EPS Worker’s in Korea

EPS Worker’s in Korea Flying high on dreams and possibilities ✈️
Creating a wonderful life 💙
Big goals 💪🏻
From the Dream country🇰🇷🇳🇵💪🏻

10/10/2025

अनि रत्त्यौली नाच्न अन्त कहि ठाउॅ पाएनछन Gorkhey हरुले ??🤔🤔

सुरक्षीत रहनुहोला । अबैधानीक आप्रवासीको संख्या घटाउने पञ्चवर्षीय योजना ('२३-'२७)" लाई  प्रवर्द्धन गर्न न्याय मन्त्रालयले...
03/10/2025

सुरक्षीत रहनुहोला ।
अबैधानीक आप्रवासीको संख्या घटाउने पञ्चवर्षीय योजना ('२३-'२७)" लाई प्रवर्द्धन गर्न न्याय मन्त्रालयले व्यापक धरपकड कार्यक्रम संचालन गर्दैछ ।

धरपकड कार्यक्रम सेप्टेम्बर २९, २०२५ सोमबार देखि डिसेम्बर ५, २०२५ शुक्रबार सम्म ६८ दिनको छ र यसमा न्याय मन्त्रालय, राष्ट्रिय प्रहरी निकाय, कोरिया तटरक्षक, रोजगार तथा श्रम मन्त्रालय र भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय लगायत पाँच संस्थाहरू सहभागी छन्।

कारबाहीका लागि प्रमुख क्षेत्रहरूमा निर्माण, डेलिभरी र कुरियर सेवाहरू समावेश छन्, जुन राष्ट्रिय रोजगारीलाई खतरामा पार्ने उद्योगहरू हुन्; लागूपदार्थको तस्करी र तोप चलाउने जस्ता राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने, सार्वजनिक नैतिकतामा बाधा पुर्‍याउने, मालिश वेश्यावृत्ति; र बसोबासको व्यवस्थालाई बाधा पुर्‍याउने , अवैध प्रवेश र रोजगारीमा दलाली गर्नेहरु पर्दछन ।

03/10/2025

दक्षिण कोरियामा भिजा नभएकाहरु जोगिएर बस्नुहोला 😯🇰🇷

दक्षिण कोरियाको न्याय मन्त्रालयले घोषणा गरेको छ कि २०२५ को दोस्रो अबैधानिक धरपकड विशेष अभियान यही वर्ष सेप्टेम्बर २९ देखि डिसेम्बर ५ सम्म ६८ दिन चलाइनेछ। यसका लागि न्याय मन्त्रालयले पुलिस, समुन्द्री प्रहरी लगायत ५ निकायसँग सहकार्य गर्दै, देशभित्र अवैध रूपमा बसोबास गर्ने विदेशीहरूलाई लक्षित गरेर कारबाही गर्नेछ।

यस पटकको अभियानको मुख्य फोकस APEC शिखर सम्मेलन हुने ख्वाङ्जु (Gyeongju) क्षेत्रमा रहनेछ। छानबिन हुने प्रमुख क्षेत्रहरूमा निर्माण र डेलिभरी जस्ता काम समावेश छन्, जसलाई स्थानीय नागरिकको रोजगारीमा प्रत्यक्ष असर गर्ने मानिन्छ।

साथै, विदेशी नागरिकसँग सम्बन्धित अप 'राध—जस्तै माद' क पदार्थ कारोबार, दर्ता नभएका सवारी प्रयोग, आदि—माथि पनि कारबाही गरिनेछ। त्यसैगरी, समाजको नैतिकता विपरीतका कार्यहरू जस्तै गैरकानुनी मसाज, यौ' न व्यापार, साथै अवैध प्रवेश र जोखिमपूर्ण श्रम दलाली विरुद्ध पनि कडा निगरानी र कारबाही गरिने बताइएको छ।

20/09/2025

World food fest Korea 😍

गरिब जनताका छोराछोरिलाई लुट्न ढुकेर बसेका मेनपावरहरुलाई इतिश्री ।हामिले चाहेकै बाटोमा सरकार 💁🙏
16/09/2025

गरिब जनताका छोराछोरिलाई लुट्न ढुकेर बसेका मेनपावरहरुलाई इतिश्री ।
हामिले चाहेकै बाटोमा सरकार 💁🙏

15/09/2025

अब बन्ने छ नेपाल 🇳🇵🇳🇵💁😂

12/09/2025

** प्रीय साथीहरु राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउन पर्ने भयो **

नेपाली काँग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइराखेको छ। उहाँले जेन जी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ। हाम्रो साथिहरुलाई छुट्टाछुट्टै राखिएको छ। राष्ट्रपति कार्यालयमा गएर हामी सबै मिलेर सेर बहादुरलाई समाते जस्तै अब राष्ट्रपतिलाई समातेर राख्नुपर्ने भएको छ। तयार हुनुहुन्छ नि युवाहरु ?

जेन जीको‌ पहिलो माग लुकेर होइन राष्ट्रपतिले लाइभ बसेर पुरा गर्नुपर्छ।

१) संसद विघटन पछि अन्तरिम नागरिक सरकार ।।

अरु माग यसपछि ।

नेपालको सुरक्षा निकाय अझै कति जनाको‌‌ लास चाहिएको छ , हिसाब गर्दै गर्नु , हामी तयार छौँ।

✍️Sagar Dhakal

12/09/2025

प्रधानमन्त्री बन्न हिडेको मान्छेलाई शुभयात्रा भन्नू पर्दैन💁😂

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौल...
10/09/2025

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।
बालेन 🫵

गगन थापाका समर्थकहरुले Gen-Z लाई आक्रमण गर्ने योजना बनाइरहेका छन्।
10/09/2025

गगन थापाका समर्थकहरुले Gen-Z लाई आक्रमण गर्ने योजना बनाइरहेका छन्।

Gen-z Revoultion:- बालेन किन सरेनन् अगाडी ? पढ्नुस् एकएक बुँदा र हरेक बालेन समर्थकसम्म पुयाउनुहोस् 🙏✅ अन्तरिम सरकार भनेक...
10/09/2025

Gen-z Revoultion:- बालेन किन सरेनन् अगाडी ?
पढ्नुस् एकएक बुँदा र हरेक बालेन समर्थकसम्म पुयाउनुहोस् 🙏

✅ अन्तरिम सरकार भनेको अस्थायी (temporary) मात्र हो, जसको मुख्य जिम्मेवारी चुनावसम्म देशलाई स्थिर बनाउने हो।

✅ बालेन शाहजस्तो नेतृत्वलाई केवल ६ महिनाका लागि “representative” बनाउनु उनको क्षमतासँग न्याय नहोला।

✅ उनीसँग दीर्घकालीन दृष्टि, लोकप्रिय समर्थन र जनभावना छ— त्यसैले उनलाई चार वर्षको कार्यकालसहित स्थायी प्रधानमन्त्रीको रूपमा देख्नु उचित हुन्छ।

✅ अहिले अन्तरिम सरकारको नेतृत्वमा निष्पक्ष, गैरदलीय र अनुभवी व्यक्तित्व (जस्तै सुशीला कार्की) लाई राख्दा राम्रो हुन्छ, जसले चुनावको वातावरण तयार गर्ने।

✅ त्यसपछि जनताले दिएको मत र जनभावनाको आधारमा बालेनले देशको नेतृत्व लिन पाए भने त्यो स्थायी र न्यायपूर्ण हुनेछ।

09/09/2025

Gunsan नेपाली समाज South korea द्वारा — दिप प्रज्वलन कार्यक्रम 😭🪔🪔 हार्दिक श्रदान्जली GenZ 💐

Address

Seoul
54000

Alerts

Be the first to know and let us send you an email when EPS Worker’s in Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share