16/11/2025
दाङका धेरै नागरिकले यसपालिको चुनावमा नयाँ सोच र इमानदार नेतृत्वको आशा गरेका छन्। यही अपेक्षाबीच युवा सामाजिक अभियन्ता र पत्रकार भोजराज थापा अगाडि आएका छन्। जनतासँग जोडिएर काम गर्ने बानी, समस्यालाई नजिकबाट बुझ्ने क्षमता र विकासप्रतिको स्पष्ट दृष्टिले उहाँलाई धेरैले भरोसाको नाम मानिरहेका छन्। दाङलाई अगाडि बढाउन सक्ने जिम्मेवार नेतृत्व यही हो भन्ने विश्वासका कारण अहिले धेरैको नजर भोजराज थापामै केन्द्रित छ।