
21/08/2025
संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट आज (बिहीबार) पारित भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
माओवादी केन्द्रसहित तीन दलको फरक मतकाबीच शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको हो । माओवादी केन्द्र का सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।
बिहीबार पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन् ।