XUTO BOOK

XUTO BOOK true crime, nepali true crime, murder case, mystery, xuto book, nepali crime story, emotional Crime

तर त्यहाँबाट उनीहरू दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थाले। घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं भनेर डेरा...
25/07/2025

तर त्यहाँबाट उनीहरू दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थाले। घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं भनेर डेरामा बसेका थिए।

बुबाले नेपालकै कुनै होटलमा काम गरिरहेको भन्ने जानकारी उनीहरूले दिएका थिए।

दिदीबहिनी मृत फेला परेपछि एक जना आफन्त प्रहरीको सम्पर्कमा आएकी छन्। बुबा पनि भारतबाट नेपाल आउँदैछन्।

प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको पनि भेटिएको छ।

उनीहरूले टिकटकमा डोरीसमेत देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन।

प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ

भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ

बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टीटारमा दिदीबहिनी मृत फेला परेका थिए।

दुई तले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

१७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका हुन्। दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। 'मुम्बईमा बसेको उनीहरू कम्प्युटर सिक्दै रहेछन्। तर एक साँझ उनीहरू घर फर्किएनन्, सम्पर्कविहनीन रहे।' उनीहरू करिब १५/२० दिनअघि मुम्बईबाट भागेका थिए।

परिवारले प्रहरीलाई यसबारे जानकारी गराएपछि अन्तिम लोकेशन भारतको गोरखपुर देखिएको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए। छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताएकी छन्। उनले भनेकी छन्, 'घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन्। कम्प्युटर कक्षाबाट घर आउँने समय ७ बजे हो। सात बज्येसम्म हेऱ्या। घर नआएपछि फोन गरेँ। तर, लागेन्। कक्षामा भएको बेला फोन नलागेको होला भनेर भ्वाइस म्यासेज छोड़ें। नानीहरू घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर।'

त्यसपछि उनीहरूले पनि भ्वाइस म्यासेज पठाउँदै भनेका थिए, 'हामी यहाँ छैनौँ। ब्यङ्‌लोर गयौँ। हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ। त्यसभन्दा अगाडी भेट्न सक्दैनौँ'

त्यो म्यासेज कान्छी सिर्जनाले गरेकी थिइन्।

#followersreelsfypシ゚viralシfypシ゚viralシalシ

भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छबिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन...

विवाहेत्तर सम्बन्ध र पैसाको विवादले विमलेशको हत्या५ साउन, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षी...
21/07/2025

विवाहेत्तर सम्बन्ध र पैसाको विवादले विमलेशको हत्या
५ साउन, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

शनिबार राति ९ बजेर ५५ मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।

केहीबेरपछि प्रहरीहरु आएर घाइते यादवको बयान लिन्छन् । प्रहरीलाई बयान दिइसकेपछि यादव आफैं हिँडेर एम्बुलेन्स चढेको सिसिटीभी क्यामेरामा प्रष्ट देखिन्छ । आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।

यो घटनामा संलग्न भएको भन्दै धनुषा प्रहरीले महोत्तरीकै बलवा नगरपालिकाकी अन्दाजी २४ वर्षीया युवती जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी जुली झालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा जुलीमाथि नै अनुसन्धान केन्द्रित छ । ‘योजनाबद्ध तरिकाले नै हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ प्रहरी स्रोतले भन्यो ।

विमलेश र जुलीबीच भेटघाट/कुराकानी नगर्ने सहमति भएको थियो

विमलेश दुई सन्तानका बुवा हुन् । तर उनी र जुलीबीच ३ वर्षभन्दा अघिदेखि निकट सम्बन्ध थियो । उनीहरुको सम्बन्धबारे दुवै परिवारका सदस्य जानकार रहेको एक आफन्तले बताए ।

ती आफन्तले भने, ‘दुई वर्षअघि उनीहरुबीच मोबाइल फोनमा कुराकानी हुने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी पर्‍यो । त्यसपछि दुवै पक्षले आ–आफ्ना छोराछोरीको मोबाइल नम्बर परिवर्तन गर्ने र कुराकानी नगर्ने लिखित सहमति पनि भएको थियो ।’

विमलेश वैदेशिक रोजगारीका लागि विदेश गए तर उनीहरुबीच कुराकानी जारी रह्यो । विमलेशले कमाएको केही रकम पनि जुलीलाई पठाउने गरेको ती आफन्त सुनाउँछन् । उनी भन्छन्, ‘विमलेश दुईपटक वैदेशिक रोजगारीमा जाँदा कमाएको रकम जुलीलाई पठाएको करिब २७ लाखको भौचर सुरक्षित छ ।’

विमलेशले विदेशबाट पठाउँथे रकम, त्यसैमा भयो खटपट

दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । उनीहरुबीच अब भेटघाट कुराकानी नगर्ने भनेर पनि कुरा चलेको थियो । जुली आफैंले छुट्टिने कुरा गरेकी थिइन् । तर यस विषयमा उनीहरुबीच खटपट भयो ।

‘जुलीले छुट्टिने कुरा गर्दा विमलेशले मैले तिम्रो लागि खर्च गरेको र विदेशबाट पठाएको रकम फिर्ता गर्न भने । यस विषयलाई लिएर उनीहरुबीच खटपट पनि भयो,’ पारिवारिक स्रोतले भन्यो ।

जुली र आफन्तसँग गरिएको सोधपुछ, घटनास्थलबाट प्राप्त प्रमाणसमेतका आधारमा जुलीमै केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ ।

विमलेशका आफन्तहरुले भने होटलको सिसिटीभी १७ सेकेण्ड बन्द भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।
#followersreelsfypシ゚viralシfypシ゚viralシalシ

21/07/2025

ताजा जानकारी अनुसार, जनकपुरधामको एक होटल गेस्ट हाउसमा शनिबार (सत मास २०८२) बिहान एउटा युवतीले युवक–विमलेश यादवमाथि धारिलो हतियार प्रहार गरेर त्यसपछि पहिलो तलाबाट फालिदिएर हत्या गरेको घटना भएको छ। विहान होटल कर्मचारीले उनलाई गम्भीर रूपमा घाइते अवस्थामा फेला पारेर उपचारका लागि रेफर गरे, तर उनकै मृत्यु भयो। शव पोस्टमार्टमपछि परिवारसामू बुझाइएको छ

住所

Fukuoka-shi, Fukuoka

ウェブサイト

アラート

XUTO BOOKがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する