Chandra Budha

Chandra Budha आफूले आफैलाई जिताउन अरुको भर नपर्नुहोस्, किनकि साथ दिएजस्तो गर्ने हरूले अलमल्याई रहेका पनि हुनसक्छन् । 🌹🙏

28/11/2025

जिन्दगीलाई माया गर्नुहोस्.......😊

27/11/2025

आफ्नो जीवनको सपना के हो त्यसलाई सम्झौँ, सपना एउटै मात्र हुनु जरुरी हुन्न, समयको अन्तरालमा नयाँ सपना पनि आउन सक्छन् ।आफ्नो हित कुनमा छ त्यसलाई चिनौँ ।
सपना देख्ने आँखालाई बन्द नगरौं ।..

🌿 हरेक बिहानको एउटा लसुन — सानो बानी, ठूलो परिवर्तन!लसुन केवल भान्साको मसला होइन,यो हाम्रो शरीरलाई भित्रदेखि बलियो बनाउन...
26/11/2025

🌿 हरेक बिहानको एउटा लसुन — सानो बानी, ठूलो परिवर्तन!

लसुन केवल भान्साको मसला होइन,
यो हाम्रो शरीरलाई भित्रदेखि बलियो बनाउने
सस्तो तर अत्यन्त प्रभावकारी ‘नेचुरल मेडिसिन’ हो।

बिहान खाली पेट १ कोया लसुन चपाएर खाने बानीले
के–के फाइदा दिन्छ?👇

❤️ १. मुटु र रगतका लागि ढाल

लसुनमा भएको Allicin ले

रगतको प्रवाह सुधार्छ

ब्लड प्रेशर सन्तुलनमा राख्छ

खराब कोलेस्ट्रोल घटाउन सहयोग गर्छ

मुटुसम्बन्धी समस्या भएका धेरै मानिसका लागि
यो एकदम उपयोगी प्राकृतिक सहायक हो।

🛡️ २. रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछ

लसुन प्राकृतिक एन्टिबायोटिक हो।
नियमित सेवनले शरीरलाई
रुघा–खोकी, संक्रमण र साना भाइरससँग
लड्ने क्षमता बढाउँछ।

🔥 ३. पाचन सुधार र पेट हल्का

खाली पेट लसुन खाँदा

ग्यास, अपच कम हुन्छ

आन्द्राको सुस्तापन घट्छ

पेट हल्का र सक्रिय महसुस हुन्छ

पाचन राम्रो भए शरीर आफैं तन्दुरुस्त हुन्छ।

🌟 ४. छालामा उर्जाशील चमक

लसुनले रगतलाई ‘क्लीन’ राख्न सहयोग गर्छ।
रगत सफा भए:

डन्डिफोर घट्छ

छाला चिप्लो हुन्छ

अनुहारमा नैचुरल ग्लो आउँछ

💧 ५. शरीर सफा राख्ने हल्का डिटक्स प्रभाव

लसुनले शरीरमा जम्मा भएको toxin
धेरै मात्रामा होइन तर अलि–अलि हटाउन सहयोग गर्छ,
जसको असर दिनभरको freshness मा देखिन्छ।

🥇 लसुन कसरी खाने?

बिहान एक कोया काँचो लसुन चपाएर खानुहोस्

त्यसपछि १ गिलास तातो पानी

३० मिनेट केही नखान

⚠️ कसले खाली पेट लसुन खान हुँदैन?

अम्लपित्त (gastritis / acidity)

पेटको अल्सर

अत्यधिक एसिडिटी हुने

रगत पातलो बनाउने औषधि खाने

लसुन allergy हुने

💡 निष्कर्ष

लसुन चमत्कार होइन,
तर नियमित सेवनले दिन–प्रतिदिन
शरीरलाई भित्र–बाहिर दुवै तिरबाट
सशक्त बनाउँदै लैजान्छ।

“सस्तो, सरल र प्राकृतिक—
स्वास्थ्य सुधार्ने एक उत्कृष्ट बानी।

बिडम्बना हेर्नुस् त समाजको! 💔​जसले बुढेसकालमा आफ्ना आमा-बुवाको सेवा गरिरहेको छ, खुट्टा मिचिरहेको छ, अस्पतालको धाउनु धाइर...
26/11/2025

बिडम्बना हेर्नुस् त समाजको! 💔

​जसले बुढेसकालमा आफ्ना आमा-बुवाको सेवा गरिरहेको छ, खुट्टा मिचिरहेको छ, अस्पतालको धाउनु धाइरहेको छ—उही छोरा आज बुवाको नजरमा "नालायक" छ। किन? किनभने उसले डलर कमाएको छैन, विदेशको मोहर लगाएको छैन।
​र जो विदेशमा "सेटल" भएर वर्षमा एकपटक भिडियो कल गर्छन्, ती चैं "लायक" छोरा भए!

​वास्तवमा, जसलाई बुवाले नालायक भन्दै हुनुहुन्छ, उहाँको बुढेसकालको साँचो सहारा उही हो। डिग्री र पासपोर्टको छापले मात्र मान्छे "ठूलो" हुँदैन, समय र परिस्थितिमा साथ दिने मान्छे नै सबैभन्दा महान हो।

​सलाम छ ती सन्तानलाई जसले आफ्नो "करियर" भन्दा माथि आफ्ना आमा-बुवाको "केयर" लाई राखेका छन्। 🙏
Copy

25/11/2025

✨ बच्चाहरूले हामीलाई नभनेका कुराहरू ✨

🔴 १. म सँग चर्को आवाज नबोल्नुहोस् ।
तपाईंको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ।

🔴 २. मेरो कुरा सुन्नुहोस् ।
जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु ।

🔴 ३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्।
कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु ।

🔴 ४. मलाई समय दिनुहोस् ।
तपाईंले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाइ त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाइको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् ।

🔴 ५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्।
यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो।

🔴 ६. म दुखी हुँदा मलाई समाउनुहोस्।
मलाई रुन दिनुहोस्। "तिमी धेरै नाटक नगर" भनेर गालि नगर्नुहोस् । मेरा भावना पनि तपाईंकै भावनाजस्तै वास्तविक हुन्छन् ।

🔴 ७. मलाई आफूलाई कसरी हेरचाह गर्ने भनेर सिकाउनुहोस्।
तपाइ आँफू पनि आराम गर्नुहोस् । सुत्नुहोस् । मनपर्ने कामहरू गर्नुहोस् । साथीभाइ भेट्नुहोस्। अभिभावक हुनु आनन्दको कुरा हो भनेर देखाउनुहोस्। तपाईं थकित, रिसाएको वा सबै कुरामा त्याग गरेको देख्दा मलाई दुख लाग्छ । किनकि यो सबै मेरो कारणले त होइन ? भनेर मैले सोच्न सक्छु ।

🔴 ८. म डराउँदा नजिकै बसिदिनुहोस् ।
मेरा बालसुलभ डरहरूमा नहाँस्नुहोस्। तपाईं पनि सधैं अँध्यारोबाट डरिनुहुन्थ्यो भनेर मलाइ भन्नुहोस् । अनि मेरो सिरानी मुनि टर्च लाइट राख्न दिनुहोस्।

🔴 ९. मलाई केवल म भएको कारणले माया गर्नुहोस्।
म छिटो दौडिन्छु । कविता सुनाउँछु । त्यस्तै अनेक परिपक्व व्यवहार गर्दा मात्र हैन म गलत हुँदा पनि माया गर्नुहोस् । मेरा गल्तीहरूमा समेत तपाईंको माया हराउँदैन भनेर मैले थाहा पाउनु आवश्यक छ।

🔴 १०. आफ्नो जीवनसाथीलाई माया देखाउनुहोस्।
झगडा कसरी गर्ने? झगडा भउमा कसरी मिलाउने ? कठिनाइको सामना कसरी गर्ने ? साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा म आमाको गर्भभित्रहुँदैमा तपाइबाटै सिकिरहेको हुन्छु ।

🔴 ११. म तपाइँकै विश्वासहरुबाट सिक्दै हुर्किरहेको हुन्छु ।
म प्राय तपाईंका विश्वासहरू नै सिकेर हुर्किन्छु । मेरो बारेमा । अरूको बारेमा । जीवनका बारेमा । यी विश्वासहरू सही छन् कि छैनन ? मेरो जीवनमा सहयोग प्रभाव पार्छन ? त्यो कुरा सोच्नुस् । यदि दपाइले यो संसार खतरा छ । मानिसहरू खराब छन् भन्ने सोच लिनुहुन्छ भने म पनि डर र अविश्वासकै गोरेटोमा हिँडिरहेको हुन सक्छु ।

🔴 १२. म तपाईँलाइ बुझिरहेको हुन्छु ।
मलाइ यो कुरा थाहा छ की तपाईंले मलाई माया गर्नुहुन्छ । त्यसका लागी दुख र कष्ट सहँदै अनेक प्रयास गर्नुहुन्छ। खराब दिन र साना असफलताहरू सामान्य हुन्छन भनेर मलाइ सिकाउनुहोस । आँफु पनि सिक्नुहोस् । आफ्नो पनि ख्याल गर्नुहोस् । आफुले आफैलाई क्षमा गर्नुहोस । अनि म पनि त्यहीबाट सिक्नेछु।

🔴 १३. मलाई मुस्कान दिनुहोस् ।
तपाईंको साँचो मुस्कानले मलाई शान्त पार्छ। मलाई सुरक्षित महसुस गराउँछ। यसले मलाई माया पाइरहेको छु जस्तो महसुस गराउँछ। तपाइका ममतामयी हातहरुले मेरा हात समाउँदै मेरो कपाल सुम्सुम्याएर स्पर्श सहित मलाइ मुस्कान दिनुभयो भने मेरा धेरै डरहरु हराउनेछन् ।

क्रीकेट अनि पश्चिम नेपाल !🇳🇵🏏
25/11/2025

क्रीकेट अनि पश्चिम नेपाल !🇳🇵🏏

Did You Noticed: Facebook Open गर्दा देखिने logo अहिले different type काे देखिन थालेको छ। 😮
25/11/2025

Did You Noticed: Facebook Open गर्दा देखिने logo अहिले different type काे देखिन थालेको छ। 😮

पराल किन्न गएकाे धनिया पनि पाईदाे रहेछ 😂😂🤣🤣
25/11/2025

पराल किन्न गएकाे धनिया पनि पाईदाे रहेछ 😂😂🤣🤣

भयानक बन्दैछ, भिटामिन डीको कमी भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्र...
04/11/2025

भयानक बन्दैछ, भिटामिन डीको कमी भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कमखानेकुराहरुमामात्रपाईन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिजतत्वहरुको उपपाचनका लागि आवश्यक यो भिटामिनको अभाव अहिले आम रुपमै देखिनथालेको छ । आन्तरिक रुपमा शरीर भित्रै पनि बन्न सक्ने हुनाले धेरै वैज्ञानिकहरू यसलाई भिटामिन नमानेर हर्मोन पनि मान्दछन् । श्रोत प्राकृतिक रुपमा धेरै कमखानेकुरामा भिटामिन डी पाईन्छ । विशेषत समुन्द्रि माछा (टयुना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाईन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुधमा पनि भिटामिन डी पाइन्छ । केही च्याउहरुमा पनि थोरै मात्रामा भिटामीन डी मिल्न सक्छ । प्राकृतिक रुपमा धेरै कम तत्वहरुमा भिटामिन डी पाईने भएकाले आजकल दुध, मख्खन, पनिर र तैयारी खानेकुराहरूमापनि भिटामिन डी मिसाउन थालिएको छ । भिटामिन डी को कामहरु १) भिटामिन डी ले आन्द्रामा क्याल्सियम र फस्फोरसको अवशोषणलाई मद्दत पु¥याउँदछ । २) क्याल्सियम र फष्फोरस जस्ता तत्वहरुलाई हड्डीमा पुर्याएर अस्थि घनत्वलाई बरकरार राख्नपनि भिटामिन डी को आवश्यकता पर्दछ । ३) मृगौलामा मुत्रको रुपमा खेर गईरहेको क्याल्सियमलाई पुनःअवशोषण गरि क्याल्सियम नष्ट हुनदिदैन । ४) भिटामिन डी ले हड्डी मांशपेशी र लिगामेन्टहरुलाई मजबुद बनाउँदछ । ५) नशा र मांशपेशीको कार्यलाई सुचारु बनाउँदछ । ६) शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ । ७) घाउ खटिरा चोटपटक र संक्रामक रोगहरु चाडै निको पार्न मद्दत पु¥याउँदछ । ८) मुटु, मृगौला, कलेजो, फोक्सो जस्ता कोमलअड्डहरुको रोगहरुको गम्भिरतालाई घटाएर रोगलाई नियन्त्रण गर्न मद्दत पु¥याउँदछ । ९) क्यान्सरप्रतिकार गर्न मद्दत पु¥याउँदछ १०) डर चिन्तातनाव र उदासिनताको समस्याकमगर्न सहयोग गर्दछ । कमी भए के के हुन्छ भिटामिन डी को कमीले बच्चाहरुमा रिकेट्स र वयस्कहरुमा अष्टियोमलासिया नामक रोगहरु लाग्दछ । यि रोग लागेकाहरुको आन्द्राले पर्याप्त क्याल्सियम अवशोषित गर्न सक्दैन । फलतः रगतमा क्याल्सियम र फस्फोरसको स्तर यथावत राख्न शरीरले हड्डी र कार्टिलेजहरुमा संकलित क्याल्सियम र फस्फोरस निकालेर रक्त स्रत कायम राख्दछ । भिटामिन डी को कमि भए पिसाबमा खेर गईरहेका क्याल्सियम र फस्फोरसलाई पनि पुनअवशोषण गरेर फर्काउन नसक्दा पिसाबमा यि तत्वहरुको उत्सर्जन देख्न सकिन्छ । यि सबै घटनाहरु घट्दा मुुख्यतःनिम्नलिखित लक्षणहरु देख्न सकिन्छ : १) हड्डीको अस्थि घनत्व घट्ने । २) हड्डी कमजोर भईभाच्चिने चर्किन र बाड्डिने । ३) जोर्नीहरु दुख्ने, चलाउदा कटकट आवाजआउने ४) ढाड, कम्मर, गर्दन दुख्ने, पिडुला, तिघ्रा दुख्ने ५) कपाल झर्ने, नड्ड भाचिने । ६) जिउ पोल्ने, मासंपेशी बाउडिने । ७) घाउ खटिरा र संक्रमण भइरहने । ८) थाकेको महसुस हुने, सिशिलता बढ्ने । ९) बेचैनी बढ्ने-भावनात्मक विचलन भइरहने । १०) महिनावारी गडवड भइरहने । ११) बाँझोपन र नपुंशता जस्ता समस्या देखापर्ने १२) हर्मोनमा असन्तुलन १३) थकान । १४) मांशपेशी एवं हड्डीमा दिर्घकालिन पीडा । १५) तौल बढ्ने । १६) मांशपेशीहरु बाउडिने। १७) जोर्नी दुख्ने । १८) निन्द्रा कचमिच रहने । १९) मानसिक तनाव । २०) स्मृतिनास । २१) टाउको दुख्ने । २२) रक्तचाप बढ्ने । २३) नरमाइलो लागि रहने । २४) एकाग्र, ध्यानात्मक र लयात्मक हुन नसक्ने । २५) इच्छाशक्तिमा कमि । २६) घोर निरासा । २७) बेचैनी । कम हुने कारणहरु १) खानामा भिटामिन डी युक्त खानेकराहरुको कमि । २) घाममा एक्सपोज हुन नसक्ने जीवनशैली । ३) सूर्यको किरण प्रतिराधि निवास स्थान, भेषभुषा र मौसम। ४) धेरै कालो छालाः छालामा भएको मेलालिनपिगमेण्टले सूर्यको अल्ट्रामाइलेटलाई प्रतिरोध गरि भिटामिन बन्न दिदैन । ५) पाचन प्रणाली कलेजो एवं मृगौला सम्बन्धि रोगहरु । ६) मोटोपन । ७) तनाव चिन्ता भय उदासिनता अनिन्द्रा र अन्य मनोवैज्ञानिक समस्याहरु । ८) क्रोन्स डीजिज, सिस्टिक फाइब्रोसिस, सिलियाक रोग जस्ता रोगः जस्ले भिटामिन डी का अवेशेषणलाई प्रभावित गर्छ । बढी भए के हुन्छ शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भए पनि नशा र मांशपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने मांशपेशीको टोन कम हुने, वेचैनी बढ्ने, कोमल तन्तुहरुमा क्याल्सियम जम्मा हुने, मृगौलामा पत्थरी पलाउने मृगौला फेल हुने र हड्डी र कलेजहरु असाधरण रुपले बढ्ने जस्ता समस्या देखा पर्दछ । कमी भएको कसरी थाहा पाउने भिटामिन डी को रक्तस्तर ठीक छ छैन भनेर भिटामिन डी २५ हाइड्रोक्सी–कोलेक्यल्सिफेरोलको रक्त–स्तर जाँच्नु पर्ने हुन्छ । केहि खानेकुरामा भिटामिन डी पाइन्छ १) बोसो भएको माछा÷माछाको तेल २) कलेजो ३) अण्डाको पहेंलो भाग ४) पनिर, चिज, नौनी, दुध ५) मर्जारिन ६) भिटामिन डी मिसाइएको खानेकुराहरु

(दुई मिनेट लाग्छ कृपया पढिदिनुहोला )"कोडोकुशी" — जसको मृत्यु कसैले थाहा नै पाउँदैन जापानमा यसलाई कोडोकुशी भनिन्छ — अर्थ:...
01/11/2025

(दुई मिनेट लाग्छ कृपया पढिदिनुहोला )
"कोडोकुशी" — जसको मृत्यु कसैले थाहा नै पाउँदैन
जापानमा यसलाई कोडोकुशी भनिन्छ — अर्थ: “एक्लो मृत्यु।”
यो तब हुन्छ, जब कुनै व्यक्ति आफ्नो घरमै एक्लो अवस्थामा मर्छ, तर कसैलाई थाहा हुँदैन।
न परिवार आउँछ, न साथीभाइ। केवल मौनता मात्र बाँकी रहन्छ।
दिन बित्छन्, अनि हप्ता बित्छन्।
अन्ततः घरको पर्खालबाट गन्ध आउन थाल्छ — त्यो गन्ध नै संकेत हुन्छ कि त्यहाँ कुनै बेला एउटा जीवन थियो।
सन् २०२४ मा मात्र, जापानमा ७६,००० भन्दा बढी एक्लै बस्ने मानिसहरू मृत अवस्थामा फेला परे।
तीमध्ये झन्डै तीन चौथाइ ६५ वर्षभन्दा माथिका थिए।
कसैको मृत्यु तब मात्र पत्ता लाग्यो जब उनको बैंक खाताले स्वचालित रूपमा भाडा तिर्न बन्द गर्‍यो।
कसैको त छिमेकीहरूले झिँगा देखेपछि मात्र थाहा पाए।
त्यो फोटोमा हेर्नुहोस् — त्यो म्याट्रेस अब केवल एउटा सम्झना हो।
त्योमा देखिएका दाग र चिह्नहरूले बोलिरहेका छन् —
त्यहाँ कहिल्यै कोही हाँस्दथ्यो, पकाउँथ्यो, सपना देख्थ्यो... र अन्ततः चुपचाप बिर्सिँदै गयो।
जापानको वृद्ध जनसंख्या बढ्दै जाँदा यस्ता घटनाहरू हरेक वर्ष दोहोरिँदै छन्।
तर कोडोकुशी केवल जापानको कथा होइन — यो त हामी सबैका लागि चेतावनी हो।
जब समाजले एक्लोपनलाई सामान्य मान्न थाल्छ,
जब हाम्रो गति यति तीव्र हुन्छ कि हामी रोकिएर कसैको माया र ख्याल गर्न बिर्सन्छौँ —
त्यो बेला यस्ता मौन मृत्युहरू जन्म लिन्छन्।
किनभने, यो संसारबाट कसैले पनि नोटिस नगरिएको अवस्थामा जानु नपरोस् —
यही हो मानवताको सबैभन्दा गहिरो सन्देश। # copy

Address

Achham
44600

Alerts

Be the first to know and let us send you an email when Chandra Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra Budha:

Share