05/08/2026
जिल्ला ट्राफिक कार्यालयले गोरुसिंगे सन्धिखर्क सडकका सवारी चालक तथा सहचालकको निशुल्क स्वास्थ परिक्षण ठाडाबाट सुरु गरेको छ । शितगंगा नगरपालिकाको सहयोगमा ट्राफिक कार्यालयको ब्यवस्थापनमा कार्यक्रम सुरु गरिएको छ । ठाडामा ३ दिन स्वास्थ परिक्षण गरिने र त्यस लगतै सन्धिखर्क र अन्य शाखामा सञ्चालन गरिने जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख लिल बहादुर कुंवरले जानकारी गराउनु भयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सवारी चालकले यात्रुको समयको महत्व बुझ्न नसकेको भन्नै ध्यानाकर्षण गराउनु भयो ।
साथै सवारीले मनपरि भाडा लिने गरेको गुनासो भइरहेको भन्दै सम्पुर्ण सवारी सञ्चालन समितिहरुलाइ सवारीमै भाडा लिस्ट टास्न अनुरोध गर्दै अन्यथा कारवाही पनि हुन सक्ने छ ।