Zen-Z Achham Nepal

  • Home
  • Zen-Z Achham Nepal

Zen-Z Achham Nepal निडर ,निष्पक्ष र सधैँ अगाडि ।।��

22/09/2025

नेपालमा अहिलेसम्म जे जति परिवर्तन भएका छन त्यसमा सुदूरपश्चिमेलि जनताको भूमिका महत्त्वपूर्ण छ। विशेष गरेर यही भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा पनि सुदूरपश्चिमेली जनताको भूमिका अहम छ । यस आन्दोलनमा सुदूरपश्चिमबाट नौ जना सहिद भएका छन। उनीहरूले आफ्नो घरपरिवार भन्दा पनि आफ्नो देशलाई उच्च स्थानमा राखी छातीमा गोली थापे उनीहरूको बलिदानको बलबुतामा नेपालमा अन्तरिम सरकार पनि गठन भयो। यो सरकारमा विभिन्न ठाउँका विभिन्न विज्ञ व्यक्तिहरू समेटेर मन्त्रिमण्डल गठन गरिरहँदा सुदूरपश्चिमलाई ओझलमा पारिएको छ। सुदूरपश्चिममा मन्त्री बन्न उपयुक्त व्यक्ति नभएर हो कि सुदूरपश्चिमलाई हेपेको वा फेरि पछाडि पार्न खोजिएको होत? हिजोका दिनहरूमा पनि सुदूरपश्चिमले पछाडि पारिँदै आएको छ। अहिले देशमा यत्रो परिवर्तन भइराख्दा र सुदूरपश्चिम अपुरणीय क्षति भइराख्दा कसैलाइ चासो किन नभएको होला?
# # # #नेपालसरकार
# #

19/09/2025

दुःख लागिरहेको छ महान सहिदहरूले देशका लागि दिएको बलिदान खेर जाने बाटोतिर मोडिँदैछ । जसले आफ्नो ज्यान दिन तयार भयो आज ती सहिदहरू माथि अन्य गरिँदैछ। न त जनभावना अनुरूप सरकार बन्न सक्यो न त ती सहिदहरूले चाहेको जस्तो भ्रष्टाचारीहरू माथि छानबिन गरी कारबाही गर्ने कुरो नै छ। जुन व्यक्तिलाइ देशको भविष्य सम्झेर ती महान शहीदहरूले आफ्नो ज्यानको आहुती दिए आज त्यही व्यक्तिले न त सहिदहरूलाई श्रद्धाञ्जली नै दियो न त उनीहरूको परिवारलाई भेटेर सान्तवना नै दियो । आज उसलाई भेटन पनि राजा महाराजाका भन्दा पनि अप्ठ्यारो छ रे। आज ऊ मुसा दुलोमा लुके जसरी कता छ के छ कसैलाई थाहा नै छैन। उसलाई यो हेक्का रहोस कि कुनैबेला सडकमा केपी बा आइ लभयुका नाराहरू पनि लागेका थिए। आज त्यही केपी ओलीमाथि केपी चोर देश छोडका नारा पनि लागेको थाहा नै होला। यदि आफूलाई सबै थोक ठानेको भने तिमी गल्ती गर्दैछौ। तिमी किन र केका लागि मुसा झै दुलो भित्र लुकेर बसेका छौं यसलाई स्पष्ट भन्नुहोस । कि त कसै देशको गुलामी बन्न खोज्दैछौ कि त कुनै देशको इशारामा देशलाई नचाउन खोज्दैछौ । यदि तिमीले केही सक्दैनौ भने हात खडा गरेर बिस्कुटको नशामा स्टाटस लेख्न र बोल्न बन्द गर।।
# ***n
# Zen-z

19/09/2025

नेपाली जनताको भावना विपरीत बनाइएको संविधान मान्ने छैन। यस संविधानलाई देश खाने धमिराहरूले आफ्नो स्वार्थमा निहित रहि बनाएको हुदा यो संविधान जेन्जी पुस्तालाई मान्ने हुने छैन ।अहिले देश र जनताले खोजेको प्रत्यक्ष कार्यकारी यो संविधानले दिन सक्दैन । आजका दिनबाट यो संविधानको विकल्प खोजिनुपर्छ र त्यसमा जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्रीको परिकल्पनाका साथै अहिलेको संसदीय व्यवस्थाबाट बनाइने कार्यपालिकाको अन्त्य गरिनुपर्छ र गैर राजनीतिक दलबाट राष्ट्रप्रमुख हुने व्यवस्था गरिनुपर्छ।
“We do not accept the Constitution of Nepal 2072.”

17/09/2025

हाम्रो देशलाई बिकास गर्नु छ भने यी कुराहरुलाइ प्राथामीकता राख्नुपर्छ
1)शिक्षा ( तल्लो तह देखि नै बिद्यार्थीलाई सिपयुक्त बनाउनुपर्छ )
2) स्वास्थ(स्वास्थलाइ सकेसम्म निसुलक बनाउनुपर्छ)
3)कृषि ( कृषिलाई आधुनिकीकरण गर्नुका साथै उन्नत जातका बिउबिजन र सकेसम्म मल उधोग बनाउनुमा जोड दिनुपर्छ)
3) प्रबिधि (ठाउँ ठाउँ आबिस्कार केन्द्र खोली देशमा भएका प्रतिभावान ब्याक्तिको पहिचान गरि देशमा राख्ने वातावरण मिलाउनुपर्छ।।

17/09/2025

2082 भाद्र २३ र २४ गते देशैभरि भएको जेन्जी प्रदर्शनमा आफ्नो घरपरिवारलाइ भन्दा पनि राष्ट्रलाई शिरमा राखेर छातीमा गोली थाप्न तयार भएका शहीदहरूप्रति हार्दिक श्रद्धासुमन।🙏🙏

16/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा- मन्त्रिपरिषद्ले पूर्णता पाएपछि भ्रष्टाचार छानबिनका लागि आयोग बनाउँछौँ

प्रधानमन्त्री सुशीलाले भनेकी छन्- हामीले भ्रष्टाचार अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्‍यायौँ भनेपनि अर्को सरकारले अरु कामहरु गर्न सक्छ । जबसम्म भ्रष्टाचारको अनुसन्धन हुँदैन, तबसम्म यो मुलुकले निकास पाउँदैन, त्यो हामीलाई लागेको छ । त्यो हामी अनिर्वाय गर्नेमा छौँ ।

Address


10700

Website

Alerts

Be the first to know and let us send you an email when Zen-Z Achham Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share