Ram kumar thapa

Ram kumar thapa केही रहर, केही उमंग, केहि बाध्यता र केही परिस्थिति विचकाे दाैडधुपनै जिन्दगी रहेछ ।

30/08/2026

जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङसम्म नदी आसपासको क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं।

29/08/2026

धेरै कुराहरू थाहा हुन्छन्—
सकिएपछि…!

जस्तै—

घाम ढलेपछि मात्र थाहा हुन्छ,
दिनको उज्यालो कति अमूल्य थियो।
पानी सुकेपछि मात्र थाहा हुन्छ,
तिर्खाको वास्तविक मूल्य के थियो।

साथ छुटेपछि थाहा हुन्छ,
त्यो सामीप्यता कति न्यानो थियो।
हात फुत्किएपछि मात्र थाहा हुन्छ,
त्यो समाइ कति बलियो थियो।

उमेर ढल्किएपछि थाहा हुन्छ,
बाल्यकालको निफिक्री मुस्कान।
शब्दहरू हराएपछि थाहा हुन्छ,
मौनताभित्र कति ठूलो तुफान थियो।

आफ्ना टाढिएपछि थाहा हुन्छ,
‘आफ्नोपन’ कति ठूलो धन रहेछ।
समय बितेपछि थाहा हुन्छ,
बितेका पलहरू नै जीवनका सुन्दर क्षण रहेछन्।

जिन्दगी पनि कस्तो अनौठो पाठशाला हो—
यहाँ पाठ पहिले सिकाइँदैन,
सबै कुरा गुमिसकेपछि मात्र
त्यसको मूल्य सिकाइन्छ।

त्यसैले…
समय छँदै समयलाई माया गरौँ,
मान्छे छँदै मान्छेलाई बुझौँ,
र साथ छँदै साथको कदर गरौँ।
किनकि—
केही चीजको मूल्य
त्यो गुमेपछि मात्र बुझिन्छ,
तर त्यसपछि बुझेर पनि
फर्काउन सकिँदैन। 🥀

28/08/2026

विपत्तिमा सरकारलाई सहयोग गर्ने अनेक तरिका हुन्छन्।

त्यसमध्ये एउटा महत्वपूर्ण तरिका हो—
अनावश्यक भिड नगर्ने, बिनाकारण प्रभावित क्षेत्रमा नजाने र भाइरल फोटो/कन्टेन्टको लोभ नगर्ने।

आज विपद् व्यवस्थापनमा खटिनुभएका एकजना प्रहरीका हाकिमसँग कुरा भयो। उहाँको भनाइ थियो—
“विपद् प्रभावित क्षेत्रमा अनेक पद, नाम र हैसियत देखाउँदै तमासा हेर्न आउनेहरूले हामीलाई झनै हैरान बनाएका छन्।”

महोदयहरू! 🙏
अहिले प्रभावित क्षेत्रमा पुगेर फोटो खिचाउनु, भिडियो बनाउनु वा आफ्नो हैसियत देखाउनु भन्दा त्यहाँ खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र वास्तविक पीडितलाई सहज वातावरण दिनु ठूलो सहयोग हो।

कुनै काम छैन भने फगत घुम्न, आफ्नो पद–प्रतिष्ठा पुष्टि गर्न र तमासा हेर्न कृपया अहिले त्यता नजाऔँ।

लौ न, यसपटक प्रभावित क्षेत्रमा नगएरै सरकारलाई सहयोग गरौँ।
किनकि विपद्को बेला उपस्थिति मात्र होइन, सही ठाउँमा सही सहयोग चाहिन्छ। 🙏🇳🇵

28/08/2026

पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ…

त्यही साल माया फाट्यो,
त्यसलाई पनि मनले टालेँ…

यसपाली त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो? 😭

देश पनि त उस्तै रहेछ—
यसै गरी माथि उठ्न खोजेजस्तो गर्छ,
तर केही न केहीले फेरि पछारिहाल्छ।

कहिले बाढीले बगाउँछ,
कहिले पहिरोले पुराउँछ,
कहिले गरिबीले थिच्छ,
कहिले आफ्नै व्यवस्थाले निराश बनाउँछ।

फाटेको कपडा त सिउन सकिएला,
फाटेको बाटो पनि बनाउन सकिएला,
तर फाटेको मन र टुटेको आशा
कसले सिउने होला? 😭🇳🇵

देश उठोस्…
जनताको आशा नटुटोस्…
अब फेरि पछारिनु नपरोस्। 🙏🇳🇵

27/08/2026

कति स्वार्थी छन् मान्छेहरू!
एउटा कुकुर आफ्नो मालिक खोज्दैछ!
अनि मान्छेहरू लासमा सुनगहना र ग्यास सिलिन्डर खोज्दैछन्।
धिक्कार छ, एउटा कुकुरको जति पनि मानवियता नभएका ती मान्छेहरूको जन्मप्रति!🥺

27/08/2026

जिन्दगीमा धन कमाउन सकिन्छ, तर गुमेको मान्छे फर्काउन सकिँदैन। मृतकको कानबाट सुन निकाल्नु जस्तो अमानवीय कामले हाम्रो समाजको संवेदनशीलता माथि प्रश्न उठाउँछ।
मृतकको शरीरलाई पनि अन्तिमसम्म सम्मान गरौँ।।

26/08/2026

🚨 अत्यन्तै महत्वपूर्ण सूचना | भोटेकोसी–त्रिशूली क्षेत्रमा उच्च जोखिम

चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन। त्यसैले भोटेकोसी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम कायमै रहेको जनाइएको छ।

⚠️ अर्को सूचना जारी नभएसम्म नदी तथा खोलाको किनारबाट टाढा, सुरक्षित र उच्च स्थानमा रहन अनुरोध गरिएको छ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा यात्रुहरूले उच्च सतर्कता अपनाउनुहोस्।

❌ नदी किनारमा नजानुहोस्
❌ पुल, खोल्सा तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्नुहोस्
❌ हल्लाको भरमा जोखिमपूर्ण यात्रा नगर्नुहोस्
✅ स्थानीय प्रशासन, प्रहरी तथा आधिकारिक सूचनालाई मात्र आधार मान्नुहोस्
✅ सम्भव भए सुरक्षित उच्च स्थानतर्फ सर्नुहोस्

📢 एक सेकेन्डको लापरबाहीले ठूलो क्षति हुन सक्छ। सूचना पाएपछि अरूलाई पनि जानकारी गराऔँ।

🙏 सबै सुरक्षित रहौँ।

सम्बन्धित सुरक्षा निकायका सूचना

26/08/2026

हतास र आत्तिने तस्बिर–भिडियो हालेर डर र निराशा फैलाउनुभन्दा पनि अहिले मानव उद्धार कसरी गर्न सकिन्छ, कसैको ज्यान कसरी बचाउन सकिन्छ भन्ने कुरातर्फ लागौँ।

बाढीपहिरोको यो कठिन समयमा एकअर्कालाई सहयोग गरौँ, आवश्यक जानकारी मात्र साझा गरौँ र उद्धार तथा राहत कार्यमा सकेको योगदान गरौँ। 🙏🇳🇵

मानिसको ज्यानभन्दा ठूलो केही छैन।

26/08/2026

🚨 आपत्कालीन सम्पर्क नम्बरहरू

* सशस्त्र प्रहरी बल (APF): १११४
* नेपाल प्रहरी: १००
* एम्बुलेन्स: १०२
* राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC): १२३४

रसुवा

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५११६४४२२
* रसुवा प्रहरी: ९८५१२५४९६०

नुवाकोट

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५१२४८७७७
* नुवाकोट प्रहरी: ९८५१२८२३८०

धादिङ

* प्रमुख जिल्ला अधिकारी: ९८५१२४७७७७
* धादिङ प्रहरी: ९८५१२२९८६०

चितवन

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५५०८८८९१
* चितवन प्रहरी: ९८५५०१३९९९

🙏 आपत्कालीन अवस्थामा आवश्यक परेमा यी नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहोस्।

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

住所

Nagoya-shi, Aichi
454-0947

電話番号

08064983787

ウェブサイト

アラート

Ram kumar thapaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ram kumar thapaにメッセージを送信:

ショートカット

共有する