LokenBn देश, काल र परिस्थिति लाई आत्मसाथ गर्दै विवेकशील नागरीक बन्नलाई प्रयासरत एउटा आप्रवासी ।
🇳🇵in🇯🇵

जापान र नेपालको गर्मी (गर्मी याम) बीच केहि महत्वपूर्ण भिन्नताहरू छन्, जसमा मौसम, आर्द्रता (हावामा पानीको मात्रा), तापक्र...
18/06/2025

जापान र नेपालको गर्मी (गर्मी याम) बीच केहि महत्वपूर्ण भिन्नताहरू छन्, जसमा मौसम, आर्द्रता (हावामा पानीको मात्रा), तापक्रम, र भौगोलिक अवस्थाले असर पार्छ। तल मुख्य भिन्नताहरू छन्:

१. तापक्रम (Temperature)
※नेपाल:
•तराई क्षेत्रमा गर्मी चरम हुन्छ। जेठ/असारतिर ३५°C देखि ४५°C पुग्न सक्छ।
•काठमाडौं उपत्यकाजस्तो मध्यम उचाइ भएका ठाउँमा गर्मी सह्य हुन्छ (२५°C - ३५°C)।
•पहाडी र हिमाली क्षेत्रमा भने गर्मी खासै हुँदैन।
※जापान:
•गर्मीमा (जून-अगस्ट) जापानभरि ३०°C देखि ३७°C सम्म तापक्रम पुग्न सक्छ, विशेष गरी टोकियो, ओसाका जस्ता शहरहरूमा।
•जापानको गर्मी नेपालको तराईजस्तै उच्च तापक्रम हुन्छ, तर सँगसँगै आर्द्रता धेरै हुन्छ, जसले गर्दा बढी गह्रौं (humid) महसुस हुन्छ।

२. आर्द्रता (Humidity)
आर्द्रता (Humidity) भन्नाले हावामा भएको पानीको बाफ (Water v***r) को मात्रा हो। जब हावामा पानीको बाफ धेरै हुन्छ, त्यसलाई “अधिक आर्द्रता” भनिन्छ। जब कम हुन्छ, त्यसलाई “कम आर्द्रता” भनिन्छ।

※नेपाल:
•तराईमा गर्मीको समयमा आर्द्रता मध्यम देखि उच्च हुन्छ, खासगरी असार-साउनतिर।
•काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा गर्मी सुख्खा खालको हुन्छ।
जापान:
•जापानको गर्मी अत्यन्तै आर्द्रता(Humidity)हुन्छ। 湿気 (Shikke)’ भन्ने शब्द प्रख्यात छ। हावा गह्रौं र पसिना धेरै आउने हुन्छ
(आर्द्रता (Humidity) भन्नाले हावामा भएको पानीको बाफ (Water v***r) को मात्रा हो। जब हावामा पानीको बाफ धेरै हुन्छ, त्यसलाई “अधिक आर्द्रता” भनिन्छ। जब कम हुन्छ, त्यसलाई “कम आर्द्रता” भनिन्छ।)

•“蒸し暑い (Mushi atsui)” — चिसो नभई, भिजेको जस्तो गर्मी।
•सास फेर्न गाह्रो हुने जस्तो गह्रौं गर्मी हुन्छ।

३. मौसमी प्रणाली (Seasonal Pattern)
※नेपाल:
•वैशाखदेखि असारसम्म मुख्य गर्मी हुन्छ।
•असार-साउनमा वर्षा सुरु हुन्छ र गर्मी कम महसुस हुन्छ।
※जापान:
•जून महिनामा “梅雨 (Tsuyu)” भन्ने मनसुन सिजन आउँछ । यो सिजनमा झरी र आर्द्रता बढी हुन्छ।
•जुलाई-अगस्टमा चर्को गर्मी + उच्च आर्द्रता।
•कहिलेकाहीं टाइफून (आँधी) पनि आउँछ।

४. गर्मीको अनुभव (Feeling of Heat)
※नेपाल:
•तराईमा धूपको गर्मी तेज हुन्छ, तर उचाइका कारण काठमाडौंमा गर्मी सह्य हुन्छ।
•सुख्खा गर्मी हुँदा पसिना छिटो सुक्छ।
※जापान:
•आर्द्रता धेरै भएकाले पसिना नसुक्ने, शरीर चिसो नहुने, जिउ भारी हुने।
•जापानमा गर्मी बढी थकाइ लाग्ने र ‘हीट स्ट्रोक’ (熱中症) को जोखिम बढी हुन्छ।

जापानमा नेपालीहरुको सङ्ख्या ।जापानमा बिभिन्न भिषामा रहेका 3,768,977 जना बिदेशीहरुमा 233,043 जना अर्थात 6.2% नेपाली हुनुह...
17/06/2025

जापानमा नेपालीहरुको सङ्ख्या ।
जापानमा बिभिन्न भिषामा रहेका 3,768,977 जना बिदेशीहरुमा 233,043 जना अर्थात 6.2% नेपाली हुनुहुदो रहेछ।
स्रोतः ISA 2025/6/6

जापान गएर पसिना बगाउछु भन्नेहरुको लागी अब सहि समय आउन लागेको छ है ।आज ३०भोली ३३
16/06/2025

जापान गएर पसिना बगाउछु भन्नेहरुको लागी अब सहि समय आउन लागेको छ है ।
आज ३०
भोली ३३

14/06/2025
14/06/2025

रोडमा 一時停止 [(ichijiteishi)] लेखेको या साईनबोर्ड भएको ठाँउमा गाडी त अनिबार्य एक पटक पुर्ण रुपमा रोकेर दायाँ बाया हेरेर सुरक्षाको प्रत्याभुती गरेर मात्र गाडी अगाडी बढाउनु पर्ने कुरा त धेरै जसोलाई थाहा भएकै कुरा हो । त्यस्का साथै साईकलले पनि यो नियम पालना गर्नु पर्छ। साईकलले यो नियमको बेवास्था गरी साईकल चलाएमा ३ महिनाको जेल वा ५०,००० सम्म जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

यो हेडलाईन देखेर सानैमा स्वस्थानी ब्रत कथा पढेको याद आयो।“पूजा गरिए पछि यस बाट आठ अक्षता, आठ कुडका सुपारी, आठ पुष्प, आठ ...
13/06/2025

यो हेडलाईन देखेर
सानैमा स्वस्थानी ब्रत कथा पढेको याद आयो।

“पूजा गरिए पछि यस बाट आठ अक्षता, आठ कुडका सुपारी, आठ पुष्प, आठ पान, तथा सगुन समेत आदि आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई छोरा पनि नभए मित छोरालाई र यदि मीत छोरा पनि नभए आफ्नो फलानो काम पूरा होस्, मनले चिताएको पूर्ण होस भनि पवित्र नदी, तलाउ, पोखरी आदिमा बगाउनु”

😆😆

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉ए आम्मा हो। १० वटा लाई आउदा पनि...
09/06/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

ए आम्मा हो। १० वटा लाई आउदा पनि यति धैरै खुसी 😆😆😆😆🤪

यी यस्तै गर्छन भनेरै हो । धेरै जसो कम्पनिले काम गरेको पैसा हातमा नदिने कारण यो पनि एउटा हो। Hand cash दिनको लागी छुट्टै ...
09/06/2025

यी यस्तै गर्छन भनेरै हो ।
धेरै जसो कम्पनिले काम गरेको पैसा हातमा नदिने कारण यो पनि एउटा हो।
Hand cash दिनको लागी छुट्टै कर्मचारीक व्यवस्था गरेर पैसा लुटपाट हुने जोखिम पनि हुन्छ।
यस्तै प्रकृतिको घटना
२०१९ जुलाई मा पनि घटेको थियो।
१६ तारिख साँझ ७:३० बजेतिर, चिबा शहरको हानामिगावा वार्डको माकुहारी होङ्गो स्टेशन नजीक रहेको पाँच तले अपार्टमेन्ट भवनको चौथो तल्लामा रहेको एउटा कोठामा रहेको हाकेन कम्पनिमा, ३० र ३२ वर्षका दुई जना चाईनिजले महिला कर्मचारीलाई टेपले बाँधेर लगभग २० मिलियन येन नगद चोरेर भागेका थिए।

हैट : मसला दलेर ७८ लाख येन लु'टपाटको प्रयास, ४ जना भारतीय र नेपाली प'क्राउ ! 🥹

जापानको साईतामा प्रिफेक्चरमा एक व्यक्तिलाई मसला दलेर करिब ७८ लाख येन लु'टपाट गर्ने प्रयास गरेको आरोपमा चार जना भारतीय र नेपाली नागरिकलाई प'क्राउ गरिएको छ। साईतामा प्रिफेक्चरको प्रहरीले जुन ९ मा ३१ वर्षीय भारतीय नागरिक शर्मा अमनसहित ४ जनालाई डकैती तथा चोटपटक पुर्याएको आशंकामा प'क्राउ गरेको घोषणा गरेको हो। प्रहरीले उनीहरूको स्वीकारोक्तिबारे खुलाएको छैन।

पक्राउ परेकाहरूले मार्च १४ को दिउँसो ३ः२० बजे साईतामाको योशिकावा शहरको सडकमा हिँडिरहेका एक ५२ वर्षीय हाकेन कम्पनीका अध्यक्षको अनुहारमा मसलाजस्तो पदार्थ दलेर आँखामा चोट पुर्याएको र करिब ७८ लाख येन नगद भएको झोला लुट्ने प्रयास गरेको आरोप छ। अमन अक्टोबर २०२४ देखि सोही हाकेन कम्पनीमा काम गरिरहेको बताइएको छ ।

घटना भएको दिन पीडित योशिकावा शहरमा रहेको आफ्नो कम्पनीका कर्मचारीहरूलाई तलब दिन जाँदै थिए।

08/06/2025

जापानमा १८ वर्ष मुनिका व्यक्तिलाई सामान्यतया बच्चा (子ども) मानिन्छ। यो उमेर सीमा विभिन्न कानून र नियमहरूमा प्रयोग गरिन्छ, जस्तै बाल कल्याण ऐन (Child Welfare Act)

यद्यपि, केही विशेष अवस्थाहरूमा यो उमेर फरक हुन सक्छ:
* बाल भत्ता (Child Allowance): बाल भत्ताका लागि बच्चाहरूको उमेर १५ वर्ष (जुनियर हाई स्कूल पूरा नभएसम्म) सम्म तोकिएको हुन्छ, र केही अवस्थामा १८ वर्ष (हाई स्कूल पूरा नभएसम्म) सम्म पनि दिन सकिन्छ।

* सार्वजनिक यातायात (Public Transportation): ट्रेन वा बसको टिकटको लागि, सामान्यतया १२ वर्ष मुनिकालाई बच्चा मानिन्छ, तर मार्च ३१ सम्म जुन वर्षमा उनीहरू १२ वर्ष पुग्छन् वा प्राथमिक विद्यालयमा हुँदासम्म उनीहरूलाई बच्चाको रूपमा टिकट किन्न सकिन्छ।

* कानुनी वयस्कता (Legal Adulthood): पहिले जापानमा २० वर्षलाई वयस्क मानिन्थ्यो, तर अप्रिल १, २०२२ देखि यो उमेर १८ वर्षमा झारिएको छ। यसको अर्थ १८ वर्ष पुगेपछि व्यक्तिले अभिभावकको सहमति बिना नै ऋण लिन, क्रेडिट कार्ड बनाउन र मोबाइल फोनको लागि साइन अप गर्न सक्छन्।

त्यसैले, "बच्चा" को परिभाषा कुन सन्दर्भमा प्रयोग भइरहेको छ भन्नेमा निर्भर गर्दछ। तर, धेरैजसो कानुनी प्रयोजनका लागि १८ वर्ष लाई आधार मानिन्छ।

※आफुलाई जान्न मन लागेको कुरा सोधीखोजी गरेर थाहा पाएर तपाईँहरुको लागी पनि उपयोगी हुन्छ कि भनेर सेयर गरेको।

08/06/2025

अब हुन लागेको NRNA Japan को चुनाबमा राम्रो मान्छे हो भनेर कसरी चिन्ने ?
केहि तरिका छ?
१००० येनको स्लिप बाढ्ने मान्छे पर्लै राम्रा अनि हाम्रा हुन र ??

住所

Chiba-shi, Chiba
262-0033

ウェブサイト

アラート

LokenBnがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する