16/08/2025
ll श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ll
संजालमा हेर्दा सबैले आफ्नो सन्तानलाई कृष्ण बनाएको देख्छु,बाँसुरी समाउन लगाएको देख्छु,दहीको ठेकिमा चोपलेको देख्छु।कृष्ण जस्तै बनाएको देख्छु।तर यी सबै गरिरहदा के तपाईंको सन्तान कृष्णको मार्गमा छ्न? के तपाईं कृष्णको सिकाईमा हुनुहुन्छ? प्रश्न उठछ।
बच्चाहरु आफैमा कृष्ण हुन,हरेक बच्चाहरु कृष्णका रुप हुन।न उनिहरुलाई लोभ छ,न त ईष्र्या छ,न घमण्ड छ,न कसैलाई देखाउनु छ,न सुनाउनु छ।भगवान रुपि बच्चाहरुलाई हामी अभिभावकले नै गलत शिक्षा दिरहेको छौ।बच्चाहरुलाई ज्ञानि बनाउने चक्करमा झन अज्ञानि त बनाई रहेको त छैनौ?के तपाईंको बच्चालाई कृष्ण लाई जस्तै आरोपप्रत्यारोप लागोस भन्ने चाहानु हुन्छ?मणि चोर,मखन चोर,रणचोर र बहुस्त्री गामी?अनेक राक्षस- दैत्यहरु आएर पटकपटक हमला गरोस चाहानु हुन्छ? कृष्णको जिन्दगी बाट बच्चाहरुलाई शिक्षा दिने हो।जसको जन्म नै कारागारमा भयो।जन्मिने बित्तिकै एक घुड्की आमाको दूध पिउन पनि कृष्णको नसिवमा भएन।न त आमा- बाको प्रेम र साथको नसिव नै भयो।जन्मिने बित्तिकै अरुको सन्तान भनेर चिनिन पर्यो।जन्म मथुरामा अनि जन्मोत्सव गोकुलमा मनाए।जन्मेको ६ दिनना मार्न पुतनाजस्ती महाराक्षशी आईन र बिष पिलाईन।आफ्ना आमा बा'लाई १४ बर्ष पछि भेटेर मेरो आमा बा अर्कै रहेछ्न भन्ने थाहा पाए।जनता बचाउनको लागी आफू हार्न तयार भए।आफ्नै आँखा अगाडि आफ्नो बंश नास भयो। आफ्नै मामालाई मार्नुपर्यो।पाईला पाईलामा खतरा मोल्न पर्यो।एउटा प्राय भन्दा भन्दा प्यारो राधा जो बाट अनायासै टाडिन पर्यो र अर्को प्याण झै प्यारो वेणु त्याग्न पर्यो।अन्त्यमा महाभारत जिताउने संसारका सबै युद्ध सहजै जित्ने कृष्णलाई जाबो एउटा जरा नामको ब्याधाको बाणले अस्ताईदियो।यी सबै हुदा पनि कृष्ण न त कहिल्यै रोए,न त थाके,न त कसैसँग सहयोग र साथको अपेक्षा गरे,न त आत्महत्या गर्छु भनेर नै सोछे परन्तु सबै कुरा मुस्कुराउदै सामना गरे।सत्कर्म मात्र गरिरहे।स्वयं एक्लै लडिरहे र आफुलाई मार्नेलाई पनि आशीर्वाद दिदै देह त्याग गरे। 😘
सन्तानलाई कृष्ण जस्तो,राम/ रावण जस्तो,महादेव जस्तो होइन।सन्तानलाई सन्तान जस्तो बन्न दिनुस।ताकी उसले आफै जिउन जानोस।आफै सिकोस।सन्तानलाई दुख नहोस र सुखी रहोस भन्नू नै तपाईंको मुल दुखको कारण हो।
व्रत,पुजा र कृष्णको भेषमा कृष्ण खुसी हुदैनन्,कृष्णको भाव र उनको कर्मको अनुशणन गर्न सक्नुपर्छ। सबैमा पुर्ण ब्रहम कृष्ण परमात्मा प्राकटय दिवशको वेहिसाव शुभकामना !
#कृष्ण_जन्माष्टमी