Sajha Wave

Sajha Wave Welcome to Sajha Wave. the voice of your time.
(1)

13/03/2026

सिंहदवारदेखि देशै ज***लाएर खरानि पार्नेेहरु पनि हामी नयाँ हौं, हामि बनाउँछौं देश भन्दैछन् –प्रचण्ड

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रव...
13/03/2026

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवद्र्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद् (ईईपिसी)बीच यस्तो सहमति भएको हो।

सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। यसका साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।

सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर मात्र किन्न पाइने, कति पर्छ मूल्य ? अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात...
13/03/2026

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर मात्र किन्न पाइने, कति पर्छ मूल्य ?

अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ । नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको हो ।

भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७.१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो ।

बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय समितिले बिहीबार नै सबै सदस्यहरूलाई जानकारी गराएको समितिका एक सदस्यले जानकारी दिए ।

आधिकारिक रूपमा नियमले यो निर्णय सार्वजनिक गरिसकेको छैन । भारतबाट माग अनुसार नै खाना पकाउने ग्यास आयात भइरहेको छ । तर पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले यस्तो निर्णय गर्नुपरेको हो । अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ भने आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार फागुन २६ सम्ममा भारतबाट साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । गत फेब्रुअरी (माघ १ देखि फागुन २८ सम्म) महिनामा नेपालमा ५० हजार ३ सय मेट्रिक टन खपत भएको आधारमा यो मार्च महिना (फागुन १ देखि चैत १७ सम्म) लाई ५२ हजार मेट्रिक टनको कोटा तोकेर उक्त परिमाणमा ग्यास उपलब्ध गराइदिन इण्डियन आयल कर्पोरेशनलाई जानकारी गराइएको निगमले जनाएको छ ।

आधी तौलको सिलिण्डरको बाजारीकरण यो पहिलो पटक भने होइन, यसअघि नाकाबन्दीको समयमा पनि सरकारले आधी तौलको सिलिण्डरको बाजारीकरण गराएको थियो ।

13/03/2026

निर्वाचन अघि यस्तो थियो महेश बस्नेतको भनाई, अहिले उहाँको अवस्था के छ होला ।। कमेन्टमा लेख्नुहोस् ।।

विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनसम्...
13/03/2026

विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनसम्बन्धी वर्तमान व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ। पार्टीको विधानमा रहेको प्रावधान व्यवहारिक नभएको निष्कर्षपछि त्यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्न पार्टीले विधान संशोधन गर्ने तयारी गरेको हो।

पार्टीका नेताहरूका अनुसार सबै साधारण सदस्यलाई मताधिकार दिएर संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा लागू गर्न कठिन हुने देखिएकाले नयाँ प्रक्रिया तय गर्ने तयारी गरिएको हो।

इनिशा बिकको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग ...
13/03/2026

इनिशा बिकको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

चैत ९ गतेदेखि आईपीओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स लिमिटेडसोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि चैत ९ गतेद...
13/03/2026

चैत ९ गतेदेखि आईपीओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स लिमिटेड

सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आगामी चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएको कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

त्यस्तै, ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र ४ प्रतिशत सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन चैत १२ गते बन्द हुनेछ। मागअनुसार आवेदन नपरेमा चैत २३ गतेसम्म लम्बिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८।११ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ११।३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३।६३ प्रतिशत रहेको छ।

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियोस्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विस...
13/03/2026

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो

स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए । उनले भने, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।”

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

13/03/2026

ज्ञानेन्द्र शाहीले भने_ बालेन र रविलाई भरपुर सहयोग गर्न तयार छौं, तर यि सर्तहरु मान्नुपर्ने ।।

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विव...
13/03/2026

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।

पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए। निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आयोगमा खर्च विवरण बुझाउनुपर्छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी मह...
13/03/2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ । बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

Address

Bagmati Zone
Godawari
44710

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Wave posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share