09/12/2025
मलेसियामा नेपाली सुरक्षा गार्डलाई मात्र किन अनुमति छ भन्ने कुरा को स्पष्टीकरण नेपालीहरूले बेला बेलामा आफ्नो निष्ठ कर्तब्य र इमान्दारी बाट दिएका छन्।
पार्किङ लटमा लाखौं भेटाएर फिर्ता गरेको होस् वा १ रिंगेट दिएर गरेको सहयोग होस स्थानीय बाट जहिले नेपाली गार्डको चर्चा भएको हुने गरेको छ।
मलेसियामा नेपाली सुरक्षा गार्डहरूको सेवामानका बारेमा अहिले एक स्थानीयले सामाजिक सञ्जालमा नेपाली सुरक्षा गार्डको सहयोग पाएपछि उहाँप्रति ऋणी भएको अनुभव लेखेका छन्। उनले पार्किङ तिर्नका लागि RM1 कम परेपछि त्यो सुरक्षा गार्डले मद्दत गरेका बताए।
४१ वर्षीय रोसलान रुज्लीले बताए अनुसार, घटना गत शुक्रबारको हो, जब उनी क्वालालम्पुरको एक होटलमा आयोजना भएको कार्यक्रमका लागि मोटरसाइकल चढेर जाँदै थिए।
उहाँका अनुसार, त्यहाँ पुग्दा उनलाई तल रहेको पार्किङमा प्रवेश गर्न RM5 नगद आवश्यक पर्ने थाहा भयो।
"संयोगवश, मसँग साना नोट थिएनन्। समय पनि कम थियो। त्यसपछि मैले सुरक्षा गार्डलाई सोधेँ, बाहिरै पार्क गर्न मिल्छ कि?
"उनी भने बाहिर राखेँ भने मोटरसाइकल जबर्जस्ती हटाउने (सिटा) कार्यवाही हुन सक्छ। तर म सँग पार्किङ तिर्न RM1 कम थियो।
"पछि उनले भने, ‘तपाईं तल्लो पार्किङमै जान चाहनुहुन्छ होइन? लिनुस् यो RM1, केही हुँदैन। RM1 मात्रै हो।’ म नै लजाएँ," उनले भने।
रोसलानका अनुसार, सुरक्षा–गार्डले देखाएको दयाले उनी निकै प्रभावित भए र उनलाई सेल्फी खिच्न आग्रह पनि गरे।
"त्यो बेला उनले भनेको अर्को वाक्यले मन छोयो—‘यहाँ काम गरेको यति समयमा कसैले मलाई सँगै फोटो खिच्न कहिले भनेन।’ म यो क्षणलाई सम्झनाका लागि राख्न चाहन्थेँ," उनले बताए।
उनका अनुसार, कार्यक्रम सकेपछि उनले फेरि ती सुरक्षाकर्मीलाई खोजे तर भेटेनन्।
उनले भने, "साह्रो ठूलो रकम नभए पनि उनले दिएको त्यो RM1 ले मेरो त्यो रातको काम निकै सजिलो बनाइदियो।"
"सायद यो विदेशी कामदारहरूको अर्को पक्ष हो जुन हामीले प्रायः देख्दैनौँ। कतै-कतै समस्या फरक हुन सक्छ, तर यो घटना भने म आफैँले अनुभूत गरेको एक ठूलो मानवीयता हो," उनले भने।
#नेपालीप्रवासीमलेसिया