कोरिया सन्देश

GEN-Z पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाउनुभएको सम्पूर्ण युवाहरूका निम्ति सौल दोङ्देमुनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम
13/09/2025

GEN-Z पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाउनुभएको सम्पूर्ण युवाहरूका निम्ति सौल दोङ्देमुनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम

13/09/2025

मलाई अहिले कसैले बधाई नभनोस् कार्यकाल सकिएपछि मात्र भनोस् - प्रधानमन्त्री शुसिला कार्की🙏

13/09/2025

बुढानिलकण्ठ स्थित शेर बहादुर देउवा र आरजु राणाको बिशाल आलिसान महल जलेर खरानी भएपछि हेर्न जानेको घुंईचो

संसद विघटन भयो, चुनाव फाल्गुन २१ मा हुने!
12/09/2025

संसद विघटन भयो, चुनाव फाल्गुन २१ मा हुने!

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका आदरणीय सुशीला कार्कीज्यूलाई हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त...
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका आदरणीय सुशीला कार्कीज्यूलाई हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

हामी दृढ विश्वास गर्दछौं कि उहाँको दूरदर्शी नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा दिनेछ, राष्ट्रलाई स्पष्ट दिशा दिनेछ र समाजलाई आशा जगाउनेछ।
समावेशीता, सुशासन र समृद्धिको यात्रामा उहाँको सफल कार्यकाल रहोस् भन्ने कामना गर्दछौं।

देशले सामना गरिरहेको यस कठिन परिस्थितिमा तपाईँको नेतृत्वमार्फत राष्ट्रिय निकास, दिगो विकास र समृद्ध नेपाल निर्माणको बाटो प्रशस्त होस्।देशको जय होस्!🙏🇳🇵

12/09/2025
12/09/2025

राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी तयारीअनुसार संसद् विघटन गर्ने निर्णयपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै, ९ बजेभित्रै अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराइने तयारी गरिएको छ।जय देश🇳🇵जय जनता जनार्दन!🙏

12/09/2025

✊ शहिद परिवारको भावबिभ्वल आक्रोश ✊“हामीले आमा–बाबु, छोराछोरी, दाजुभाइ, दिदीबहिनीलाई यो भूमिमा परिवर्तन ल्याउन सुम्प्यौं। तर आज उनीहरू शहिद बने।हाम्रो माया, हाम्रो सपना, हाम्रो सहारा गोली र अत्याचारले खोसियो।यो पीडा शब्दमा भन्न सकिन्न, आँशुमा अट्दैन।

12/09/2025
12/09/2025

के के भयो रातभर ? पढ्नुस १० बुँदामा:

१. राष्ट्रपतिको पहल र नेपाली सेनाको सहजीकरणमा विभिन्न स्वरुपमा भएका सर्वपक्षीय वार्तामा प्रमुख राजनीतिक दल र जेनजी प्रतिनिधिहरू पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन तयार ।

२. संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषयमा रातभरको वार्ता निष्कर्षमा पुग्न बाँकी ।

३. जेनजी पक्षबाट संसद् विघटन विना कुनै प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट अडान ।

४. जेनजी प्रतिनिधिहरुले राति ११ बजेसम्म देशलाई निकास नदिए विहानैदेखि आन्दोलन चर्काउने र रास्ट्रपतिलाई समेत बाँकी नराख्ने चेतावनी दिएपछि थप दबाब सिर्जना ।

५. राष्ट्रपति पौडेलबाट दलका नेताहरू, सेना र संविधानविद्हरूसँग रातभर निरन्तर परामर्श ।संविधानविद्हरूबाट आवश्यकता भए संक्रमणकालीन व्यवस्था गरेर गैरसांसदलाई प्रधानमन्त्री बनाउन सकिने सुझाव ।

६. माओवादी अध्यक्ष प्रचण्ड आफै शीतल निवास पुगे भने कांग्रेसका नेताहरू फोनमार्फत अबेरसम्म सक्रिय।

७. जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान । राजनीतिक दल र राष्ट्रपति पौडेलबाट संसदबाटै निकास निकाल्ने कुरामा जोड। संसद विघटन नै गर्नु पर्ने भए त्यसअघि संसद बैठक बोलाएर संविधान संशोधनमार्फत नागरिक सरकारको बाटो खोल्ने विकल्पमा समेत छलफल ।

८. संक्रमणकाल लम्ब्याउँदा थपिने जोखिम र हुने क्षतिप्रति गम्भीर बनिदिन नेपाली सेनाको राजनीतिक नेतृत्वलाई आग्रह।

९. राति नै पूर्वा राजा फर्कने अफवाहले जनजीवन त्रसित र धेरै व्यक्ति रातभर जाग्राम । पूर्वराजपरिवारका केही सदस्य र सांसद ज्ञानेद्र शाहीको स्ट्याटस, कतिपय दलका युवा नेताहरुको अनुमानमा आधारित विश्लेषण, सुरक्षा तैनाथी आदिका कारण जनस्तरमा त्रास बढे पनि मध्यराति सकारात्मक वार्ता चलिरहेको संदेश प्रवाहपछि जनस्तरमा राहत महसुस।

१०. विविध अफवाहबीच नेपाली सेनाबाट बख्तरबन्द, नाइटभिजन हेलिकप्टर र थप जनशक्तिसहित कडा सुरक्षा तैनाथी।

नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु आदेश जारी
10/09/2025

नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु आदेश जारी

Address

Seoul
44600

Telephone

+351920368851

Website

Alerts

Be the first to know and let us send you an email when कोरिया सन्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कोरिया सन्देश:

Share