Keharshing

Keharshing Keharshing, デジタルクリエイター, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

04/04/2026

जापानमा कुक मजदुरमाथि चर्को शोषण! १४ घण्टा काम, न्यून तलबको गम्भीर आ'रोप

देबेन्द्र वस्याल, जापान

जापानमा केही रेष्टुरेन्टहरूद्वारा कुकमजदुरहरु माथी चर्को श्रम शोषण गरीएका तथ्यहरु बाहिर आउने गरेका छन । अहिले पनि ति देशका मानिसहरुले खोलेका रेष्टुरेन्टहरुमा दासहरुलाई जस्तै काम गराउने गरीएको छ । हामीलाई थुप्रै नेपाली कुक मजदुरहरुले कतिपयले फोनगरेर कतिपयले भेटेर नै बताउने गर्नुभएको छ कि ति कुनै पनि रेष्टुरेन्टहरुले जापान सरकारले तोकेको तलव दिने र कामगर्ने समय सिमाको पालना गर्ने गरेका छैनन् ।

सबै रेष्टुरेन्टहरुमा १२ देखि १३/१४ घण्टा काम गराईन्छ । दिनमा २ घण्टा आराम गर्ने नियम भएपनि कतिपय रेष्टुरेन्टहरुले दिने गरेका छैनन् भने कतिपयले १ घण्टा दिन्छन् । बोनस, लामो छुट्टी, प्लेनटिकटका कुरा त छोडौं सामान्यतया हप्तामा एउटा छुट्टी दिने नियम भएपनि अधिकांश रेष्टुरेन्टहरुले आधा दिन छुट्टी दिने गरेका छन् । जापान सरकारले प्रिफेक्चर अनुसार फरकफरक तलव स्केल तोकेको भए पनि प्राय ती रेष्टुरेन्टहरुले आठ देखि दश/बाह्रमान मात्र हातमा तलव दिने गर्दछन तर जापान सरकारलाई भने २०,२५ मान तलव दिएको भनेर नगरपालिका तथा इमिग्रेशनमा विवरण देखाई दिने गरिएको छ ।

एउटा अनौठो कुरा त के छ भने सरकारले रेष्टुरेन्टका मालिकले कामदारको तलव स्केल कागजमा जति देखाएको हुन्छ त्यसै अनुसार ट्याक्स, स्वास्थ्य बिमा, पेन्सन निर्धारण गरेको हुन्छ भन्नुको मतलब जति धेरै तलव स्केल देखायो त्यसैअनुसार धेरै धेरै ट्याक्स, स्वास्थ्य बिमा र पेन्सन आउने गर्दछ । हातमा ८,१० मान तलव दिने तर कागजमा जापान सरकारलाई अत्याधिक तलव स्केल देखाईदिने गर्दा नै अधिकांश नेपालीहरुले स्वास्थ्य बिमा, पेन्सन र ट्याक्स तिर्न सकिरहेका छैनन् ।

अर्कोतिर नेपालबाट अदक्ष कामदार कतिपयलाई काम दिने, कतिपयलाई काम नदिने आदी आदी शर्तमा ल्याउने त्यो पनि १२/१५ लाखमा । ती अदक्ष व्यक्ति १२/१५ लाख तिरेर जापानमा जुन रेष्टुरेन्टले ल्याएको हो त्यसकोमा काम नपाउने बाहिर काम खोजेर गर्ने शर्तमा थुप्रै नेपालीहरु आउनु भएको छ वा ल्याईएको छ ।

काम आउदैन, भाषा आउँदैन भने उनीहरुलाई कस्ले दिन्छ काम ? अनि सस्तोमा काम गराउने, श्रमशोषण गर्ने, बिचल्लीमा पार्ने काम हाम्रा नेपाली साथीहरुबाटै भईरहेको छ । थुप्रै पार्टीका नेता÷कार्यकर्ताबाट भईरहेको छ । सघं/संस्थाका जिम्मेवार व्यक्तिहरुबाट भईरहेको छ ।

विषेशगरी केही सरोकारवालाहरु बाटै व्यापक मात्रमा श्रमशोषण र भ्रष्टचार भईरहेको छ । यसप्रकारको बिकृति र बिसंगतीलाई रोक्नको लागि समयमै नेपाल सरकार र जापान सरकारलाई अवगत अराउनु पर्छ र यसप्रकारका शोषण, अन्याय अत्याचारका घटनाहरुलाई मिडियाले सरकार समक्ष पुऱ्याउन ठूलो भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।

22/02/2026

住所

Nagoya-shi, Aichi

ウェブサイト

アラート

Keharshingがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する