोजकः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha)
आजको म्याच (दोस्रो क्वार्टर फाइनल)

बिन्नागुड़ी फूटबल एका़डमी को रोमाञ्चक जीत5 अगस्तः नेताजी युथ क्लब (एनवाईसी), सेवोक को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्...
05/08/2025

बिन्नागुड़ी फूटबल एका़डमी को रोमाञ्चक जीत

5 अगस्तः नेताजी युथ क्लब (एनवाईसी), सेवोक को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे सेलिब्रेशन ओपन फूटबल टुर्नामेण्टमा बिन्नागुड़ी फूटबल एका़डमी ले सेमिफाइनलमा प्रवेश गऱ्यो। सेवोक बजार, रेलवे स्टेशन नजिक खेल मैदानमा सोमवार खेलिएको क्वार्टर फाइनल म्याच मा बिन्नागुड़ी फूटबल एका़डमी ले प्रधान इलेवेन (सेवोक) विरुद्ध पेनल्टी शूटआउटमा 4-2 ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर 2-2 को बराबरीमा रहेको थियो।विजेता टीमका बाबु (Babu) लाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्ट मा जम्मा 12 वटा टीमले टुर्नामेण्टमा हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल 10 र 11 अगस्तमा हुनेछ। यसरी फाइनल 15 अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा 30 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

शेयर एफसी क्वार्टर फाइनलमा पुग्न सफल5 अगस्तः कालेबुङ (Kalimpong) स्पोर्ट्स एसोसिएशन (केएसए) को तत्त्वावधानमा आयोजित 79औं...
05/08/2025

शेयर एफसी क्वार्टर फाइनलमा पुग्न सफल

5 अगस्तः कालेबुङ (Kalimpong) स्पोर्ट्स एसोसिएशन (केएसए) को तत्त्वावधानमा आयोजित 79औं इण्डिपेण्डेन्स नक्आउट फूटबल टुर्नामेण्टमा शेयर एफसी ले क्वार्टर फाइनलमा स्थान बनायो। मेला ग्राउण्ड (Mela Ground) मा मंगलवार खेलिएको म्याच मा शेयर एफसी ले मिक्स्ड अप् बोयज विरुद्ध 1-0 ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा जम्मा 15 वटा टीमले हिस्सा लिएको छ। यसमा स्थानीय टीमहरूको साथमा तिब्बत, असम, सिक्किम र नेपालको टीम पनि सामेल छ। टुर्नामेण्टको फाइनल 15 अगस्तमा हुनेछ।
PC: Rupesh Darnal

हर्ली (Herlihy) मेमोरियल कपः सेण्ट जोसेफ्स कलेज र 2/11 जीआर को जीत5 अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजी...
05/08/2025

हर्ली (Herlihy) मेमोरियल कपः सेण्ट जोसेफ्स कलेज र 2/11 जीआर को जीत

5 अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा प्रतिष्ठित हर्ली (Herlihy) मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको 109औं संस्करण मंगलवारदेखि शुरु भयो। आज 2 वटा म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग) मा खेलिएको पहिलो म्याचमा सेण्ट जोसेफ्स कलेजले हिमालयन फूटबल क्लब विरुद्ध पेनल्टी शूटआउटमा 5-4 ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर 2-2 को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सेण्ट जोसेफ्स कलेजको तर्फबाट रिञ्जी शेर्पा र प्रज्वल राई ले गोल गरे। यसरी हिमालयन एफसी को तर्फबाट प्रशान्त सुब्बा र मेण्डिज मंगर ले गोल गरे। दोस्रो म्याचमा 2/11 जीआर (गोर्खा राइफल्स) ले संकटा एफसी विरुद्ध पेनल्टी शूटआउटमा 6-5 ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर 1-1 को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा 2/11 जीआर को तर्फबाट सागर लामा ले गोल गरे। यसरी संकटा एफसी को तर्फबाट अनमोल राई ले गोल गरे। टुर्नामेण्टमा जम्मा 16 वटा टीमले हिस्सा लिएको छ। फाइनल 15 अगस्तमा हुनेछ।

ओमिशा एफसी सेमिफाइनलमा पुग्न सफल4 अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha) को तत्त्वावधानमा आयोजित...
05/08/2025

ओमिशा एफसी सेमिफाइनलमा पुग्न सफल

4 अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha) को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मा ओमिशा एफसी ले सजिलै सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा (Salugara) खेल मैदानमा मंगलवार भएको पहिलो क्वार्टर फाइनल म्याच मा ओमिशा एफसी ले मनजीत इलेवेन विरुद्ध 4-2 ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जोगाई बर्मन ले 59औं र 69औं मिनटमा 2 गोल गरे। यसबाहेक अमित खवास ले 23औं र राजेश सिंघ ले 57औं मिनटमा 1-1 गोल गरे। यसरी मनजीत इलेवेन को तर्फबाट दिपेस ओरावँ ले 67औं र सुब्रतो सोरेन ले 80औं मिनटमा गोल गरे। विजेता टीमका जोगाई बर्मन ले प्लेयर अव् द म्याच को ट्रफी र नगद पुरस्कार जिते। बुधवार खेलिने दोस्रो क्वार्टर फाइनलमा मारामार एफसी र लिजेण्ड्स एफसी बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा 16 वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः 10 र 12 अगस्तमा हुनेछ। यसरी नै फाइनल 15 अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

05/08/2025

HALF
मनजीत इलेवेन बनाम ओमिशा एफसी
इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट
आयोजकः सालुगढ़ा नेत्र बिन्दु संघ (Salugara Netra Bindu Sangha)

Address


Alerts

Be the first to know and let us send you an email when NBsportsnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NBsportsnews:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share