18/05/2025
दैनिक रुपमा कोरियन भासाको नमुना प्रश्नहरु र ग्रामरको लागि हामी सँग जाेडिनुहोला ❗️
✅ N + 에 따라 = को अनुसार...
यो चाहिँ Noun संग जोडिएर केही कुरा बाहिर आएको स्रोतको पुष्टि गर्छ। जस्तै,
광고에 따라 = बिज्ञापनको अनुसार
뉴스에 따라 = समाचारको अनुसार
문화에 따라 = संस्कृती अनुसार
✅ N + 을/를 통해서 = को माध्यमबाट/मार्फत
Noun संग जोडिएर केही कुरा प्राप्त भएको स्रोतलाई पुष्टि गर्छ।
Consonant Ending भए - N + 을 통해서
Vowel Ending भए - N + 를 통해서 हुन्छ।
जस्तै,
제가 인터넷을 통해서 한국어를 배우고 있습니다.
मैले ईन्टरनेटको माध्यमबाट कोरियन भाषा सिक्दै छु।
고용센터를 통해서 새 직장을 찾았습니다.
रोजगार केन्द्रको मार्फत नयाँ कार्यस्थ खोजे ।
✅ N + 처럼 = जस्तो/जस्तै
यो पनि Noun संग जोडिएर कुनै दुई चिजको बिचमा तुलना गर्दा प्रयोग हुन्छ।
जस्तै,
이 남자는 한국 사람 처럼 있어요.
यो केटा चाहिँ कोरियन मान्छे जस्तो छ।
친구 도 나 처럼 한국말을 배우고 있어요.
साथी पनि म जस्तै कोरियन भाषा सिक्दै छ।
✅ N + (이)구나. = हो नि।
Vst + 군요. = आहा ! ....पो .....नि।
दोस्रो व्यक्तीसँग कुनै कुरा थाहा भए पछि हर्ष (खुसी) व्यक्त गर्दा प्रयोग गरिन्छ ।
Consonant Ending भए 이구나
Vowel Ending भए 구나. जोडिन्छ।
अनि क्रियाको धातु(Vst) संग चाहिँ 군요. जोडिन्छ।
जस्तै,
나도 네팔 사람이구나. (네팔 사람)
अहो! म पनि नेपाली हो नि।
이 사람이 가수구나. (가수)
यो मान्छे गायक हो नि।
저기 공원에 예쁜 꽃을 있군요. (있다)
आहा! ऊ त्यहाँ पार्कमा सुन्दर फूल पो छ नि।
✅ Vst.... + 나요?
Adj + (은/ㄴ)가요?
यो चाहिँ दोस्रो व्यक्तिलाई कुनै कुरा हो कि होईन वा छ कि छैन भनेर सोध्दा प्रयोग गरिन्छ।
कुनै Action verb विभिन्न रुपसंग चाहिँ Vst.... + 나요? हुन्छ।
अनि यदि क्रिया बिशेषण (Adjective Verb) को धातु(Vst) मा चाहिँ Consonant Ending भए Adj + 은가요? र Vowel Ending भए Adj + ㄴ가요? जोडिन्छ।
जस्तै,
밥을 먹은나요 ? (먹다 past 먹은)
भात खायो कि खाएन?
담배를 피우나요? (피우다)
चुरोत पिउँछ कि पिउँदैन?
일이 많은가요? (많다)
काम धेरै छ हो?
값이 비싼가요? (비싸다)
मुल्य महँगो छ हो?
✅ Vst + 는다고요? = धातु + ने भनेको हो?
Adj + (은/ㄴ)다고요? = बिशेषण + भनेको हो ?
यो चाहिँ आफुले सुनेको कुनै कुरालाई दोस्रो व्यक्तिसंग हो कि होईन भनेर निश्चित गर्नलाई सोध्ने बेला प्रयोग गरिन्छ। कुनै Action verb को धातु (Vst) संग 는다고요? हुन्छ। अनि यदि क्रिया बिशेषण (Adjective Verb) को धातु(Vst) मा चाहिँ
Consonant Ending भए 은다고요?
Vowel Ending भए ㄴ다고요? जोडिन्छ।
जस्तै,
이번 주에 월급이 받는다고요? (받다)
यो हप्तामा तलब पाउने भनेको हो?
토요일에 여행을 가는다고요? (가다)
शनिबार भ्रमण जाने भनेको हो?
작은다고요? (작다)
सानो भनेको हो?
큰다고요? (크다)
ठूलो भनेको हो?
✅ Vst + (을/ㄹ) 뻔했어요. = झन्डै ....भएको
कुनै पनि कुरा झन्डै हुनै लागेको तर नभएको अवस्थामा यसको प्रयोग गरिन्छ।
यदि क्रिया (Verb) को धातु (Vst) मा ㄹ बाहेक
Consonant Ending भए 을 뻔했어요.
Vowel Ending भएमा वा ㄹ फात्छिम भएमा ㄹ 뻔했어요. हुन्छ। जस्तै,
오늘 약을 잊을 뻔했어요. (잊다)
आज औषधि झन्डै बिर्सेन।
회사에 올때 사고가 날 뻔했어요. (사고가 나다)
कम्पनिमा आउने बेला झन्डै दुर्घटना भएन।
일을 하다가 손을 다칠 뻔했어요. (다치다)
काम गर्दा गर्दै हात झन्डै चोट लागेन ।