27/02/2025
जापानका विदेशी कामदारहरू २३ लाख पुगे
जापानी कम्पनीहरूले आफ्नो श्रम अभावलाई सम्बोधन गर्ने प्रयास गर्दा, देशमा विदेशी कामदारहरूको संख्या बढेर अहिलेसम्मकै धेरै २३ लाख पुगेको छ ।
अक्टोबर २०२४ सम्म, जापानमा विदेशी कामदारहरूको कुल संख्या २३ लाख रहेको तथ्यांकमा उल्लेख छ । यो संख्या अघिल्लो बर्षको तुलनामा करिव १३ प्रतिशत अर्थात् २ लाख ५० हजारले बढि हो । जनवरी २०२५ मा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले घोषणा गरे अनुसार यो संख्या २००८ पछिको सबैभन्दा उच्च बृद्धि हो ।
राष्ट्रियताको आधारमा, भियतनामीहरु जापानमा सबैभन्दा धेरै कामदारहरू छन् । भियतनामीहरु ५७०,००० अर्थात् कुल बिदेशीको करिव २५ प्रतिशत छन् । त्यसपछि चीन र फिलिपिन्समा क्रमशः ४००,००० र २४०,००० छन । बर्षको आधारमा सबैभन्दा ठूलो वृद्धि म्यानमारको ६१ प्रतिशत, इन्डोनेसिया र श्रीलंका ३३ प्रतिशत रहेको छ ।