Gbk Media

Gbk Media welcome to my Gbk Media page लोकदोहरि गितहरू

सासु बुहारी 25 भाग सिरियल  सबैेले हेर्नुस हैत नयाँ भाग
09/11/2025

सासु बुहारी 25 भाग सिरियल सबैेले हेर्नुस हैत नयाँ भाग

सासु बुहारी - २५ | Sasu Buhari 25 | कथा समाजको | New Nepali Sentimental Serial | Goma,Asmita Sunar•🎬Video Credit: ▶Story writer:- Ganesh Babu Bk▶Director :-...

26/10/2025

कस्तो लाग्छ यो पुरानो गित ゚

कथा पढौ अनि share  गरि सुतौ हैयो कथा  कसैको जिवनमा मेल खाय संयोग मात्र हुनेछ डिभोर्सपछि एक नारी भन्छिन ;"विवाहपछि जीवन र...
25/10/2025

कथा पढौ अनि share गरि सुतौ है

यो कथा कसैको जिवनमा मेल खाय संयोग मात्र हुनेछ
डिभोर्सपछि एक नारी भन्छिन ;

"विवाहपछि जीवन रमाइलो र सुखमय हुनेछ भन्ने सपना देखेकी थिएँ। अन्ततः विवाह भयो। सुरुवातमा सबै कुरा ठीकै थियो, तर समय सधैं एउटै किसिमले बित्दैन रहेछ। विस्तारै स-साना विषयमा विवाद हुन थाल्यो। म आफूलाई सहनशील सम्झन्थें, तर व्यवहार उल्टो हुँदै गयो। छरछिमेक र आफन्तका कुरा सुनेर मैले आफ्नै श्रीमानप्रति अविश्वास गर्न थालें। उहाँले सम्भवतः बुझ्नु भएको थियो, तर कहिलेकाहीँ पुरुषहरूको मौनता 'चुप लाग्नु' भन्ने स्वभाव - मेरो अहंकारलाई थप बढाइरहन्थ्यो।

एक दिन रिसले घर छोडेर माइती गएँ। पछि उहाँ लिन आउनुभयो, तर म त आफन्तको उक्साहटमा गहिरिएर फर्किन इन्कार गरें। त्यसपछि सुरु भयो झूटो आरोपको सिलसिला र अदालतसम्मको यात्रा। अन्ततः हाम्रो सम्बन्ध अन्त्य भयो।

विवाह विच्छेदपछि स्वतन्त्रताको अनुभव त गरें, तर मनभित्र एक किसिमको रिक्तता थियो, जुन कुनै 'स्वतन्त्रताले' पनि भरिन सकेन। आज मेरो पूर्व श्रीमानले पुनः विवाह गरिसक्नुभएको छ। तर मेरो मन भने भन्छ "काश! त्यो पुरानो घर फर्कन पाएको भए, सायद जीवन अर्कै हुन्थ्यो।"

जब म अरू जोडीहरू हात समाई हिँडेको देख्छु, मेरा भित्री अनुभूतिहरू चिच्याउँछन् - "तँले के गुमाइस्, थाहा छ त?" आज म एक्लिएकी छु। ती सल्लाह दिनेहरू पनि हराएका छन्। केवल म मात्र बाँकी छु, पछुतोको भारी बोकेर ।

अब म खुलेर भन्छु - "कृपया, एकछिन मौन रही आफूलाई बुझ्ने प्रयास गर्नुहोस्। सम्बन्धको मूल्य चिन्नुहोस्। अरूका भनाइमा लागेर निर्णय नलिनुहोस्। नत्र, एक दिन तपाईं पनि मझें आफ्नै जीवनप्रति गुनासो गरिरहनु हुनेछ।"

सम्बन्धमा कहिलेकाहीँ विवाद हुनु सामान्य कुरा हो। तर संवादको अभाव भने असामान्य र पीडादायी छुट्टाइ हो। सम्बन्ध जोगाउन 'माफ गर्न सक्नु' ठूलो कुरा होइन, 'सम्झन सक्ने' आँट चाहिन्छ। मसँग त्यो आँट थिएन, र अहिले पनि त्यसकै सजाय भोगिरहेकी छु

25/10/2025

मन छुने शब्द,कथा,भिडियो ,love Story, तथा फोटहरू हेर्नको लागी यो पेज लाई Fllow गर्नुस हैत

25/10/2025

फस्ने र फसाउने दुबै को गल्ती हुन्छ ! फरक यत्तीहो यउटा च्वाटै सकिन्छ यउटा बिस्तारै खिईएदै सकिन्छ ।।

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छ...
25/10/2025

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।

गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।

झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।

बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।

एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।

रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।

म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?

केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।

मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।

पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।

केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।

तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।

पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले "कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो" भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।

बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।

आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।

आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।

उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।

सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।

🌸 दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।।

Cp-सन्तोष कार्की

Address

Bandikot
Busan
22300

Opening Hours

Monday 09:00 - 17:00

Telephone

+9779823420020

Website

Alerts

Be the first to know and let us send you an email when Gbk Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category