Shyam Rana Magar

Shyam Rana Magar तथ्यपरक = सन्तुलित 🇳🇵🇯🇵

06/05/2026

संसारको जुनसुकै कुनामा पनि आम मान्छेको जिन्दगी किन उस्तै उस्तै!

काठमाडौँमा सरकारले घर भत्काइदिन लागेपछि विक्षिप्त बनेर हिँडेका बृद्ध व्यक्ति मृत फेला परेको खबर पढेर तपाईंहरूले के महसुस...
01/05/2026

काठमाडौँमा सरकारले घर भत्काइदिन लागेपछि विक्षिप्त बनेर हिँडेका बृद्ध व्यक्ति मृत फेला परेको खबर पढेर तपाईंहरूले के महसुस गर्नुभयो? समाचारमा बताइए अनुसार ती व्यक्तिको परिवार बल्खुस्थित सुकुम्बासी बस्तीमा विगत १६/१७ वर्षदेखि बस्दै आएका थिए।

यस्तो दर्दनाक अवस्था सिर्जना हुनु गलत भयो।
सरकारले बस्ती खाली गर्न खोजेको के का लागि! नागरिककै लागि हो भने पहिले ओतको व्यवस्था हुनुपर्थ्यो। घर त उजाडियो उजाडियो। अनाहकमै नागरिकको ज्यान गुमाउने अवस्थामा आउनु भनेको सरकार झनै उत्तरदायी बन्नुपर्ने संकेत देखिएको हो।

एक सचेत नागरिकको हैसियतले यति त भन्न सक्नुपर्छ - हामी जहाँ छौ। केही न केहीको परिबन्धले बाँधिएका छौँ। कहिले मानप्रतिष्ठा कमाउने होडमा लाग्यौँ होला। कहिले धनदौलत कमाउने होडमा पनि दौडियौ। हाम्रो मूल ध्येय भनेकै अघिल्तिर आउने बाध्यताहरू पन्छाउँदै उन्नत जिवनस्तर जिउने त हो। रहरैले त दिवंगत ६१ वर्षिय ईन्द्रबहादुर राईलाई पनि त्यो दुखी ठाउँमा बस्ने मन थिएन होला!
बिडम्बना न उनको रहर रह्यो, न रहे उनी। तर बाँचिरहने छन् एक दुखी बाबुको रूपमा - जसले आफ्नै बचेराको लागि ओत लाग्ने छानो जोगाउन नसकेर प्राण त्यागेको थियो।

पत्रकार साथीहरू हद नगर्नू!अभिनेत्री, कार्यक्रम उद्धोषिका हुँदै अहिले संसदमा पुगेकी रास्वपा नेत्री रिमा विश्कर्मालाई पार्...
29/04/2026

पत्रकार साथीहरू हद नगर्नू!
अभिनेत्री, कार्यक्रम उद्धोषिका हुँदै अहिले संसदमा पुगेकी रास्वपा नेत्री रिमा विश्कर्मालाई पार्टीको संसदीय दलको बैठकबाट बाहिरिदै गर्दा पत्रकार साथीहरूले सोधेको रिल फिडमा आयो। हेरेँ। पत्रकारहरूको बुम माइक देख्नासाथ रिमाले फोनमा व्यस्त भएको भान दिइन परैबाट। तर पत्रकारहरूले के छोड्थे।
एक जना पत्रकारले सोधि हाले - "माननीय ज्यू, म पनि स्याङ्जाकै हुँ। बालेन र रवि लामिछानेलाई स्याङ्जामा कहिले लैजाने?"
यो प्रश्नले रिमालाई रोक्यो। रोकिएर प्रश्नकर्तालाई मर्यादीत हुन अनुरोध गरिन्। रिमाले भनेको देख्न सकिन्छ - "तपाईँ राजनीतिक पत्रकार हेर्नुस् । पत्रकारिताको मर्यादा हुन्छ । म पनि पत्रकारिताको विद्यार्थी हो । देशमा यति सिरियस मुद्दाहरू छन् । तपाईँ हरेक पटक त्यसमै अड्केर बसिरहनुभएको छ । रियिल समस्याको कुरा गर्नुस् न ।"
चुनावी प्रचारप्रसारको क्रममा रिमाले रास्वपाले चुनाव जिते पार्टी सभापति रवि र प्रधानमन्त्री बालेन शाहलाई निर्वाचन क्षेत्र स्याङ्जा लैजाने बचन दिएकी थिइन्। चुनाव सकिएको दुई महिना चानचुन बितिसक्दा पनि बालेन र रवि स्याङ्जा जाने सुरसार छैन। देशका सिरियस मुद्दामा केन्द्रित हुन सुझाउँदै रिमा पत्रकारहरूको भिडबाट अलप भइन्।
अहिले रिमालाई बोली फासो भएको छैन त! पत्रकारहरूले सोधी हाल्छन् ‍‍- "प्रधानमन्त्री बालेन र पार्टी सभापति रविलाई स्याङ्जा कहिले लैजाने?"😊
पत्रकार साथीहरू हद नगर्नू😊

गृहमन्त्रीको राजीनामा यहाँहरूलाई के लाग्छ? पार्टीगत दबाब या आम नागरिकको दबाब?
22/04/2026

गृहमन्त्रीको राजीनामा
यहाँहरूलाई के लाग्छ?
पार्टीगत दबाब या आम नागरिकको दबाब?

21/04/2026

सामाजिक सञ्जालमा बेलाबेला छाइरहने असली बाजेको पेडा पसल जस्तै भयो यो - झोले शब्द पनि। सबैले एकअर्कालाई झोले दिइहाल्छन्। कुन चाहिँ असली झोेले कुन नक्कली छुट्याउनै गाह्रो भयो त।

गृहमन्त्री सुधन गुरुङलाई विचौलियासँग व्यापारिक साझेदारी रहेको खुलासा भएपछि जनमत दुईतर्फ बाँडिएको छ। एकथरी भन्छन् - आरोप ...
20/04/2026

गृहमन्त्री सुधन गुरुङलाई विचौलियासँग व्यापारिक साझेदारी रहेको खुलासा भएपछि जनमत दुईतर्फ बाँडिएको छ। एकथरी भन्छन् - आरोप लाग्दैमा सत्य नहुन पनि सक्छ। अर्काथरी भन्छन् - नैतिकताको आधारमा राजीनामा!

काम गर्न आएका हुन् काम गर्न देउ पनि भनेको देखियो। पढियो। तपाईंलाई के लाग्छ?
गृहमन्त्रीको राजीनामा कि पदमै रहेर काम गरिरहुन्।

हेरौं - राजीनामा माग्ने धेरै हुनुहुन्छ कि काम गर्न देउ भन्ने धेरै!

कान्तिपुरमा पत्रकारहरू मिडिया मालिकबाट अलपत्र परेको समाचार ढिलो गरि पढें।त्यो सूचिमा संस्थापनदेखि जोडिएर काम गर्न पाएको ...
19/04/2026

कान्तिपुरमा पत्रकारहरू मिडिया मालिकबाट अलपत्र परेको समाचार ढिलो गरि पढें।
त्यो सूचिमा संस्थापनदेखि जोडिएर काम गर्न पाएको संस्था उकालोको पछिल्लो अवस्थाबारे पढ्दा खल्लो लाग्यो। अन्य मिडियाको अवस्थाले पनि सन्न बनाएको छ।

उकालोले जुन पवित्र उद्देश्य राखेर थालनी गरेको थियो। यसले अझै अग्लो उकालो चढ्नु पर्छ। पत्रकार भनेकै दलाली हुन्, व्यापारिक घरानासँग मोटो रकम बार्गेनिङ गर्छन् - भन्ने जुन भाष्य बनेको छ। त्यसलाई चिर्न उकालोको यात्रा अझै लामो हुनुपर्छ। यसबारे संस्थापन पक्षले पक्कै गृहकार्य गर्दै होला!

पत्रकार साथीहरूले चाहिँ प्रणव रायबाट प्रश्न गर्ने जनुन कायम राखी राख्नु! संकट मिडियामा आएको हो। पत्रकारितामा होइन।

ठिक ✅? कि बेठिक❌सामाजिक अभियन्ताको छवि बनाएर संसदमा उक्लिएकी सांसद आशिका तामाङ लेख्छिन् - केरा नै केरा उत्पादन हुने देशम...
19/04/2026

ठिक ✅? कि बेठिक❌
सामाजिक अभियन्ताको छवि बनाएर संसदमा उक्लिएकी सांसद आशिका तामाङ लेख्छिन् - केरा नै केरा उत्पादन हुने देशमा केराको मूल्य ३५०!
खासमा अहिले उनी आबद्ध पार्टीको सरकार छ। महङ्गी नियमन/नियन्त्रण दुवै गर्ने निकायमा उनकै पार्टीको सरकार छ।
सामाजिक सञ्जालमा प्रश्न गर्ने कि! संसदमा जनसाधरणको
मर्का बोल्ने होला?
खुलेर कमेन्टमा विचार लेख्नुहोला⚡️
#अशिकातामाङ #केराकोमूल्यबृद्धी

उत्तर कोरियाले आफ्नो पूर्वी तट नजिकको समुद्रतर्फ धेरै ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ, दक्षिण कोरिया र जापानले आइतब...
19/04/2026

उत्तर कोरियाले आफ्नो पूर्वी तट नजिकको समुद्रतर्फ धेरै ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ, दक्षिण कोरिया र जापानले आइतबार जानकारी दिएका छन्। यो प्रक्षेपण प्योङयाङले आफ्नो सैन्य क्षमता थप सुदृढ गर्न गरिरहेको लगातार परीक्षणहरूको पछिल्लो घटना हो।

यो घटना यस वर्षको सातौँ ब्यालिस्टिक मिसाइल प्रक्षेपण र अप्रिल महिनाको चौथो प्रक्षेपण हो।

नागोया स्टेशनको इस्ट एक्जिट यस्तो हुँदै : नागोया स्टेशनको पूर्व निकास प्लाजाको नवीनतम डिजाइन सार्वजनिक भएको छ। रेलवे च्य...
17/04/2026

नागोया स्टेशनको इस्ट एक्जिट यस्तो हुँदै : नागोया स्टेशनको पूर्व निकास प्लाजाको नवीनतम डिजाइन सार्वजनिक भएको छ। रेलवे च्यानल लिनियर चुओ शिन्कान्सेन (म्याग्लेव) युगको आगमनलाई ध्यानमा राख्दै नागोयाको मुख्य प्रवेशद्वार ठूलो रूपान्तरणको चरणमा छ।

अप्रिल २०२६ मा नागोया सहरले नागोया स्टेशनको पूर्वतर्फ (साकुरादोरी निकास) अगाडिको प्लाजाको नवीनतम डिजाइन योजना घोषणा गर्‍यो। यस योजनाको मुख्य विशेषता भनेको प्लाजालाई विस्तार गरेर पूर्व प्रतीक रहेको स्थललाई समेत समेट्नु हो।

जापानको दुखान्त😥 : देश समृद्ध छ। तर मान्छेहरू आफ्नो छैनन्। सन् 2025 मा ७६ हजार ९४१ जनाले एक्लो मृत्यु वर्ण गरेका छन् जाप...
17/04/2026

जापानको दुखान्त😥 : देश समृद्ध छ। तर मान्छेहरू आफ्नो छैनन्। सन् 2025 मा ७६ हजार ९४१ जनाले एक्लो मृत्यु वर्ण गरेका छन् जापानमा। नेशनल पुलिस एजेन्शीले सार्वजनिक गरेको डाटा अनुसार यस्तो तथ्यांक बाहिरिएको हो।
सार्वजनिक गरिएको डाटा अनुसार गत वर्ष प्रहरीले व्यवस्थापन गरेको २ लाख ६५ हजार ६२ शवमध्येको एक तिहाई हिस्सा एकल मृत्यु वरण गर्नेको छ।

住所

Tokyo
Nerima-ku, Tokyo
179-0071

ウェブサイト

アラート

Shyam Rana Magarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Shyam Rana Magarにメッセージを送信:

共有する