
18/08/2025
दक्षिण कोरियामा उपचाररत नेपालीको निधन
दक्षिण कोरियाको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा उपचाररत उदयपुर चौदण्डीगढी - ५ सुन्दरपुर बेल्हा निवासी कमल चौधरीको निधन भएको छ ।
डेढ महिना देखि कोमामा रहेका चौधरी आज दिउँसो १ बजे उपचारकै क्रममा निधन भएको हो। इपिएस मार्फत कृषि क्षेत्रमा कार्यरत उनी केही समयदेखि रोजगारी खोज्दै सेल्टरमा बसिरहेका बेला अचानक बेहोस भएका थिए । चिकित्सकले उनको टाउकोमा रगत जम्ने समस्या देखाएका थिए ।
उपचार अवधिमा करिब १८ लाख रुपैयाँ खर्च भए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवार उक्त खर्च व्यहोर्न असमर्थ छ । सहयोग जुटाउन कोरियामा रहेका थारु कल्याणकारी समाज र उदयपुर सेवा समाजलगायतका संघ–संस्था सक्रिय रहेका छन् ।