29/12/2022
Dr Toshima Karki
६ बर्ष अघि डा गोविन्द केसीको मागमा समर्थन जनाउन भएको युवाको अभियानमा उहाँ जनताका स्वास्थ समस्या र समाधान बारे स्पस्ट सरकारले गर्नुपर्ने योजना राख्नु हुन्थ्यो जस्ले गर्दा हामी यो कुराको आशाबादी थियौ साच्चै देशमा तोसिमा स्वास्थ मन्त्री हुन्थिन त गरिब जनता पनि उपचार नपाएर मर्नुपर्दैन ,अस्पताल टाढा हुदा सुत्केरी मर्नुपर्दैन , , गरिबका जेहेन्दार बच्चाले पनि निशुल्क डाक्टर पढ्न सक्छन , निम्न बर्गका जनता आफ्नो जीवन भरको कमाईले पनि उपचार गर्न नसक्ने प्रबृती रोकिन्छ, स्वास्थ ब्यबसाय नभई सेवा बन्छ ,
६ वर्ष अन्तरालमा मैले देखेको उहाको गतिबिधी
आफू चिकित्सक भएको हुदा स्वास्थ समन्धी हरेक सेवाका लागि निस्वार्थ रुपमा प्राकितृक प्रकोपले प्रभाबित क्षेत्रमा जस्तै बाढी , पहिरोमा परेका जनतालाई स्वास्थ सेवा दिन पुग्नुहुन्थ्यो , जो कोहि चिनजान होस या नभएको ब्यक्तीलाई स्वास्थ समन्धी कुनै सहयोग चाहिएमा उहाको दक्षता, अब्बलता र सकिन्जेल सम्म जुनै सुकै माध्यम बाट रात, बिहान घाम पानी नभनी सहयोग गर्नु हुन्थ्यो , जसबाट काभ्रेको दुर्गम गाउ जहाँ स्वास्थ सेवाको पहुच गुण्स्तरिय थिएन जहाँ आवस्यक पर्दा स्थानिय दाइ Dr रबिन्द्र तामाङ र Dr Toshima कहाँ आवसयक परामर्सका लागि हामि उहाँहरुलाई सम्पर्क गर्थौ र उहाहरुको भनाई अनुसार आवस्यक कदम अगाडि बढ्थ्यौ , Dr Toshima ले हाम्रो गाउ देख्नुभाछैन तर पनि विभिन्न माध्यम बाट स्वास्थ सेवा समन्धि सहयोग हाम्रो गाउका बासिन्दालाई भने गर्नु भएको छ ।कसैलाई परामर्स होस त कसैलाई उपचार खर्च सहुलिएत प्रदान गरेर ।
उहाको गुणको ऋणि थिए म जस्का कारण फरक पार्टिको कार्यकर्ता रहदारह्दै पनि उहाको चुनाव चिन्ह बोक्दै उहालाई भोट माग्न पछि पर्न सकिन उहाको पार्टीको बिचार तथा भावी कार्यदिशा बारे मलाई केही थाह थिएन तर उहाँ ब्यक्तिगत रुपमा निकै योग्य र सक्षम हुनुहुन्थ्यो , पार्टीको कार्यकर्ता हुन पार्टिको बिचार वा दर्शन बारे जनाकार हुनुपर्थो तर गुन , बिचार र दर्शन भन्दा माथी हुने निस्कर्स्स मेरो थियो 🙏 ।
डा तोसिमा स्वास्थ मन्त्री हुनुभएमा निम्न बर्ग अर्थात गरिब जनताले पनि अनुभुती गर्ने सुधार स्वास्थ क्षेत्रमा हुनेछ र रास्टृय स्वतन्त्र पाटिले पनि देखिने कामको लागि स्वास्थ मन्त्रालय लिनुपर्ने छ भनेर सुझाव दिन मिल्ने सम्मको छु भन्ने लाग्छ किनकि Dr तोसिमा दिदी लाई रातो मत माग्दै हिडिरहदा सेतो मतपत्रमा पनि घण्टीमै भनेर मत पार्टी मागेको छु तेसैले सुझाव दिन लायक छु भन्ने लाग्छ 🙏🙏