Update Nepal

Update Nepal हामी देसमा भएका र भैरहेका बिभिन्न किसिमका घटना र परिवेशको बारेमा जानकारी दिनेछौ तपाईहरुको साथ 🙏🙏

14/01/2025

गगन थापाको निर्वाचन क्षेत्रका जनताहरु गगन थापासङ्ग यसरी आक्रोशित भए।
#गगनथापा #बेरोजगार #बेरोजगारयुवा

13/01/2025

रबि लामिछानेको बारेमा यसो भन्छन त भाइरल ज्योतिष ।

20/08/2023

उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ

एमालेको आरोप : सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरिय                                       ...
20/08/2023

एमालेको आरोप : सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरिय एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको बताएका हु्न्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।

‘उच्चस्तरीय छानबिन समितिको माग अझै बढेर गएको छ। तपाईंहरु सबैले देखिरहनुभएको छ। समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उनले भने, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरुतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको देखिएको पनि उनले बताए।

‘त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौँ’, उनले भने।

सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष रुपमा अघि बढाउन उच्चस्तरीय समिति बन्नुपर्ने बताए।

प्रत्येक समाचारको मुख्य समाचार नै येहि बिसयमा हुदा हुदै पनि सरकारले सोधपुछ सम्म पनि गर्दैन तर कुरा मात्र ठुलो गर्छ के सर...
20/08/2023

प्रत्येक समाचारको मुख्य समाचार नै येहि बिसयमा हुदा हुदै पनि सरकारले सोधपुछ सम्म पनि गर्दैन तर कुरा मात्र ठुलो गर्छ के सरकार जोगाउनको लागि नै येस्तो गर्दै छ प्रचण्ड सरकार ?

सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी                                                 ...
20/08/2023

सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी

३ भदौ, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।

उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।

थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको प्रहरी प्रवक्ता कठायतले बताए । कठायतका अनुसार, नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइएफाइल तस्वीर२ भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रहर...
20/08/2023

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए

फाइल तस्वीर
२ भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।

ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो ।

देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोतको दाबी छ ।

मंगलबारकै मन्त्रिपरिषदमा सरुवा सम्बन्धी प्रस्ताव लैजाने तयारी भए पनि रोकिएको थियो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।

ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ ।

प्रशासनमा एआईजी मीरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।

राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए । उनले बरु आफूलाई राष्ट्रिय सुरक्षा परिसद्को सचिवालयमा पठाउन भनेका थिए ।

राई प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध अनुसन्धानमा काम गर्ने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका अधिकृत हुन् । झण्डै तीन दशक लामो प्रहरी सेवामा उनले चौथो पटक प्रहरीको कुनै युनिटको नेतृत्व गरिरहेका थिए ।

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी३ भदौ, मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व)। नवलपरासी (बर्दघाट सुस्तापूर्व...
20/08/2023

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी

३ भदौ, मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।

गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए ।

‘रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुङ्गामा सफारी गराएर दिव्यपुरीसम्म पुर्‍याइनेछ’, उनले भने, ‘डुङ्गा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ ।’

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुङ्गा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्रि क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब रु ८० करोडको लगानिमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गरेका हुन् ।

‘निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ’, सञ्चालक धितालले भने, ‘वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।’

यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उनले दाबी गरे । ‘होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ’, उनले भने ।

होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए । ‘होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्’, उनले भने, ‘यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ ।’

डुंगा सफारी नारायणी

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?  तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन...
20/08/2023

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन्छन् । तेलले तरकारीलाई स्वादिलो बनाउने त छ नै स्वास्थ्यका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

त्यसमा पनि तोरीको तेल परम्परागत रुपमै गाउँघरमा समेत उत्पादन गर्न सकिने भएकाले यसको प्रयोग व्यापक छ । तर आजभोलि सनफ्लावर र सोयाबिन तेल पनि उत्तिकै प्रयोगमा छन् । यद्यपि धेरैको पहिलो रोजाइमा तोरीको तेल नै हुने गरेको पाइन्छ ।

अन्य तेलको दाँजोमा तोरीको तेललाई नै किन रुचाइन्छ त ?

तोरीको तेल परापूर्वकालदेखि घरेलु रुपमा उत्पादन गरेर उपभोग गर्दै आएकाले यसलाई बढी रुचाइएको पोषणविद् उमा कोइराला बताउँछिन् । साथै तोरीको तेलमा भिटामिन सी र के प्रशस्त मात्रामा पाइन्छ । ‘यी तत्वले ब्लड सर्कुलेसन राम्रो गराउन मद्दत गर्छ,’ कोइराला भन्छिन्, ‘साथै यो स्याचुरेटेड नभई मोनोस्याचुरेटेड हुन्छ । स्याचुरेटेड भनेको चाँडै बोसोजस्तै जम्ने खालको हुन्छ । तर तोरीको तेल यस्तो हुँदैन । यसले गर्दा मुटुको धमनीमा टाँसिने जोखिम पनि कम हुन्छ ।’

अल्फा लिनोलेनिक एसिडले मुटुको धमनी बलियो बनाएर मुटुलाई सक्रिय रुपमा काम गराउन मद्दत गर्छ । यसले मुटुरोगबाट टाढा राख्न मद्दत गर्छ । त्यस्तै यसमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले खानामा पाइने न्युट्रेसनलाई खेर जान नदिई रोक्ने पोषणविद् कोइराला बताउँछिन् ।

‘तोरीको तेलले दैनिक छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थिमा सुधार ल्याउनुका साथै पाचन प्रणाली बलियो बनाउँछ,’ उनी भन्छिन्, ‘यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले बाथसम्बन्धी रोगलाई कम गर्ने र छालामा सनस्क्रिनको रुपमा समेत काम गर्छ ।’ तोरीको तेलले श्वासप्रश्वास र एलर्जीको समस्यामा पनि राहत दिने कोइराला बताउँछिन् ।

तोरीको तेललाई नतताई पनि उपभोग गर्न सकिन्छ । केराउ, चाउचाउ, अचार, छोयला बनाउँदा तेललाई नतताई पनि खान सकिन्छ । तर यसरी पकाउँदा बजारको तेलभन्दा अर्गानिक तेल मात्रै प्रयोग गर्नु उत्तम हुने कोइराला बताउँछिन् । किनकि बजारमा पाइने तेलमा मिसावट हुने जोखिम हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार तोरीको तेल मोनोस्याच्युरेट हुन्छ, जसले शरीरलाई आवश्यक चिल्लो पदार्थ उपलब्ध गराउँछ । ‘यसमा भएको चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । तोरीको तेलमा हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडीएल (असल) कोलस्टेरोल बढाएर यसबाट मुटु रोगको खतरा न्यून गर्छ,’ उनी भन्छन्

राष्ट्रिय दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु३ भदौ, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको ब...
20/08/2023

राष्ट्रिय दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

३ भदौ, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।

26/06/2023

रोमानियामा आयोजित एउटा कार्यक्रममा गायक प्रकाश सपुत माथि Beer बोतल प्रहार भएको छ ।

25/06/2023

भगवानलाई पनि छाडेनन् प्रचण्डले ! आस्था जागेर पशुपति गए वा प्रश्न गर्नेहरुलाई देखाउन ? सिधाकुरा जनतासंग ।

Address


63020

Alerts

Be the first to know and let us send you an email when Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share