Sajha Wave

Sajha Wave Welcome to Sajha Wave. the voice of your time.

22/12/2025

दुर्गा प्रसाईले रवि लामिछानेका समर्थकलाई भने – तिमिहरुको बुद्धि कहिलै न आउने भयो ।।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ खुल्यो रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले स...
22/12/2025

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ खुल्यो

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा नेपाली कांग्रेसका महामन्त्र...
22/12/2025

गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् कालो दिनु को संज्ञा दिएका हुन्।

भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता -जेनजी-सडकमा उत्रिँदा भएको उक्त घटनामा धेरै नौजवानले ज्यान गुमाउनु परेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे। सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक भएको तर्क गर्दै महामन्त्री थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हुने जिकिर गरे।

‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ, म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने। ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले यसबाट उम्किन नमिल्ने बताए।

थापाले उक्त घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी समेत गरे। घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ ।’

प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छ...
22/12/2025

प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने उनले बताए ।

प्रधानमन्त्रीको सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धमा राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल हुन लागेको जनाएको छ ।सो छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने सचिवालयले जनाएको छ । छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।

21/12/2025

बारम्बार हर्क साम्पाङलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि अस्वीकार गरेका प्रमाण देखाउँदै सुदन गुरुङ_के यो सत्य होला त? Comment ma lekhnuhosh

21/12/2025

जेन्जी युवा प्रवेश दाहाल भन्छन् _प्रदेश खारेजीको माग जनताको हो । यो भनाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस

आज १९.९२ अंक घट्यो सेयर बजार, कति भयो कारोबार ?   सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइ...
21/12/2025

आज १९.९२ अंक घट्यो सेयर बजार, कति भयो कारोबार ?

सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो ।

४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटे ।

बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको १०, नारायणी डेभलपमेन्ट बैंकको ७.५५, अपर स्याङ्गे हाइड्रोपावरको ७.४५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् ।

भोलिबाट देशव्यापी आन्दोलन गर्ने मिराज ढुङ्गाना समूहको घोषणा, रिहा नभएकाले गृहमन्त्रीलाई सम्पर्क गर्नुभन्दै सुदनले सार्वज...
21/12/2025

भोलिबाट देशव्यापी आन्दोलन गर्ने मिराज ढुङ्गाना समूहको घोषणा, रिहा नभएकाले गृहमन्त्रीलाई सम्पर्क गर्नुभन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सो समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

त्यस्तै द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् ।

उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ ।राजपत्रमा समेत प्रकाशित भइसकेको जेनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ । तर, भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।

21/12/2025

दुर्गा प्रसाई भन्छन् _एमाले सक्किसक्यो र केपी ओलीलाई सक्काको नै मैले हो l

सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउन प्रधानमन्त्री कार्कीको प्रस्ताव  प्रधानमन्त्री सुशीला कार्कीले आफ...
21/12/2025

सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउन प्रधानमन्त्री कार्कीको प्रस्ताव

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । सरकारी कार्यालयहरुमा हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा उनको छ ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर, हामी नेपालीहरुसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरुमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?

परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित थिए । उक्त वेशभूषाको प्रधानमन्त्री कार्कीले प्रशंसा गरेकी थिइन् ।संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने धारणा पनि उनले राखिन् ।

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ । परिषद्का महासचिव राजु गुरुङले निम्तोपत्र बाचन गरेका थिए ।

बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन,पूर्व–पश्चिम राजमार्ग अवरुद्धबंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्...
21/12/2025

बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन,पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।

住所

Bagmati Zone
Kyoto-shi, Kyoto
44710

ウェブサイト

アラート

Sajha Waveがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Sajha Waveにメッセージを送信:

共有する