Nepallinknews.com

Website Contact the business

Nepallinknews.com नेपालीको शान, सत्य-तथ्यको पहिचान ।
(4)

हाचिओजीमा ‘रातो माटो’को नयाँ शाखा, आजदेखि सेवा सुरुटोकियो । जापानको टोकियोस्थित हाचिओजीमा नेपाली स्वाद र आतिथ्यताका लागि...
24/09/2026

हाचिओजीमा ‘रातो माटो’को नयाँ शाखा, आजदेखि सेवा सुरु

टोकियो । जापानको टोकियोस्थित हाचिओजीमा नेपाली स्वाद र आतिथ्यताका लागि परिचित ‘रातो माटो (द क्ले ओभन) बियर गार्डेन रेस्टुरेन्ट एन्ड बार’ले आफ्नो नयाँ शाखा आज, सेप्टेम्बर २४ तारिखदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाको ग्रान्ड ओपनिङको अवसरमा रेस्टुरेन्टले ग्राहक, साथीभाइ, शुभचिन्तक, परिवार तथा जापानमा रहेका नेपाली समुदायलाई सहभागी हुन आमन्त्रण गरेको छ। एभरेष्ट ट्रेड कम्पनी तथा रातो माटोका सीईओ शिवहरि पौडेलले नयाँ शाखाको सुरुवातसँगै सबैको माया, साथ र शुभेच्छाको अपेक्षा गरेका छन्।
व्यवस्थापनका अनुसार ग्राहक तथा शुभचिन्तकबाट प्राप्त माया, विश्वास, सहयोग र सद्भाव नै रातो माटोको यात्राको मुख्य आधार हो। नयाँ शाखामार्फत पनि गुणस्तरीय परिकार, नेपाली स्वाद र आत्मीय आतिथ्यता प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ।

हाचिओजीस्थित रातो माटो द क्ले ओभनमा नेपाली स्वादका परिकारसँगै बियर गार्डेन तथा रेस्टुरेन्ट–बारको सुविधा उपलब्ध हुने बताइएको छ।
आज साँझ ५:३० बजेदेखि ग्रान्ड ओपनिङ पार्टी आयोजना गरिएको छ।
Nepallinknews.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको औपचारिक सुरुवात गर्दै फ्लाई दुबईको विमान बुधबार सा...
24/09/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको औपचारिक सुरुवात गर्दै फ्लाई दुबईको विमान बुधबार साँझ सफल अवतरण गरेको छ ।
१ सय ६६ सिट क्षमता रहेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान सिधै दुबईबाट पोखरा आइपुगेको हो ।
Nepallinknews.com

नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। कसैलाई दोष दिने ठाउँ छैन। २०औँ एसियन गेम्स, टोयोहाशी–नागोया, जापानमा स्वर्ण पद...
22/09/2026

नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। कसैलाई दोष दिने ठाउँ छैन। २०औँ एसियन गेम्स, टोयोहाशी–नागोया, जापानमा स्वर्ण पदकको लक्ष्य पूरा गर्न सकेनौँ र ३ वटा कांस्य पदक जित्ने अवसर पाए पनि हासिल गर्न सकेनौँ। यो हाम्रा लागि एउटा महत्वपूर्ण पाठ हो।

अझै ३ वटा स्पर्धा बाँकी छन्। हामी आशावादी छौँ।

22/09/2026

एमालेको प्रवास संगठन ओएनएफ जापानको अधिवेशनको एक झलक
Nepallinknews.com

जापानको चिवा, कानागावा लगायत विभिन्न क्षेत्रमा भारी वर्षा पछि जलमग्न केही स्थान ।Nepallinknews.com
22/09/2026

जापानको चिवा, कानागावा लगायत विभिन्न क्षेत्रमा भारी वर्षा पछि जलमग्न केही स्थान ।
Nepallinknews.com

प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशन, नेतृत्वको लागि सहमतिको प्रयास जारी @टोकियो
20/09/2026

प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशन, नेतृत्वको लागि सहमतिको प्रयास जारी
@टोकियो

सहयोग जारी Nepallinknews.com
15/09/2026

सहयोग जारी
Nepallinknews.com

15/09/2026

राजु पाण्डेलाई संसद चलीरहदा झ्याउ भए पछि ‘ओ ब्रदर झ्याउ लाग्यो चिया खान जाऊ’ !
रास्वपाका नयाँ सांसदलाई संसदको बहस घाड़ो, जनताको बलिदानको अपमान
Nepallinknews.com

टोकियोको तिज कार्यक्रमबाट संकलित ५ लाख १८ हजार येन बाढीपीडितलाई हस्तान्तरण गरिने दिनेश थापा, टोकियो । गलकोट समाज जापान ट...
15/09/2026

टोकियोको तिज कार्यक्रमबाट संकलित ५ लाख १८ हजार येन बाढीपीडितलाई हस्तान्तरण गरिने

दिनेश थापा, टोकियो । गलकोट समाज जापान टोकियोको तिज सांगीतिक उत्सव २०२६ बाट संकलित ५,१८,१११ जापानिज येन रसुवा बाढीपीडितलाई हस्तान्तरण गरिने भएको छ ।
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिले तिज सांगीतिक उत्सवको टिकटबाट संकलित सम्पुर्ण रकम रसुवा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेको हो ।

गलकोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभाध्यक्ष ईश्वर बस्नेतका अनुसार, कार्यक्रममा सहभागी दर्शकबाट सोईच्छा प्रदान गर्नु भएको रकम ३०१११ तथा टिकट खरिदमार्फत ४८८००० गरि संकलित सम्पूर्ण ५,१८,१११ येन रसुवा बाढीपीडितका लागि सहयोग गरिने भएको छ।

देशमा आएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित भएको अवस्थामा संस्थाले विगत लामो समय देखि आयोजना गर्दै आएको तिज विशेष कार्यक्रमलाई यसपटक थप सामाजिक उत्तरदायित्वसँग जोड्दै विपत्तिबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी उक्त रकम सबैभन्दा बढी प्रभावित क्षेत्रमा राहत तथा आवश्यक सहयोगका लागि हस्तान्तरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिए।

संस्थाका लागि तिज केवल सांस्कृतिक उत्सव र मनोरञ्जनको अवसर मात्र नभई दुःखमा परेका नेपालीसँग हातेमालो गर्ने अवसर पनि भएको कार्यक्रम संयोजक गोम बुडाथोकीको भनाइ छ। कार्यक्रमको टिकट खरिद गरेर सहयोग गर्ने प्रत्येक दर्शकको योगदानलाई रसुवा बाढीपीडितको राहतसँग जोडिएको संयोजक बुढाथोकीले बताए।

कार्यक्रममा सहभागी दर्शक, कलाकार, सहयोगदाता तथा शुभेच्छुकहरूको योगदानप्रति आभार व्यक्त गर्दै समाजले “मनोरञ्जनसँगै मानवता र सामाजिक उत्तरदायित्व”लाई प्राथमिकतामा राखिएको सचिव चतुर्भुज सापकोटाले बताए।
तिजको अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको उत्सवसँगै मानवीय सेवाको सन्देशसमेत प्रवाह भएको विश्वास लिएको बताउदै रसुवा बाढीपीडितका लागि गरिने उक्त सहयोगले विपत्तिमा परेका परिवारलाई राहत पुग्नुका साथै प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई समेत थप मजबुत बनाउने विश्वास गरिएको सचिव सापकोटाको भनाई छ।

गलकोट समाज जापानले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
Nepallinknews.com

15/09/2026

कर्तब्य पालना सँगै रहर
नेपाल प्रहरीकी महिला कर्मचारी बिदा नमिले पछि ड्यूटीमैं कर्तब्य पालना सँगै रहरहरुलाई पनि पूरा गर्दै
तिजको हार्दिक शुभकामना
Nepallinknews.com

Address

Shinjuku
Shinjuku

Alerts

Be the first to know and let us send you an email when Nepallinknews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepallinknews.com:

Shortcuts

Share