LokenBn जापानमा पढेको, जानेको, बुझेको र भोगेको अनुभवका आधारमा व्यक्तिगत विचार, यथार्थ र जानकारी साझा गर्ने एक आप्रवासीद्वारा सञ्चालित पेज।🇳🇵🇯🇵

जापानमा सफाइ केवल नियम मात्र होइन, यो एक सामाजिक अनुशासन हो। हरेक व्यक्ति र व्यापारीले आफ्नो जिम्मेवारी बुझ्ने हुनाले नै...
21/07/2026

जापानमा सफाइ केवल नियम मात्र होइन, यो एक सामाजिक अनुशासन हो। हरेक व्यक्ति र व्यापारीले आफ्नो जिम्मेवारी बुझ्ने हुनाले नै यति ठूला मेलाहरू पनि व्यवस्थित र सफा रहन्छन्।

जापानमा राजनीतिक दलका शीर्ष नेतामाथि स्पिडिङ कारबाही, ¥९० हजार जरिवाना र ९० दिन लाइसेन्स निलम्बन८० किमि प्रतिघण्टाको सडक...
06/07/2026

जापानमा राजनीतिक दलका शीर्ष नेतामाथि स्पिडिङ कारबाही, ¥९० हजार जरिवाना र ९० दिन लाइसेन्स निलम्बन

८० किमि प्रतिघण्टाको सडकमा १४९ किमि प्रतिघण्टाको गतिमा गाडी चलाएको आरोप; पार्टीले पनि दियो कडा चेतावनी

टोकियो। जापानका राजनीतिक दलका प्रतिनिधि यामामोतो तारो अत्यधिक गतिमा सवारी चलाएको अभियोगमा कानुनी कारबाहीमा परेका छन्। सम्बन्धित पार्टीले सार्वजनिक गरेको विवरणअनुसार उनलाई ¥९० हजार (९०,००० येन) जरिवाना र ९० दिनका लागि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) निलम्बन गरिएको छ।

पार्टीका अनुसार, २०२५ अक्टोबर ९ दिउँसो करिब २:३४ बजे, यामामोतोले भाडाको गाडी चलाउँदै ओइता प्रिफेक्चरस्थित पूर्व क्यूशु एक्सप्रेसवे (東九州自動車道) मा यात्रा गरिरहेका थिए। सो सडकमा ८० किमि प्रतिघण्टा गति सीमा तोकिएको भए पनि उनले १४९ किमि प्रतिघण्टाको गतिमा सवारी चलाएको ओर्बिस (स्वचालित गति मापन तथा फोटो खिच्ने उपकरण) ले रेकर्ड गरेको थियो।

घटनापछि प्रहरीले गति सीमा उल्लङ्घनको अभियोगमा अनुसन्धान अघि बढाएको थियो। त्यसअनुसार २०२६ अप्रिल २० मा अदालतको सरलीकृत आदेशमार्फत उनलाई ¥९० हजार जरिवाना गरिएको थियो। त्यसपछि २०२६ मे १५ देखि लागू हुने गरी ९० दिनका लागि ड्राइभिङ लाइसेन्स निलम्बन गर्ने प्रशासनिक निर्णयसमेत गरिएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित राजनीतिक दलले यामामोतोलाई पार्टीका महासचिवमार्फत कडा चेतावनी (厳重注意) दिएको जनाएको छ। साथै, कानूनको पालना, सुरक्षित सवारी सञ्चालन र यस्ता घटना पुनः नदोहोरिने सुनिश्चित गर्न आवश्यक कदम चालिने पार्टीले जनाएको छ।

जापानमा गति सीमा उल्लङ्घनलाई गम्भीर कानुनी विषयका रूपमा लिइन्छ। विशेषगरी अत्यधिक गतिमा सवारी चलाएको प्रमाणित भएमा जरिवाना, लाइसेन्स निलम्बन वा अन्य कानुनी कारबाहीसमेत हुन सक्ने व्यवस्था रहेको छ।

ति नेता कुन पार्टीका थिए थाहा छ?

जापानमा आफ्नो आफ्नो भविष्य बनाउन चाहनेहरूका लागि April 2027 देखि नयाँ भिषा प्रणाली '育成就労' (Ikusei Shuro - Training and E...
28/06/2026

जापानमा आफ्नो आफ्नो भविष्य बनाउन चाहनेहरूका लागि April 2027 देखि नयाँ भिषा प्रणाली '育成就労' (Ikusei Shuro - Training and Employment) सुरु हुन लागेको छ।

यो भिषामा जापान आएर PR सम्म लिन पनि सकिन्छ तर ईमान्दार, जागरिला र मिहिनेताहरुले मात्र।
जापानले पनि अन्य भिषामा भएका Tax, Health insurance आदि नतिर्ने हरुलाई हटाएर सुरु देखिनै अनिवार्य social insurance र Tax तिर्न पर्ने प्रणालीमा कामदार ल्याउन प्राथमिकता देखाएको छ।
जापानमा अहिले भएको देखावटी रुपमा Training तर बनावटी रुपमा कामदार भएको 技能実習 (Ginou Jisshu - Technical Intern Training) प्रणालीलाई विस्थापित गरि यो नयाँ प्रणाली ल्याउन लागेको हो।

育成就労 (Ikusei Shuro) मा ३ वर्ष, 特定技能1号 (Specified Skilled Worker 1) मा ३ वर्ष र 特定技能2号 (Specified Skilled Worker 2) मा ५ वर्ष काम गरे पछि 永住権 (Permanent Residency) आवेदन दिने बाो खुल्छ।
PR को आवेदन दिनको निष्चित रुपमा त्यो अवधीमा धेरै भाषा परिक्षा र स्प परिक्षा पास गरेर समयमानै Tax, health insurance, Pension आदी तिर्न पर्ने दायित्वको कुरा हरु भने तिरेकै हुनु पर्छ।

त्यसैले जापानलाई Tax, insurance छल्ने व्यापारी, बिध्यार्थी र अन्य कामदार हैन, नियम पालना गर्ने मिहिनेती, जाँगरिला र ईमान्दार कामदारहरु चाहिएको छ।

#育成就労

जापानमा प्रहरीले बाटोमा रोकेर सोधपुछ गर्ने एउटा प्रकृया छ त्यो प्रक्रियालाई स्योकुमु सिचुमोन (Shokumu Sh*tsumon / 職務質問) ...
28/06/2026

जापानमा प्रहरीले बाटोमा रोकेर सोधपुछ गर्ने एउटा प्रकृया छ त्यो प्रक्रियालाई स्योकुमु सिचुमोन (Shokumu Sh*tsumon / 職務質問) भनिन्छ। जापानमा बस्ने विदेशी नागरिकहरूका लागि यो एक सामान्य प्रक्रिया भए तापनि केही कानुनी कुराहरू थाहा नहुँदा समस्या पर्न सक्छ। त्यसैले जापानमा प्रहरीले सोधपुछ गर्दा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ।
१. Residence Card / 在留カード) सधैं साथमा राख्ने।
जापानको कानुन अनुसार १६ वर्षभन्दा माथिका विदेशी नागरिकले आफ्नो Residence Card (Zairyu Card) वा पासपोर्ट सधैं साथमा अनिवार्य बोक्नु पर्छ र प्रहरीले माग्दा कार्ड देखाउनु पर्छ। कार्ड साथमा नहुनु वा देखाउन अस्वीकार गर्नु कानुनी अपराध मानिन्छ र जरिवाना वा पक्राउ समेत हुन सक्छ।
पुलिसले सोधपुछ गर्दा आत्तिने, भाग्न खोज्ने, वा ठूलो स्वरले रिसाउने गर्नु हुँदैन, यसो गर्दा प्रहरीलाई झन शंका लाग्न सक्छ।

जापानको कानुन अनुसार Shokumu Sh*tsumon (सोधपुछ) र खल्ति वा ब्याग चेक गर्न दिनु स्वैच्छिक (Nin-i / 任意)हो, अनिवार्य होइन। वारेन्ट (Warrant/礼状) बिना प्रहरीले जबर्जस्ती तपाईंको ब्याग खोल्न पाउँदैन तर यदि तपाईंले ब्याग चेक गर्न दिनु भएन भने, प्रहरीले तपाईंलाई शंकास्पद मानेर लामो समयसम्म घेरेर राख्न वा प्रहरी चौकी (कोबान / Koban) सम्म हिँड्न आग्रह (Nin-i Doko) गर्न सक्छ। त्यसैले, कुनै गलत सामान (जस्तै: चक्कु वा अवैध औषधि) छैन भने चेक गर्न दिनु नै चाँडो उम्किने सजिलो उपाय हो।यसरी चेक गर्ने प्रहरीलाई परिचय पत्र हेरे माग्ने अधीकार हुन्छ त्यसैले प्रहरी परिचयपत्र (Keisatsu Techo / 警察手帳) देखाउन अनुरोध गरेर अन्य fake police र ठगी बाट बाच्न सकिन्छ।
यदि प्रहरीले दुर्व्यवहार गरेको जस्तो लागेमा वा भाषा नबुझेमा आफ्नो सुरक्षाका लागि मोबाइलमा अडियो वा भिडियो रेकर्ड गर्न कानुनी रूपमा पाइन्छ। यदि जापानी भाषा राम्रोसँग आउँदैन भने गल्ती उत्तर दिनु भन्दा "निहोन्गो गा वाकारिमासेन" (जापानी भाषा बुझ्दिन) भन्ने र
प्रहरीसँग स्मार्टफोनको अनुवादक एप प्रयोग गर्न वा दोभाषे (Translator) उपलब्ध गराइदिन अनुरोध गरेर अन्य लफडा र झञ्झट बाट पनि बच्न सकिन्छ।

08/06/2026

April 2027 बाट सुरु हुने जापानको नयाँ Working Visa 育成就労制度(いくせいしゅうろう制度) प्रशिक्षण तथा रोजगारको बारेमा लामो जानकारी।

This official document from the Japanese Plant Protection Station announces a formal suspension of fresh mango imports o...
04/06/2026

This official document from the Japanese Plant Protection Station announces a formal suspension of fresh mango imports originating from India. Following a recent inspection, Japanese authorities determined that Indian processing facilities failed to meet the mandatory disinfection standards required to prevent the spread of invasive fruit flies. Consequently, specific varieties like Alphonso and Kesar mangoes accompanied by certificates dated March 25, 2026, or later will be rejected or destroyed at the border. Japan has requested that India investigate the cause of these failures and implement corrective measures to ensure safety. The ban will remain in effect until the Japanese government can verify that operational improvements have been successfully integrated into the export process

४० वर्ष टेक्नु भयो ?तपाईँहरुलाई 特定検診 (Tokutei Kenshin - Specific Health Checkup) भनेको के हो थाहा छ ?जापानमा मृत्युहुने ...
24/05/2026

४० वर्ष टेक्नु भयो ?
तपाईँहरुलाई 特定検診 (Tokutei Kenshin - Specific Health Checkup) भनेको के हो थाहा छ ?

जापानमा मृत्युहुने कारण को आधा जसो कारण जीवनशैलीको कारणले गर्दा लाग्ने रोगहरुले हुने अध्ययनले देखाएको कारणले जापनाको 厚生労働省 (Ministry of Health, Labour and Welfare) ले सञ्चालन गर्ने 特定検診 (Tokutei Kenshin) अर्थात् Specific Health Checkup बारेमा सजीले र बुझ्न सकिने भाषामा लेखेर जानकारी दिने जमर्को गरेको छु।
🔸特定検診 (Tokutei Kenshin - Specific Health Checkup) भनेको ४० देखि ७४ वर्ष उमेर समूहका मानिसहरूका लागि गरिने एक विशेष स्वास्थ्य जाँच हो। यसको मुख्य उद्देश्य メタボリックシンドローム (Metabolic Syndrome) अर्थात् मेटाबोलिक सिन्ड्रोम (पाचन प्रणालीसँग सम्बन्धित समस्या) को प्रारम्भिक चरणमै पहिचान गरी 生活習慣病 (Lifestyle-related diseases) अर्थात् जीवनशैलीसँग सम्बन्धित रोगहरू (जस्तै: मधुमेह, उच्च रक्तचाप क्यान्सर) लाई रोकथाम गर्नु हो।
यस्को मुख्य विशेषताहरू भनेको ४० देखि ७४ वर्षका स्वास्थ्य बीमा (Health Insurance)मा समावेश भएका व्यक्तिहरूको जीवनशैली सुधार गरी गम्भीर रोगहरू लाग्न नदिनु हो ।
यो परिक्षण गर्नको लागी धेरै खर्च लाग्दैन।
धेरैजसो अवस्थामा यो जाँच निःशुल्क वा निकै सस्तो हुन्छ, किनकि तपाईंको स्वास्थ्य बीमा प्रदायक (Health Insurance Provider/保険者 - Hokensha) ले यसको खर्च व्यहोर्छ।

🔸जाँचका मुख्य बुँदाहरू (Main Examination Items)
जाँचमा सामान्यतया निम्न कुराहरू समावेश हुन्छन्:
質問票 (Questionnaire): स्वास्थ्य अवस्था र बानी-व्यवहार सम्बन्धी प्रश्नहरू।
身体計測 (Body Measurement): उचाइ, तौल, BMI, र पेटको घेरा (腹囲 - Waist circumference)।
血圧測定 (Blood Pressure): रक्तचाप जाँच।
脂質検査 (Lipid Test): कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स (Triglycerides) जाँच।
血糖検査 (Blood Sugar Test): मधुमेहको जोखिम पत्ता लगाउन रगतमा चिनीको मात्रा।
肝機能検査 (Liver Function Test): कलेजोको कार्यक्षमता (AST, ALT, γ-GT)।
尿検査 (Urine Test): पिसाबमा प्रोटिन वा चिनीको मात्रा।

यदि 特定検診 (Tokutei Kenshin) को नतिजामा स्वास्थ्य जोखिम देखिएमा, तपाईंलाई 特定保健指導 (Specific Health Guidance) को लागि सिफारिस गरिन्छ।
सहयोग: यसमा 保健師 (Public Health Nurse) वा 管理栄養士 (Registered Dietitian) जस्ता विज्ञहरूले तपाईंको जीवनशैली (खानेकुरा, व्यायाम, बानी) मा सुधार गर्न व्यक्तिगत सल्लाह र सहयोग प्रदान गर्छन्।
प्रक्रिया: यो पूर्ण रूपमा तपाईंलाई स्वस्थ राख्न र भविष्यमा लाग्ने ठूला रोगहरूबाट जोगाउन गरिने सहयोग हो।

यो परिक्षणको लागी पहिला सूचनापत्र पर्खनु पर्छ, तपाईंको स्वास्थ्य बीमा प्रदायक (Health Insurance Association वा नगरपालिका) ले हरेक वर्ष यसको लागि आवेदन पत्र वा कुपन (Coupon) तपाईंको घरको ठेगानामा पठाउँछन्।
सूचनापत्र पाएपछि नजिकैको तोकिएको मेडिकल संस्थामा सम्पर्क गरी अपोइन्टमेन्ट लिनुहोस्।
तोकिएको दिनमा स्वास्थ्य बीमा कार्ड (Health Insurance Card/保険証 - Hokensho) र कुपन लिएर जानुहोस्।

यदि तपाईं कम्पनीमा कार्यरत हुनुहुन्छ भने, कम्पनीले गर्ने 定期健康診断 (Periodic Health Checkup) मा नै यो 特定検診 का सबै आवश्यक बुँदाहरू समावेश गरिएका हुन्छन्। त्यसैले, छुट्टै जाँच गराउनुपर्ने आवश्यकता नहुन सक्छ। एकपटक आफ्नो कम्पनीको मानव संसाधन (HR) विभागमा बुझ्नुहोला।

ネパールのバレン・シャー首相、駐ネパール各国の外交使節団と懇談(ネパール政府、安定した外交政策と経済成長への強い意欲を表明)ネパールのバレン・シャー首相は水曜日、首相官邸において駐ネパール外交使節団および各国の代表者らと共同の表敬訪問(集合...
08/04/2026

ネパールのバレン・シャー首相、駐ネパール各国の外交使節団と懇談
(ネパール政府、安定した外交政策と経済成長への強い意欲を表明)
ネパールのバレン・シャー首相は水曜日、首相官邸において駐ネパール外交使節団および各国の代表者らと共同の表敬訪問(集合会談)を行いました。この席で首相は、友好諸国との二国間関係を一層強化し、相互利益に基づいたパートナーシップを構築していく政府の姿勢を強調しました。
【会談の主な要旨】
• 一貫性のある外交方針: 首相は、「ネパールは均衡が取れ、かつ現実的な外交政策を一貫して追求している」と述べ、共通の繁栄という目標に基づいた対外関係を維持していくことを表明しました。
• 平和への強いコミットメント: 世界各地で続く紛争が市民生活に深刻な影響を及ぼしている現状に触れ、「平和こそが我々の共通の優先事項であるべきだ」と強調。国際社会の協力的な歩み寄りを呼びかけました。
• 投資環境の整備と経済発展: ネパール政府として、投資促進に向けた良好な環境整備や起業家支援、持続可能な開発に注力していくことを約束しました。また、地域および世界の経済構造の中にネパールをより強固に組み込んでいく方針を示しました。
• 政治的安定と継続性: 「新政府の発足は、これまでの継続性の断絶を意味するものではない」と明言。政治的安定を保ち、政策の予見可能性(安定性)を確保していく決意を述べました。
• 多角的な協力と自国民の保護: 貿易、投資、気候変動対策、草の根レベルの交流など、幅広い分野での協力を推進するとともに、国外に居住するネパール市民の安全と利益の保護も最優先事項であると付け加えました。
最後に、首相はこれまでのネパールの発展に対する各国の支援に対し、深い謝意を表しました。

जापानको गाडीको नम्बर प्लेटमा प्रयोग नहुने ४ अक्षरहरु❌ 「お」❌ 「し」❌ 「へ」❌ 「ん」यी अक्षरहरू प्रयोग नगर्नुका कारणहरू पनि रोचक छन्...
11/03/2026

जापानको गाडीको नम्बर प्लेटमा प्रयोग नहुने ४ अक्षरहरु

❌ 「お」
❌ 「し」
❌ 「へ」
❌ 「ん」

यी अक्षरहरू प्रयोग नगर्नुका कारणहरू पनि रोचक छन् —
कुनै अशुभ अर्थसँग जोडिएका, कुनै अरू अक्षरसँग मिल्ने, त कुनै उच्चारणकै कारण।

🤔 तर तपाईंलाई कुन कारण सबैभन्दा अचम्मको लाग्यो?

1️⃣ 「お」 – अरू अक्षरसँग मिल्ने देखिने
2️⃣ 「し」 – “मृत्यु” सँग जोडिएको ध्वनि
3️⃣ 「へ」 – “पाद” सम्झाउने उच्चारण 😅
4️⃣ 「ん」 – प्रयोग गर्न अलि असहज ध्वनि

👇 Comment मा नम्बर लेखेर बताउनुहोस्।
मलाई चाहिँ ③「へ」 को कारण सबैभन्दा रमाइलो/अचम्मको लाग्यो। 😂

#जापान_जानकारी
✍️ LokenBn

जापानमा बसोबास गर्ने केहि प्रमुख भिषाहरुलाई भन्न र लेख्न सजीलो होस भन्ने हेतुले छोटकरीमा भन्ने चलन पनि छ।चलन चल्तिको नाम...
09/03/2026

जापानमा बसोबास गर्ने केहि प्रमुख भिषाहरुलाई भन्न र लेख्न सजीलो होस भन्ने हेतुले छोटकरीमा भन्ने चलन पनि छ।
चलन चल्तिको नाम र आधीकारीक नामहरु

🔸Engineer/Humanities/ Interanation Services Visa (Gijinkoku/技人国)
Engineer/Specialist in Humanities/International services (技術・人文知識・国際業務)
🔸SSW Visa
Specified Skilled Worker (特定技能)
🔸TITP Visa
Technical Intern Training Program(技能実習制度)
🔸 PR Visa
(Permanent Resident (永住者)
🔸LTR Visa
Long Term Resident Visa (定住者)
🔸 Spouse Visa
Spouse or Child of Japanese National (日本人の配偶者等)
🔸 Business Visa
Business Manager Visa (経営・管理)
🔸 HSP Visa
(Highly Skilled Professional visa (高度専門職)
🔸Cook Visa
Skilled Labor (技能)

यी भिषाको बारेमा बुझ्न चाहनु हुन्छ भने कमेन्टमा सोध्नु होला।
अनि तपाईँ कुन भिषामा हुनुहुन्छ ?

住所

Chiba-shi, Chiba
262-0033

ウェブサイト

アラート

LokenBnがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する