Japan update

Japan update Japan News. Nepali Voice. Global Updates. We focus on practical updates, daily life support, and community awareness in both Nepali and English.
(6)

Japan Update is an independent digital media platform sharing news, visa updates, job tips, life guides, and essential information for international residents in Japan. Our aim is to inform and assist students, workers, and newcomers living in or moving to Japan. We strictly prohibit hate speech, harassment, and abusive behavior. Anyone violating these standards will be banned to maintain a respectful and safe space for everyone. Follow us on social media for trusted and timely updates.

13/06/2026

गम्भीर अवस्थाबाट विस्तारै स्वास्थ्य लाभतर्फ, विष्णु कुँवरका लागि आवश्यक छ सबैको साथ !

बागलुङ जिल्ला, बडिगाड गाउँपालिका–१०, निगालपानी निवासी विष्णु कुँवर हाल जापानको एक अस्पतालमा गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्छ। चिकित्सकहरूको निगरानीमा उहाँको निरन्तर उपचार भइरहेको छ भने आवश्यक परे थप शल्यक्रियासमेत गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ।

यसबीच, विष्णु कुँवरको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको जानकारी प्राप्त भएको छ। चिकित्सकीय निगरानीमा उहाँ विस्तारै स्वास्थ्य लाभतर्फ अघि बढिरहनुभएको बताइएको छ। यद्यपि उहाँ पूर्ण रूपमा निको भइसकेको अवस्था भने नरहेकाले उपचार प्रक्रिया अझै जारी रहनेछ।

उपचार खर्च अत्यधिक बढ्दै जाँदा आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो चुनौती थपिएको बताइएको छ। त्यसैले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई परिवार तथा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी सकेको सहयोग गरिदिन अनुरोध गरिएको छ। सहयोग गर्न नसक्नेहरूले यो सन्देशलाई धेरैभन्दा धेरै ठाउँमा सेयर गरेर सहयोगको हात बढाउन सक्नुहुनेछ ।

परिवारका अनुसार पछिल्ला दिनमा देखिएको स्वास्थ्य सुधारले आफन्त, शुभेच्छुक र सहयोगदाताहरूमा नयाँ आशा जगाएको छ। सबैको साथ, सद्भाव र प्रार्थनाले विष्णु कुँवर छिट्टै पूर्ण रूपमा स्वस्थ भएर सामान्य जीवनमा फर्किन सकून् भन्ने अपेक्षा गरिएको छ।

सहयोग गर्न इच्छुक महानुभावहरूले परिवारका सदस्य वा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी सहयोग गर्न सक्नुहुन्छ। बैंक विवरण आवश्यक परे कमेन्ट वा इनबक्समार्फत उपलब्ध गराइनेछ। सहयोग गर्न नसक्नेहरूले कृपया यो सन्देशलाई सेयर गरिदिनुहोस्।

शुभ बिहानी! विघ्नहर्ता भगवान श्री गणेशको पाउमा नमन। भगवानको आशिर्वादले हजुरको आजको दिन सुखद र मङ्गलमय रहोस्, सोचेका सबै ...
13/06/2026

शुभ बिहानी!

विघ्नहर्ता भगवान श्री गणेशको पाउमा नमन। भगवानको आशिर्वादले हजुरको आजको दिन सुखद र मङ्गलमय रहोस्, सोचेका सबै काम पूरा हुन्।

जय श्री गणेश!

तेलपछि हाइड्रोजन बन्न सक्छ विश्वको अर्को ऊर्जा सेतु !अस्ट्रेलिया र जापान अन्तर्राष्ट्रिय हाइड्रोजन अर्थतन्त्र निर्माण गर...
12/06/2026

तेलपछि हाइड्रोजन बन्न सक्छ विश्वको अर्को ऊर्जा सेतु !

अस्ट्रेलिया र जापान अन्तर्राष्ट्रिय हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने प्रयासमा अग्रपंक्तिमा देखिएका छन्। दुवै देशले लामो दूरीसम्म स्वच्छ ऊर्जा ढुवानी गर्ने नयाँ उपायको खोजी गर्दै भविष्यको ऊर्जा प्रणालीलाई थप दिगो बनाउने लक्ष्य राखेका छन्।

हाइड्रोजनलाई विशेषगरी प्रत्यक्ष विद्युतीकरण गर्न कठिन क्षेत्रहरूको सम्भावित समाधानका रूपमा हेरिएको छ। भारी उद्योग, जल यातायात तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा यसको प्रयोगले कार्बन उत्सर्जन घटाउन मद्दत पुग्न सक्ने विश्वास गरिएको छ।

हरित हाइड्रोजन नवीकरणीय स्रोतबाट उत्पादन गरिएको विद्युत् प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर तयार गरिन्छ। यस प्रक्रियामा न्यून कार्बन उत्सर्जन हुने भएकाले यसलाई स्वच्छ ऊर्जाको महत्वपूर्ण विकल्प मानिन्छ।

नवीकरणीय ऊर्जा स्रोतमा धनी देशहरूले यस माध्यमबाट स्वच्छ ऊर्जा विश्व बजारमा निर्यात गर्न सक्ने सम्भावना पनि देखिएको छ। अस्ट्रेलिया र जापानबीच भएका परीक्षणात्मक हाइड्रोजन ढुवानी परियोजनाले अन्तर्राष्ट्रिय हाइड्रोजन व्यापारका प्राविधिक र व्यवस्थापकीय चुनौतीबारे महत्वपूर्ण अनुभव प्रदान गरेका छन्।

यद्यपि, हाइड्रोजन क्षेत्रले अझै उच्च उत्पादन लागत, आवश्यक पूर्वाधार निर्माण तथा आपूर्ति शृंखलाको दक्षता सुधारजस्ता चुनौती सामना गरिरहेको छ। यसको व्यापक व्यावसायिक प्रयोगका लागि थप लगानी र प्रविधिगत विकास आवश्यक पर्ने विज्ञहरूले बताएका छन्।

अस्ट्रेलिया र जापानबीचको बढ्दो सहकार्यले भविष्यमा ऊर्जा प्रणालीहरू अझ बढी अन्तरसम्बन्धित बन्न सक्ने संकेत दिएको छ। सफल हाइड्रोजन व्यापार सञ्जालले विश्वव्यापी उत्सर्जन घटाउने प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ३० गते शनिवारमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –विद्वान् र गुरुजनको सामीप्य र प्र...
12/06/2026

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ३० गते शनिवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । आज ९५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । राजनैतिक वा प्रशासनिक समस्या हल हुनेछ, करार र सम्झौताबाट लाभ मिल्ने समय हो, नयाँ समझौता गर्नाले भविष्य सुदृढ बनाउन मद्दत पुग्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो÷कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । करियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । भाग्यले साथ दिने समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ मिलाउनुभन्दा ‘नाइँ पनि भन्न सक्नुपर्छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख÷सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके÷ताकेका काम पनि सम्पन्न हुने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भानुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

ट्रम्पको ‘नारुटो’ अवतारले फेरि उठायो जापानी सिर्जनाको दुरुपयोगबारे बहस !अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्ज...
12/06/2026

ट्रम्पको ‘नारुटो’ अवतारले फेरि उठायो जापानी सिर्जनाको दुरुपयोगबारे बहस !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लोकप्रिय जापानी एनिमे पात्र "नारुटो" को स्वरूपमा आफूलाई प्रस्तुत गरिएको भिडियो साझा गरेपछि जापानले कपीराइटको उचित सम्मान गर्न अमेरिकी पक्षलाई आग्रह गरेको छ।

टोकियोमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जापानकी आर्थिक सुरक्षा मन्त्री किमी ओनोडा ले कूटनीतिक माध्यमबाट अमेरिकासँग बौद्धिक सम्पत्तिको संरक्षण र कपीराइटको सम्मानबारे आफ्नो धारणा स्पष्ट रूपमा राखिएको बताइन्।

रिपोर्टअनुसार ट्रम्पले जुन ६ मा सार्वजनिक गरेको भिडियोमा उनी नारुटोको परिचित सुन्तला र कालो पोसाकमा देखिन्छन् भने विभिन्न निन्जा शैलीका गतिविधि प्रस्तुत गरिएको छ। उक्त सामग्री आधिकारिक अनुमति बिना राजनीतिक सन्दर्भमा प्रयोग गरिएको हो वा होइन भन्ने विषयले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ।

यो पहिलो पटक भने होइन। सन् २०२५ को सेप्टेम्बरमा पनि अमेरिकी गृह सुरक्षा विभागले आप्रवासन कार्यवाहीसँग सम्बन्धित सामग्रीमा "पोकेमोन" सम्बन्धी दृश्य प्रयोग गरेको भन्दै आलोचना खेपेको थियो।

मन्त्री ओनोडाले सर्जकको इच्छा विपरीत सिर्जनात्मक सामग्री प्रयोग गर्दा सम्बन्धित फ्रेन्चाइजको छवि र प्रतिष्ठामा नकारात्मक असर पर्न सक्ने बताइन्। जापानले आफ्ना सिर्जनात्मक उद्योग र घरेलु कपीराइटको संरक्षणका लागि आवश्यक संवादलाई निरन्तरता दिने उनको भनाइ थियो।

यस घटनाले विश्वव्यापी रूपमा लोकप्रिय जापानी एनिमे तथा मनोरञ्जन सामग्रीको प्रयोग गर्दा बौद्धिक सम्पत्ति अधिकारको सम्मान कति महत्वपूर्ण छ भन्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

समुद्रको बीचमा बन्ने ‘ऊर्जा टापु’ ले युरोपको ऊर्जा भविष्य बदल्न सक्छ !डेनमार्कले नर्थ सी क्षेत्रमा विशाल "ऊर्जा टापु" नि...
12/06/2026

समुद्रको बीचमा बन्ने ‘ऊर्जा टापु’ ले युरोपको ऊर्जा भविष्य बदल्न सक्छ !

डेनमार्कले नर्थ सी क्षेत्रमा विशाल "ऊर्जा टापु" निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। समुद्रको बीचमा बन्ने यो कृत्रिम टापुले वरपरका अपतटीय पवनचक्कीबाट उत्पादन हुने विद्युत् संकलन गरी डेनमार्कसहित युरोपका विभिन्न देशमा वितरण गर्ने लक्ष्य राखेको छ।

यो परियोजनालाई नवीकरणीय ऊर्जाको विस्तार र अन्तरदेशीय ऊर्जा सहकार्यको नयाँ मोडेलका रूपमा हेरिएको छ। सयौँ अपतटीय पवन टर्बाइनलाई एकीकृत प्रसारण सञ्जालमार्फत जोडिनेछ भने उत्पादन भएको विद्युत् उच्च क्षमताका समुद्री केबलमार्फत विभिन्न मुलुकसम्म पुर्‍याइनेछ।

पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस परियोजनाबाट लाखौँ घरपरिवारलाई स्वच्छ ऊर्जा आपूर्ति गर्न सकिने अपेक्षा गरिएको छ। साथै, हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनविरुद्धको प्रयासलाई सघाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विद्युत् वितरण मात्र होइन, यो पूर्वाधारले हरित हाइड्रोजन उत्पादनजस्ता नयाँ प्रविधिलाई पनि सहयोग गर्न सक्छ। आवश्यकताभन्दा बढी उत्पादन भएको नवीकरणीय ऊर्जा प्रयोग गरी हाइड्रोजन इन्धन उत्पादन गर्न सकिने भएकाले प्रत्यक्ष विद्युतीकरण गर्न कठिन उद्योग क्षेत्रलाई समेत कार्बन उत्सर्जन घटाउन मद्दत पुग्नेछ।

विशेषज्ञहरूका अनुसार नर्थ सी ऊर्जा टापुले भविष्यको ऊर्जा प्रणाली कस्तो हुन सक्छ भन्ने झल्को दिएको छ। यदि यो परियोजना सफल भयो भने, महादेशीय स्तरमा नवीकरणीय ऊर्जा उत्पादन, भण्डारण र साझेदारी गर्ने नयाँ ढाँचाको मार्ग प्रशस्त हुन सक्छ।

वन्यजन्तु संरक्षणमा कोस्टारिकाको उदाहरणीय कदम, खेल र ट्रफी शिकारमा देशव्यापी प्रतिबन्ध ! कोस्टारिकाले खेल तथा ट्रफी शिका...
12/06/2026

वन्यजन्तु संरक्षणमा कोस्टारिकाको उदाहरणीय कदम, खेल र ट्रफी शिकारमा देशव्यापी प्रतिबन्ध !

कोस्टारिकाले खेल तथा ट्रफी शिकारमा देशव्यापी प्रतिबन्ध लागू गर्ने विश्वका प्रारम्भिक राष्ट्रहरूमध्ये एक बनेर वन्यजन्तु संरक्षणमा महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ। यस निर्णयले संरक्षण र दिगो विकासलाई सँगसँगै अघि बढाउन सकिने सन्देश दिएको छ।

कानुनअनुसार केही सीमित अवस्थामा मात्र अपवादको व्यवस्था गरिएको छ। विशेष आदिवासी समुदायको जीविकोपार्जनसँग सम्बन्धित शिकार वा वैज्ञानिक आधारमा आवश्यक ठहरिएका वन्यजन्तुको संख्या व्यवस्थापनका गतिविधिलाई मात्र अनुमति दिइन्छ।

कोस्टारिकाको कुल भूभागको एक चौथाइभन्दा बढी हिस्सा राष्ट्रिय निकुञ्ज, जैविक आरक्ष र अन्य संरक्षित क्षेत्रका रूपमा सुरक्षित गरिएको छ। यी क्षेत्रहरूले विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तुको प्राकृतिक बासस्थान जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणले पर्यटन क्षेत्रलाई समेत बलियो बनाएको छ। समृद्ध जैविक विविधता अवलोकन गर्न हरेक वर्ष लाखौँ पर्यटक कोस्टारिका पुग्ने गर्छन्। प्राकृतिक वातावरण जोगाउँदै पर्यटन प्रवर्द्धन गर्नुले स्थानीय समुदायको आयआर्जन र दिगो आर्थिक विकासमा समेत योगदान पुर्‍याएको बताइन्छ।

शिकार प्रतिबन्धसँगै अवैध चोरी शिकार नियन्त्रण, बासस्थान संरक्षण र जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ। यसले जोखिममा रहेका प्रजातिको संरक्षण तथा स्वस्थ पारिस्थितिक प्रणाली कायम राख्न सहयोग पुर्‍याइरहेको छ।

कोस्टारिकाको अनुभवले वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका विरोधी होइनन् भन्ने देखाएको छ। वन्यजन्तुसँग सहअस्तित्व र जिम्मेवार संरक्षणको यो अभ्यासले विश्वव्यापी रूपमा सकारात्मक बहसलाई प्रेरित गरिरहेको छ।

मध्यपूर्व संकटबीच तेल आपूर्ति सुरक्षित गर्न G7 मा जापानको नेतृत्वदायी भूमिका !मध्यपूर्वमा जारी तनावका बीच जापानले ऊर्जा ...
12/06/2026

मध्यपूर्व संकटबीच तेल आपूर्ति सुरक्षित गर्न G7 मा जापानको नेतृत्वदायी भूमिका !

मध्यपूर्वमा जारी तनावका बीच जापानले ऊर्जा सुरक्षा र आर्थिक सहकार्यलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री सानाए ताकाइचीको युरोप भ्रमणलाई महत्वपूर्ण कूटनीतिक कदमका रूपमा अघि बढाएको छ।

प्रधानमन्त्री ताकाइची शनिबारदेखि सुरु हुने छ दिन लामो युरोप भ्रमणका क्रममा बेलायत र इटालीको भ्रमण गरेपछि फ्रान्सको एभियन ले बेँमा आयोजना हुने तीनदिने जी सेभेन शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराका अनुसार ताकाइचीले मध्यपूर्वको पछिल्लो परिस्थितिप्रति जापानको धारणा र प्रयासबारे जी सेभेन राष्ट्रहरूलाई जानकारी गराउनेछिन्। विशेषगरी अत्यावश्यक खनिज पदार्थको आपूर्ति श्रृंखला सुरक्षित गर्ने तथा विश्वव्यापी ऊर्जा सुरक्षालाई मजबुत बनाउने विषयमा जापानले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अमेरिका र इजरायलको इरानसँगको द्वन्द्वका कारण विश्वको महत्वपूर्ण ऊर्जा मार्ग होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध भएपछि जापानसहित धेरै देशहरूले वैकल्पिक आपूर्ति स्रोतको खोजी गरिरहेका छन्। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गरेको छ।

जापानले आफूलाई मध्यपूर्व संकटको प्रभाव सबैभन्दा बढी महसुस गर्ने एशियाली क्षेत्रको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै कच्चा तेल बजारलाई स्थिर राख्न र विश्वव्यापी ऊर्जा सुरक्षालाई सुदृढ बनाउन जी सेभेनभित्र नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारी गरेको जनाएको छ।

यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टार्मर र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग हुने द्विपक्षीय भेटवार्तामा आर्थिक सुरक्षा, अत्याधुनिक प्रविधि, राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, विज्ञान तथा अन्तरिक्ष सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ।

मध्यपूर्वको अस्थिरता, युक्रेन युद्धको प्रभाव र इन्डो प्यासिफिक क्षेत्रमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच जापानले ऊर्जा आपूर्ति सुरक्षित गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने रणनीति अघि सारेको विश्लेषण गरिएको छ।

जीवनयापनको बढ्दो चुनौतीपछि सडकमा उत्रिए विद्यार्थी !इन्डोनेसियामा आर्थिक दबाब बढिरहेका बेला सरकारी नीतिको विरोध गर्दै वि...
12/06/2026

जीवनयापनको बढ्दो चुनौतीपछि सडकमा उत्रिए विद्यार्थी !

इन्डोनेसियामा आर्थिक दबाब बढिरहेका बेला सरकारी नीतिको विरोध गर्दै विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारी विद्यार्थीहरूले जनजीवनमा असर पार्ने नीतिहरूप्रति असन्तुष्टि जनाउँदै सरकारसँग पुनर्विचारको माग गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बढ्दो आर्थिक चुनौती, जीवनयापन खर्चको भार तथा युवासँग सम्बन्धित नीतिगत विषयमा आफ्नो आवाज उठाएका थिए। केही स्थानमा उनीहरूले शान्तिपूर्ण र्‍याली, नाराबाजी तथा विरोध कार्यक्रमसमेत आयोजना गरेका छन्।

सरकारी पक्षले भने प्रदर्शनकारीहरूको मागलाई अध्ययन गर्दै संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। हालसम्म प्रदर्शनका क्रममा भएका सबै घटनाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।

विश्लेषकहरूका अनुसार आर्थिक दबाब र नीतिगत निर्णयप्रति युवाहरूको बढ्दो चासोका कारण इन्डोनेसियामा विद्यार्थी आन्दोलन पुनः चर्चामा आएको छ। आगामी दिनमा सरकार र विद्यार्थीबीच हुने संवादले परिस्थितिको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

जापानमा नेपाली विद्यार्थीको नयाँ यात्रा, पढाइबाट रोजगारी र भविष्य निर्माणतर्फ !जापानमा विदेशी विद्यार्थीको संख्या बढ्दै ...
12/06/2026

जापानमा नेपाली विद्यार्थीको नयाँ यात्रा, पढाइबाट रोजगारी र भविष्य निर्माणतर्फ !

जापानमा विदेशी विद्यार्थीको संख्या बढ्दै जाँदा नेपाली विद्यार्थीहरूको यात्रा पनि नयाँ मोडमा पुगेको छ। धेरै नेपाली युवाले जापानलाई केवल अध्ययन गन्तव्यको रूपमा होइन, रोजगारी र दीर्घकालीन भविष्य निर्माणको अवसरका रूपमा हेर्न थालेका छन्।

सन् २०२४ मा नेपालबाट जापान आएका २२ वर्षीय दिपु तामाङ त्यही परिवर्तनको एक उदाहरण हुन्। उनी मार्चमा टोकियोस्थित शिन्जुकु हेइवा जापानी भाषा विद्यालयबाट अध्ययन पूरा गरेपछि हाल अन्तर्राष्ट्रिय व्यवसाय विषयमा एक व्यावसायिक शिक्षालयमा अध्ययन गरिरहेका छन्।

अध्ययनसँगै दिपुले आफ्नो दैनिक खर्च व्यवस्थापन गर्न सुविधा स्टोरमा कर्मचारी र होटलमा हाउसकिपिङको काम पनि गरिरहेका छन्। पढाइ र कामलाई सन्तुलनमा राख्दै उनी जापानमा आफ्नो भविष्य निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेका छन्।

"सुरुमा मलाई जापानी पप संस्कृतिप्रति चासो थियो। त्यसपछि भाषा सिक्ने इच्छा जाग्यो। अहिले भने म आफ्नो भविष्य यहीँ बनाउन सक्छु भन्ने महसुस गर्न थालेको छु," दिपुले भनेका छन्।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। अध्ययन, जापानी भाषा सीप, पार्टटाइम रोजगारी र स्नातकपछिको करिअर अवसरले धेरै नेपाली युवालाई आकर्षित गरिरहेको छ।

यद्यपि भाषा, आर्थिक व्यवस्थापन, सांस्कृतिक भिन्नता र शैक्षिक दबाबजस्ता चुनौतीहरू पनि उत्तिकै छन्। त्यसैले जापान आउने तयारी गरिरहेका विद्यार्थीहरूले यथार्थपरक योजना र आधिकारिक जानकारीका आधारमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याइन्छ।

विदेश अध्ययनको परम्परागत अवधारणाभन्दा फरक, जापान अब धेरै नेपाली युवाका लागि ‘पढ्ने देश’ मात्र नभई सीप, अनुभव र भविष्य निर्माण गर्ने अवसरको गन्तव्य बन्दै गएको देखिन्छ।

住所

Itabashi, Tokyo

電話番号

+6289528689208

ウェブサイト

アラート

Japan updateがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する