KamalBazar Media

KamalBazar Media कमलबजार एउटा रमणीय ठाउँ हो । यहाँका विविध सम्भावना लाई उजागर गर्ने हाम्रो उदेश्य हो ।

22/01/2025
11/11/2024

कवि कमलराज केसीको बहुचर्चित कविता छाउगोठकी झुमाChhaugothki Jhuma By Poet Kamal Raj KC KBMTV ONLINEHD

03/11/2024

banpapakha

03/11/2024

ढकारी देवकोटको कार्यक्रममा उपस्थीत राजाराम भाट,पुष्प शाह लगायत सबै जरुक्क उठेर देउसी भैलो खेल्न थालेपछी

https://kamalbazardainik.com/16057/
31/10/2024

https://kamalbazardainik.com/16057/

हिक्मत बहादुर नेपाली कमलबजार, कात्तिक १५ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ...

https://kamalbazardainik.com/15987/परियोजनाको पालिका स्तरीय परिचयात्मक कार्यक्रम कमलबजारमा सम्पन्नहिक्मत बहादुर नेपालीकम...
22/10/2024

https://kamalbazardainik.com/15987/
परियोजनाको पालिका स्तरीय परिचयात्मक कार्यक्रम कमलबजारमा सम्पन्न
हिक्मत बहादुर नेपाली
कमलबजार, कात्तिक ६
वाक नेपाल तथा आस्था नेपाल द्धारा सञ्चालित बिभिन्न परियोजनाको पालिका स्तरीय परिचयात्मक कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । वाक नेपालका अध्यक्ष सुरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर रहनु भएको थियो ।
प्रमुख अतिथीको आसन बाट बोल्दै उपप्रमुख कुँवरले परियोजना सञ्चालन गर्नका लागी पालिकाले पुर्ण रुपमा सहयोग गर्ने र साझेदारी गरेर अगाडी बढ्ने बताउनु भयो । साथै संस्थाले कमलबजार नगरपालिकाका वडा नं २,३,४ र ५ मा सञ्चालन गरेका वालबालिकाको क्षेत्रमा वालबालिकाको क्षमता अभिवृद्धि गर्नमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो साथैं कृषिको क्षेत्रमा गरिएको कार्यक्रमको प्रसंशा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा कमलबजार नगरपालिका वडा नं २ का अध्यक्ष दिर्घा टमटा ३ का अध्यक्ष नन्द सिंह कुँवर वडा नं ५ का अध्यक्ष तथा पालिकाका प्रबक्त्ता सत्यराज तिमिल्सैना पालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर बिष्ट, पालिकाका प्रशासन तथा योजना शाखा प्रमुख खड्ग बहादुर बिष्ट, ईलाका प्रहरी कार्यालयका प्रमुख हर्ष बहादुर चन्द लगायत सरोकारवाला विभिन्न संघसंस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रममा वाक नेपाल तथा आस्था नेपालले पालिकामा सन २०२४ का सञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा सन् २०२५ मा सञ्चालन गरिने कार्यक्रमका बिषयमा जानकारी गराईएको थियो ।
आस्था नेपालको तर्फ बाट सन् २०२४ मा सञ्चालित परियोजना तथा सन् २०२५ मा सञ्चालन गरिने कार्यक्रमका बारेमा बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाका फिल्ड अधिकृत दिल बहादुर शाहीले जानकारी दिनु भएको थियो । उहाँले आस्था नेपालले सन् २०२५ मा २७ लाख २८ हजार ६ हजार ८७ बराबरको अनुमानित बजेटको दायरा भित्र रहेर बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनु भएको थियो बताउनु भयो । रुपान्तरण कक्षा सञ्चालन, विपन्न तथा जोखिममा रहेका वालवालिका लाई आर्थीक सहायता प्रदान गर्ने, बालबालिकाको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने अधिकृत शाहीले जानकारी दिनुभयो ।
यस्तै बाक नेपालको तर्फ बाट सञ्चालित कार्यक्रम तथा सञ्चालन गरिने कार्यक्रमको बारेमा कार्यक्रम संयोजक अनु बस्नेतले जानकारी दिनु भएको थियो । उहाँले बिद्यालय दिवाखाजामा स्थानीय कृषि जन्य उत्पादनको प्राथमिता दिने, कषिमा सिप र प्रविधिको प्रयोग लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नका लागी सन २०२५ को लागी अनुमानित ४५ लाख ५९ लाख ७ सय ७५ को अनुमानित बजेट रहने जानकारी दिनु भएको थियो ।
कार्यक्रमको खुल्ला सत्रमा सहभागीले परियोजनाले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा आआफ्ना जिज्ञासा राखेका थिए । वाक नेपालका अध्यक्ष सुरत बहादुर खड्काले सहभागीका प्रश्नका जवाफ दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जीवन नेपालीले गर्नु भएको थियो ।

Address

Achham
10711

Alerts

Be the first to know and let us send you an email when KamalBazar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KamalBazar Media:

Share