EPS Informative

EPS Informative Updating you...genuinely.

30/04/2018

२०१७ पासर्समध्ये कृषिबाट दोस्रो ईस्युको आज पहिलो दिन ।
मोटामोटी हेर्दा एप्रूवल मितिअनुसार नै ईस्यु भएको पाइयो । अहिले जनवरीको पुछारतिर पुगेको देखियो, अपवाद भए खबर पाउँ ।

ईपीएस-२०१७ रिभ्यु-चार्ट०००ईपीएस परिक्षा-२०१७ अन्तर्गत अहिलेसम्मको अवस्था हेर्दा कुल आवेदकमध्ये अनुमानित ८७.६५% कोरिया जा...
16/02/2018

ईपीएस-२०१७ रिभ्यु-चार्ट
०००
ईपीएस परिक्षा-२०१७ अन्तर्गत अहिलेसम्मको अवस्था हेर्दा कुल आवेदकमध्ये अनुमानित ८७.६५% कोरिया जाने देखिन्छ ।

एप्रूवल कार्य अझै नसकिएकाले अरु केही रोस्टर रद्द हुने संभावना तथा निर्धारित मागमा थपघट हुन सक्ने भएकाले हालको प्रतिशतमा केही अन्तर आउन सक्नेछ ।

16/02/2018

धैर्यता अपनाउँ!
०००००००००
एउटा कुनै खबर कताकताबाट आउँछ अनि शुरु हुन्छ फेरि अनेक थरिका अड्कलबाजीहरु ।

सबैको आ-आफ्नै पिरलो छन् । कसैको एप्रूव, कसैको ईस्यु, कसैको एलसी, कसैको सीसीभीआई... कोटा-मिति अनेक-अनेक बारे ।

एक मानेमा यी सबै कौतुहलता जायजै छन् जबकि यसैका लागि सबैले धेरैथोरै समय-पैसा खर्चेका छौं । मुख्य कुरा त हाम्रो आगामी भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने बिषय भएर पनि यो कुराले हामीलाई बिशेष अर्थ राख्नु स्वाभाविकै हो ।

खासगरि ईपीएस भाषा परिक्षा-२०१७ उत्तीर्णहरुले के बुझौं भने, निर्धारित अवधिभरमा उल्लेखित संख्या कोरिया जाने नै हुन् । मागअनुसारकै आपूर्ति हुने हो, तर प्रक्रियाका दौरानमा हुने विविध समयका विभिन्न खाले गतिविधिहरुमा बिचलित भैरहनु उचित हुँदैन ।

प्रक्रियाबारे हुने सबै आन्तरिक कुराहरु दुरुस्तै हुँदैनन्, कतिपय कुराहरु हामीले बुझ्दैनाैं र सम्बन्धित ब्यक्ति वा निकायले पनि बुझाईरहन नसक्ने अवस्था हुन्छ ।

एत्ति बुझौं कि २०१७ को सवालमा माग र स्टोकलाई हेर्दा सरदर ९०% कोरिया जाने देखिन्छ । जसका लागि निर्धारित समयसम्म कुर्नुको बिकल्प छैन ।

15/02/2018

"क्म्प्लीमेन्ट्री ईस्यु" हुने बारे!
०००
२०१७ उत्तीर्णहरुबाट दुबै क्षेत्रको पहिलो चरणको ईस्यु गर्ने आधिकारिक अवधि सकिएको भएपनि केही थप संख्यामा अझै ईस्यु हुने भएको छ ।
दोस्रो चरणको मितिभन्दा अघि नै यही #फेब्रुअरी_२०_२१_२२ र #फेब्रुअरी_२६_२७_२८ मा दुबै क्षेत्रबाट मिश्रित रुपमा केही थप ईस्यु हुन लागेको हो ।

एउटा खबर यस्तो छ ।००० ("आउँदो अगस्टसम्ममा सबै ईस्यु भैसक्ने")Src: www.ujyaalonep.com
14/02/2018

एउटा खबर यस्तो छ ।
००० ("आउँदो अगस्टसम्ममा सबै ईस्यु भैसक्ने")
Src: www.ujyaalonep.com

13/02/2018

ईपीएस इन्फर्मेटिभ

10/02/2018

"तात्तातै खाउँ, जल्दी मराैं" भन्ने भनाई छ नि त्यस्तै पारा देखिदैछ अहिलेका ईपीएस पासर्सहरुमा ।
अस्ति भर्खर बीउँ राखियो अनि हिजो पानी पर्‍यो भन्दैमा आज रोपेर भोलि नै बाली स्याराैंला भन्ने मानसिकता देखियो धेरैमा ।

एकाएक आउँदो बर्षको ईपीएस परिक्षा बहिष्कार गर्नुपर्छ भन्ने बिषय चर्किन थालेको छ अहिले । कसैले त प्रकृयामा अनियमितता भएको भन्दै दबाबका कार्यक्रमसहित कार्यालय घेराउ गर्ने कार्यक्रम समेत बनाएका छन् ।

त्यो यथावत प्रकृया हो, कसैले कुरल्दैमा रोकिने भन्ने हुँदैन । यदि त्यसो हो भने गत बर्षहरुमा ३/४ हजारको संख्यामा आउने गरेको माग यो बर्ष ह्वात्तै बढ्नुमा कसको हात होला त!

हरेक आन्तरिक प्रकृयाहरुमा एउटा विशेष स्ट्राटेजी हुन्छ र सोहीबमोजिम हुने हो ।
यो सरदर २ बर्षसम्मको पुर्बनिर्धारित शेड्युल नै हो नि, सबैलाई एकैचोटि केको हतार!
२०१५ का छिट्फुटेहरुलाई हेरेर पनि धैर्य गर्न सिक्नुस् ।

प्रसङ्गत: बुझ्नुपर्ने कुरा एउटै छ, हामी ईन्टर-डिपेन्डेन्ट देशका
बिदेश-ओरिएन्टेड नागरिक हौं र समग्रमा भन्दा हाम्रो नियति नै यही हो ।
त्यसैले धैर्यता अपनाउँ, सामान्य चेतना (Common Sense) को प्रयोग गरौं, बम्किदैमा केही हुने होईन ।
ईपीएस इन्फर्मेटिभ

05/02/2018

हतोत्साही नहुनुस्:
०००
२०१७ उत्तीर्ण मध्येबाट आजबाट ३ दिन (फेब्रुअरी ५,६,७) कृषि क्षेत्रको ईस्यु हुँदैछ । अहिलेसम्म रोस्टर एप्रुभ भैसकेका मध्येबाट पहिलो ईस्यु हुँदैछ । अझै रोस्टर एप्रुभ नभैसकेकाहरुलाई चिन्ता लाग्नु स्वाभाविक छ तर यसपाली एप्रुभ भैसकेका सबैको ईस्यु हुने पनि होईन ।
अहिलेसम्म लगभग दुईतिहाई जतिको रोस्टर एप्रुभ भैसकेको छ । अब छिट्टै सबैको एप्रुभ हुन्छ र क्रमश आउँदा चरणहरुमा ईस्यु हुँदै जान्छन् ।
आशावादी हुनुस् ।

21/11/2017

- मेरो मा किन देखाउछ?
- मेरो कहिले हुन्छ?
०००
गत बर्ष(२०१७) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरि कार्तिक(१६-२४ गतेसम्म) रोजगार आवेदन फारम भरेर बसेका धेरै साथीहरुले आफ्नो खोल्दा(लगईन गर्दा) देखिएकोबारे र आफ्नो नभएकोबारे जिज्ञासा राख्नुभएको छ ।
तपाईले आफ्नो बनाउनुभएको छ र त्यसमा तपाईको नाम र तपाईले प्राप्त गर्नुभएको अंक देखिएको छ भने बुझ्नुस् कि तपाईको आई.डी. सही छ, देखाउनु भनेको तपाईको रोस्टर पठाउन बाँकी नै छ भन्ने बुझ्नुपर्छ र पठाइए पश्चात् तपाईको आई.डी. मा नोटिफिकेशन आउँछ ।
०००
रह्यो कुरा कहिले सम्म पठाइन्छ भन्ने? #डिसेम्बर_३१ सम्ममा सबैको रोस्टर पठाइसकिने ब्यहोरा शाखाले जनाएको छ ।
हिजो मिति कार्तिक ०४(नोभेम्बर २०) सम्ममा १८ गते फारम भरेकाहरुको रोस्टर पठाइदैगरेको जानकारीमा आएको छ ।
यो रोस्टर जानु मात्र भनेको कुनै निर्णायक बिषय होईन । त्यसैले यो रोस्टर जाने कुरा सबैको निश्चित नै छ, प्रतीक्षा गर्नुहोला ।
०००
धन्यवाद!

Address

Seoul

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when EPS Informative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share