Korea News Nepal

Korea News Nepal कोरिया सम्बन्धी जानकारी ( विषेशत: रोजगारी ) को लागी हाम्रो पेजसंग जोडिनुहोला।

17/09/2025
01/09/2025

दुःखद
नेपाल बुटवल घर भई हाल मोक्पोमा कार्यरत मगर थरका एक युवाको सुतेको सुतेइ अवस्थामा दुःखद निधन
श्रोत: बुद्धि गुरुङ - निवर्तमान अध्यक्ष, NRNA दक्षिण कोरिया

कामदारलाई अर्को धक्का, बढ्यो तिर्नपर्ने स्वास्थ बीमा (건강보험) को रकम 😐️🇰🇷दक्षिण कोरियामा आगामी वर्षको स्वास्थ्य बीमा प्रिम...
28/08/2025

कामदारलाई अर्को धक्का, बढ्यो तिर्नपर्ने स्वास्थ बीमा (건강보험) को रकम 😐️🇰🇷
दक्षिण कोरियामा आगामी वर्षको स्वास्थ्य बीमा प्रिमियम दर १.४८ प्रतिशतले वृद्धि हुने भएको छ। यससँगै स्वास्थ्य बीमा शुल्क दर ७.१९ प्रतिशत हुने निर्णय गरिएको छ, जुन ३ वर्षपछि पहिलोपटक बढाइएको हो।
दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले २८ अगस्टमा ‘२०२५ सालको १५औं स्वास्थ्य बीमा नीतिसमिति’ बैठकमा यसबारे निर्णय गरेको हो। यसअघि बीमा शुल्क दर २०२३ र २०२४ मा लगातार दुई वर्ष ७.०९ प्रतिशतमा स्थिर राखिएको थियो। हालसम्म २००० सालपछि २००९, २०१७ र गत दुई वर्ष गरी चारपटक मात्रै शुल्क दर स्थिर गरिएकोमा, लगातार दुई वर्ष स्थिर गरिएको यो पहिलोपटक हो।
हालैका वृद्धिदर हेर्ने हो भने २०२१ मा २.८९ प्रतिशत, २०२२ मा १.८९ प्रतिशत र २०२३ मा १.४९ प्रतिशतले प्रिमियम बढाइएको थियो।
नयाँ निर्णयअनुसार, रोजगारीमा रहेका कर्मचारीको मासिक औसत व्यक्तिगत बीमा शुल्क हालको १,५८,४६४ वोनबाट १,६०,६९९ वोन पुग्नेछ। यसरी प्रत्येक महिनामा करिब २,२३५ वोन थपिनेछ। कर्मचारीको बीमा शुल्क मजदुर र रोजगारदाताले समान रूपमा आधा–आधा तिर्ने व्यवस्था छ।

सियोल, दक्षिण कोरिया - दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायले सामना गर्दै आएका स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न...
21/08/2025

सियोल, दक्षिण कोरिया - दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायले सामना गर्दै आएका स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न गण्डकी प्रदेश समाज कोरियाले एक महत्वपूर्ण स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ। समस्या र समाधान दक्षिण कोरियामा बसोबास गर्ने धेरै नेपालीहरूले भाषा समस्याका कारण आफ्ना स्वास्थ्य समस्याहरू व्यक्त गर्न सक्दैनन्। यसका साथै सांस्कृतिक भिन्नता, स्वास्थ्य सेवाको महंगो दर र प्रणालीगत जटिलताका कारण धेरैजना यस्तो अवस्थालाई मध्यनजर गर्दै गण्डकी प्रदेश समाजले नेपाली समुदायको स्वास्थ्य संवेदनशीलतालाई सम्बोधन गर्न यो विशेष कार्यक्रम ल्याएको हो।...

सियोल, दक्षिण कोरिया – दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायले सामना गर्दै आएका स्वास्थ्य समस्याहरूलाई सम.....

गत फेब्रुअरी महिनामा दक्षिण कोरियाको यङआम (영암) स्थित सुँगुर फार्ममा काम गर्ने नेपाली श्रमिक तुलसी पुन मगरको आत्महत्या प्...
20/08/2025

गत फेब्रुअरी महिनामा दक्षिण कोरियाको यङआम (영암) स्थित सुँगुर फार्ममा काम गर्ने नेपाली श्रमिक तुलसी पुन मगरको आत्महत्या प्रकरणमा मोकपो अदालतले आज ऐतिहासिक फैसला सुनाएको छ। अदालतले फार्म मालिकलाई २ वर्ष जेल सजाय र १० लाख वन जरिवानाको फैसला गरेको छ भने टोली प्रमुखलाई ८ महिना जेल सजायको फैसला गरेको छ। तुलसी पुन मगर सुँगुर फार्ममा काम गर्दा मालिक र टोली प्रमुखको निरन्तर उत्पीडन र कुटपिटको सिकार भएका थिए। शारीरिक तथा मानसिक यातनाका कारण उनी आत्महत्या गर्न बाध्य भएका थिए।MTU (प्रवासी श्रमिक युनियन) ले यस घटनापछि न्यायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।...

गत फेब्रुअरी महिनामा दक्षिण कोरियाको यङआम (영암) स्थित सुँगुर फार्ममा काम गर्ने नेपाली श्रमिक तुलसी पुन मगरको आत्म.....

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदारहरूलाई कोरिया गणतन्त्रमा प...
19/08/2025

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदारहरूलाई कोरिया गणतन्त्रमा पठाउने कार्यविधिलाई अनुमोदन गरेको छ। प्रक्रियामा उल्लेख गरिएका विशेष आवश्यकताहरू पूरा गर्ने जनशक्ति कम्पनीहरू E-7 प्रणालीअन्तर्गत कोरिया दक्ष कामदारहरू पठाउन सकिनेछ। प्रक्रियाअनुसार कम्पनीहरूसँग नेपालका मेनपावर कम्पनिने सम्झौता गर्नुपर्ने हुन्छ। नेपालमा कामदार कोरिया पठाउने मेनपावर कम्पनीको आफ्नै प्रशिक्षण केन्द्र वा भाडामा लिएको हुनुपर्नेछ । यस्ता केन्द्रहरूमा कम्तीमा दुई जना प्रमाणित कोरियाली भाषा शिक्षकहरू हुनुपर्छ। यस प्रणालीअन्तर्गत कोरियामा रोजगारी पाउन इच्छुक कामदारहरूलाई पूर्णकालीन प्रशिक्षण दिनका लागि प्रयोग गर्न सकिनुपर्छ।...

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदारहरूलाई कोरिया गणतन...

महिला साउना भित्रको दृष्य बाहिरबाटै देखिएपछि ख्यङ्जुमा रहेको १ प्रसिध्द होटल बिबादमा 😯🇰🇷दक्षिण कोरियाको उत्तरी ग्यङसाङ प...
13/08/2025

महिला साउना भित्रको दृष्य बाहिरबाटै देखिएपछि ख्यङ्जुमा रहेको १ प्रसिध्द होटल बिबादमा 😯🇰🇷
दक्षिण कोरियाको उत्तरी ग्यङसाङ प्रान्तको ग्यङ्जुस्थित एक प्रसिद्ध होटलमा रहेको महिलाको साउना र चेन्जिङ रुम बाहिरबाट देखिने भएको खुलासा भएपछि विवादमा परेको छ।
घटनापछि होटलले तत्काल साउना सञ्चालन बन्द गर्दै पुरानो प्राइभेसी फिल्म बदल्ने काम थालेको भए पनि पीडित पक्षले लज्जा र अपमानको पीडा अझै बाँकी रहेको बताएका छन्।
अगस्ट ८ मा “महिलाको साउना बाहिरबाट देखिन्छ?!” शीर्षकको अनलाइन पोस्टमार्फत घट,ना सार्वजनिक भएको हो। पोस्ट लेख्ने व्यक्ति ‘ए’ का अनुसार उनी दुई बच्चासहित परिवारसँग तीन रातको यात्रामा उक्त होटलमा बसेका थिए।
अन्तिम रात भवनको वरिपरिको घाँसे मैदानमा हिँड्ने क्रममा, तेस्रो तलाको काँचको पर्खालभित्र कपडा नलगाएको व्यक्तिलाई देखे, जसलाई सुरुमा पुरुष साउना ठानेका थिए।
तर, श्रीमतीसँग भवनको भित्री संरचना मिलाएर हेर्दा त्यो महिलाको साउना भएको थाहा पाए। ‘ए’ ले भने, “मेरो उचाइबाट मैले काँध र ढाड मात्र देखेँ, तर मेरी श्रीमतीको उचाइ बढी भएकाले अझ तलसम्म देखिन सक्थ्यो।”
यस्तै, महिलाको चेन्जिङ रुममा उभिएकी उनकी श्रीमती पनि बाहिरको मैदानबाट स्पष्ट देखिन्थिन्। होटल व्यवस्थापकलाई जानकारी गराउँदा सुरुमा उनले प्राइभेसी फिल्मका कारण बाहिरबाट देखिँदैन भनेका थिए। तर बाहिरबाट खिचिएका फोटो देखेपछि व्यवस्थापक अचम्मित हुँदै तत्काल जाँच गर्न थाले।

दक्षिण कोरियामा पूर्वराष्ट्रपति यूनकी पत्नी पक्राउ, दम्पती नै जेलमाअदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला ...
13/08/2025

दक्षिण कोरियामा पूर्वराष्ट्रपति यूनकी पत्नी पक्राउ, दम्पती नै जेलमा
अदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई गिरफ्तार गरिएको छ।

शेअर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो। आफूविरुद्ध लगाइएका आरोपहरू उनले अस्वीकार गरेकी छन्।

गत महिना उनका पति यून सुक यउललाई गिरफ्तार गरिएको पृष्ठभूमिमा एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेका छन्।

कोरियाकै इतिहासमा पूर्व राष्ट्रपति र उनकी श्रीमती दुबै जेलमा 😯🇰🇷पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-ही प,क्रा...
12/08/2025

कोरियाकै इतिहासमा पूर्व राष्ट्रपति र उनकी श्रीमती दुबै जेलमा 😯🇰🇷

पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-ही प,क्राउ परेकी छिन्।
किम क्योन-हीलाई शेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा प,क्राउ गरिएको छ।

सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको प,क्राउ वारन्ट जारी गरेको हो। अदालतको निर्णयसँगै कोरियाको इतिहासमै पहिलो पटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबै एकै समयमा जेलमा रहेका छन्। हाल पूर्व राष्ट्रपति युन बिद्रो,हसम्बन्धी मुद्दामा प्रि-ट्रायल हि,रासतमा छन्।

अदालतले किममाथि प्रमाण नष्ट गर्ने जोखिम, बयानमा असंगति, तथा पूर्व सहयोगीहरूसँग बयान मिलाउने सम्भावना रहेको भन्दै वारन्ट जारी गरेको हो। वारन्ट जारी भएपछि सेउल नाम्बु डिटेन्सन सेन्टरमा प्रतीक्षा गरिरहेकी किमलाई हि,रासतमा लिइएको हो।

किममाथि शेयर मूल्य हेरफेर, २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप, र विभिन्न कम्पनी तथा युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिएको आरोप छ।

गत मंगलबार अदालत सुनुवाइमा उपस्थित हुँदा किमको व्यवहार अघिल्लो हप्ताको भन्दा फरक देखियो। विशेष अभियोजकको कार्यालय बाहिर उनले “म त कुनै महत्वपूर्ण व्यक्ति होइन” भनेको छैटौं दिनमै उनी मिडियासँग कुनै प्रतिक्रिया नदिई ९:२६ बजे अदालत परिसरमा प्रवेश गरिन्। पत्रकारहरूले अघिल्लो अभिव्यक्तिबारे सोध्दा पनि उनले कुनै उत्तर दिइनन्।

कोरियाको नयाँ राष्ट्रपतिमा 이재명 आएसँगै सरकारले अघि सारेको वैदेशिक श्रमिक सम्बन्धी नीति एकदमै राम्रो देखिएको छ। 😍🇰🇷नयाँ सर...
12/08/2025

कोरियाको नयाँ राष्ट्रपतिमा 이재명 आएसँगै सरकारले अघि सारेको वैदेशिक श्रमिक सम्बन्धी नीति एकदमै राम्रो देखिएको छ। 😍🇰🇷

नयाँ सरकारले सुरु गर्न लागेका मुख्य मुख्य कुराहरु :

• वैदेशिक श्रमिकका लागि कार्यस्थल र आवास सुविधा सुधार गर्ने।

• औद्योगिक दुर्घ!टना रोकथामका प्रयासलाई मजबुत बनाउने।

• कोरियन भाषा शिक्षालाई विस्तार गर्ने।

• दु!र्व्यवहार गर्ने मालिकलाई कडा स:!जाय दिने।

• अघिल्लो सरकारले बन्द गरेका विदेशी सहयोग केन्द्रहरूलाई पुनः सञ्चालन गर्ने।

• ई–९ भिसाधारीलाई (३–३ वर्षको अवधिमा) कोरिया नछोडी १० वर्षभन्दा बढी काम गर्ने अनुमति दिने।

• ई–९ भिसामा कार्यस्थल परिवर्तनको प्रतिबन्धलाई सहज बनाउने।

• ई–७ भिसालाई विस्तार गर्दै बसोबास र स्थायी आवासको लागि सहयोग गर्ने।

• निर्माण क्षेत्रलाई ई–७–३ भिसा श्रेणीमा थप्ने।

• निर्माण श्रमिकलाई कार्यस्थल परिवर्तन सजिलो बनाउने।

नयाँ सरकारले वैदेशिक श्रमिकको महत्व राम्ररी बुझेको देखिन्छ।

कोरियाली श्रम मन्त्रीले बिदेशी कामदारलाई '야' भनेर नबोलाउन दिए निर्देशन 😯🇰🇷श्रम तथा रोजगार मन्त्री किम यङ-हुनले विदेशी का...
09/08/2025

कोरियाली श्रम मन्त्रीले बिदेशी कामदारलाई '야' भनेर नबोलाउन दिए निर्देशन 😯🇰🇷
श्रम तथा रोजगार मन्त्री किम यङ-हुनले विदेशी कामदारहरूलाई रोजगार दिने एउटा खेतको भ्रमण गर्दै, उनीहरूको मानव अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।
उनले ‘야’, ‘야이’ वा ‘너’ जस्ता अपमानजनक र निर्जीव सम्बोधनको सट्टा उनीहरूको ‘नाम’ लिएर बोलाउनुपर्ने बताएका छन्।
अगस्ट ८ गते, मन्त्री किमले उत्तर जिओल्ला प्रान्तको वान्जु–गुनस्थित विदेशी कामदार कार्यरत खेतको निरीक्षणका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। हालै विदेशी कामदारमाथि दुव्र्यवहार, विभेद तथा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको पृष्ठभूमिमा यो कदम चालिएको हो।
मन्त्री किमले भ्रमणका क्रममा विदेशी कामदारको बासस्थानमा जाडो–गरमी नियन्त्रणका सुविधा तथा गर्मी लहरका पाँच आधारभूत सुरक्षा नियमहरूको पालना स्थिति निरीक्षण गरे।
साथै उनले ‘नाम लिएर बोलाउने’ अभियानलाई प्रवर्द्धन गर्ने घोषणा गरे। यस अभियान अन्तर्गत रोजगारी अनुमति प्रणाली (Employment Permit System) अन्तर्गतका सबै कामदारहरूलाई कोरियन भाषामा नाम लेखिएको नेम ट्याग वितरण गरिने मन्त्रालयको योजना छ।

अब मेनपावर कम्पनीबाट कोरियामा कामदार
08/08/2025

अब मेनपावर कम्पनीबाट कोरियामा कामदार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई पनि...

Address

경기도 김포시
Gimpo
10049

Alerts

Be the first to know and let us send you an email when Korea News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share