11/12/2025
" यस्तो झुट बोल्ने पार्टीलाई कहिले सम्म स्विकार्नु ..."
नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले जेनजी आन्दोलनको समयमा बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा नगद जलेको हल्ला गलत भएको स्पष्ट गरेकी छन्। उनले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको समाचारलाई आधारहीन र भ्रामक बताएकी छन्।
आरजु राणा देउवा राष्ट्रिय सुरक्षा परिषद्को सदस्य पनि रहिसकेकी छिन्। उनका अनुसार, आन्दोलनका बेला समयमै बैठक डाकेर सेना परिचालन नगर्दा केही जनधनको क्षति भएको भए पनि आफूविरुद्ध फैलाइएको खबरले वास्तविकता नबुझाइ अप्ठ्यारो स्थिति सिर्जना गरेको छ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो घरमा भेटिएको नगद विषयमा एआई प्रविधि प्रयोग गरेर बनाइएको दाबी भएको बताएका थिए। यस क्रममा सर्वोच्च अदालतमा रिट निवेदन पनि दायर गरिएको थियो, जसमा आरजु राणा देउवा लगायत सम्बन्धित व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग राखिएको थियो।