
26/07/2025
Inspirational: पोखराकी ३६ वर्षीय बिन्जुल श्रेष्ठले २०६१ सालमा S.L.C दिएपछि ३ वर्षे नर्सिङको पढाइ सकिन् र एक वर्ष अस्पतालमा काम गरिन् जहाँ सोचे अनुसार नभए पछि फेरि एउटा होटलमा Supervisor को रूपमा काम गर्न थालिन् । लकडाउनले गर्दा काम गर्ने होटल बन्द भएपछि जीवन चलाउन पनि गार्हो हुदै गयो! बिस्तारै उनले सानो बच्चालाई खुवाउने लिटोको Recipe बारे भिडियोहरू बनाएर सामाजिक सञ्जालमा हाल्न थालिन् र बिस्तारै उनलाई धेरै ठाउँबाट अर्डरहरू आउन थालेपछी सोही कामलाई निरन्तरता दिँदै विगत ४ वर्षदेखि १६ जनालाई रोजगारी दिएर लिटो लगायतका विभिन्न परिकारहरु बेच्दै आइरहेकी छिन् । उनी भन्छिन् "सुरुमा के होला भन्ने लाग्थ्यो तर निरन्तर सङ्घर्षपछि आज मैले बनाएको सामान नेपालको धेरै जिल्लाहरूमा पुगेको छ । यही कुराले नै म खुसी छु ।" ❤️
Pic & Story. Suresh Timalsina