Rani Manrupa

Rani Manrupa सुख-दु:ख साटौला बिसाउला मनको भारी!मनोरञ्जनको यो हो साझा चौतारी!!Flow me/page & like comment share all the flowing contents.

05/03/2025

महिला रस्साकस्सी(लुठ्ठो) तान्ने खेलमा खेल सुरु हुन अगाडी तानातान भएपछि

दश बर्ष पहिले हरायको मेरो फेसबूक पेज बल्ल आज खुलाउन सफल भए। पहिले झै साथ सपोर्ट र माया गरिदिनु होला।।Rani Manrupa     #ल...
05/03/2025

दश बर्ष पहिले हरायको मेरो फेसबूक पेज बल्ल आज खुलाउन सफल भए। पहिले झै साथ सपोर्ट र माया गरिदिनु होला।।Rani Manrupa #लालीगुरास फुलेको वनै रमाइलो ❤️

18/06/2015

एकछिन् रमाइलो गरौ (चुट्किला)
====================
====================

१)
पन्डित बाजेलाई झाडा पखालाले लास्टै च्यापेछ…
ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनी के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साब ?
डाक्टर : जोडले शंख नफुक्नु होला ।

२)
मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुस : तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ ?
मुन्द्रे : फ्यानको नजिकै गएर बस्छु
धुर्मुस : त्यसो गर्दा पनि गर्मी कम भएन भने ?
मुन्द्रे : फ्यान अन गर्छु

३)
एउटी केटीले झ्यालबाट पेटिकोट बाहिर सुकाउदा सधैं तल्लो फ्ल्याटको सेरेको झ्याल ढाक्ने गरी सुकाउथी, सेरेले जती सम्झाए पनि नमाने पछी उस्लाई पनि झ्वाक चलेछ र आफ्नो कट्टु बाँसमा बेरेर केटीको झ्याल सम्म पुग्ने गरी ठाडो पारेछ। यो सब देखेर केटीले झ्यालबाट मुन्टो निकालेर तल तिर हेर्दै सेरेलाई भनेछ, यो के गरेको ? आफ्नो कट्टु तल सार ? सेरेले पनि जवाफ दिएछ, पहिले तिमी आफ्नो पेटिकोट माथि सार अनी मात्रै…

४)
एउटा असी बर्षको बुढोले डाक्टर कहाँ गएर आफ्नो तरुनी स्वास्नीको बारे फुर्ती लगाउदै गफ गर्न थालेछ,
डाक्टर साब मेरो २२ बर्षकी बुढी गर्भवती भएकी छ, तपाईंको केही भन्नु छ ?
यतिकैमा डाक्टर साबले एउटा कथा भन्न थालेछ, एक पटक एउटा शिकारीले हतारको बेला बन्दुक भनेर छाता बोकेर हिंडछ, जंगलमा जादा जादै बाघ देख्छ, शिकारीले हत्त पत्त छाता उठाउदै उघार्छ । ड्याम्म त्यो बाघ त्यही ठहरै हुन्छ। यो सुनेर बुढोले भनेछ : यो त असम्भब छ, अर्को कुनै ब्यक्तीले बाघलाई हानेको हुनु पर्छ ।
डाक्टर साब : हो मेरो भनाइ पनि यती मात्रै हो । कुरा बुझेर ल्याउनुस न…

५)
स्वास्नीले झ्वक्किएर लोग्नेलाई फोन गर्दै : हैन कहाँ मुन्टिएको हो यती अबेर सम्म ?

लोग्ने : प्रिय, तिमीलाई सम्झना छ त्यो गहना पसल…
जहाँ तिमीले एउटा हिराको हार निकै मन पराएकी थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन…
तर मैले भनेको थिए, एक दिन त्यो हार तिम्रो अवस्य हुनेछ भनेर…
स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले सम्झिए…
लोग्ने : हो… म त्यै गहना पसलको अघिल्तिरको भट्टिमा छु ।

६)
हर्केकी बुढी : हर्के तिमी बिहान सधैं मन्दिर किन जान्छौ, भनत ?
हर्के : किनकी त्यहा पूजा, अर्चना, आरती, ज्योति, लक्ष्मी, दुर्गा, शान्ती हुन्छ त्यसैले ।

७)
हजुर बा किताब पढेर बसिरहेका थिए, यतिकैमा नाती आएर सोध्यो, हजुर बा…
हजुर बा, के पढिरहनु भा'को ?
हजुर बा : ईतिहास पढेको बाबु !
नाती : (किताबको गता हेर्दै) तर यो त सेक्स सम्बन्धी किताब जस्तो पो छ नि ?
हजुर बा : मेरो लागि त यो ईतिहास नै हो बाबु !!

रक्षा मैच्याङले पनि पत्याइ'न - साङ्लो र बले पनि कहाँ गएछ यतिबेला - यसो हल्का तुच्चा लाउन सोल्माडी तिर  झर्नु पर्ने - हल्...
18/06/2015

रक्षा मैच्याङले पनि पत्याइ'न - साङ्लो र बले पनि कहाँ गएछ यतिबेला - यसो हल्का तुच्चा लाउन सोल्माडी तिर झर्नु पर्ने - हल्का टेन्सन भा'को अवस्था सकि गोनि ।।

17/06/2015

यो केटीहरुले के कुरा गरेको होला - how funny रे:)
खै मैले त केहि बुझिन - तपाईंले बुझ्नु भयो कि?

17/06/2015

केटीहरुको नाटक:) भाउ खोज्दा यस्तो लाज पो हुदो रैछ ।।

16/06/2015

handsome को नि लिमिट हुन्छ नि यार:) हेर्नुस यो छोटो ड्रमा(भिडियो)

यो कुन ठाँउ होला:) देख्ने बित्तिकै लाइक गर्नुहोस्:) तपाईंले चिताएको काम अवश्य पुरा हुनेछ ।। शुभ प्रभात - शुभ दिन ।।।
16/06/2015

यो कुन ठाँउ होला:) देख्ने बित्तिकै लाइक गर्नुहोस्:) तपाईंले चिताएको काम अवश्य पुरा हुनेछ ।। शुभ प्रभात - शुभ दिन ।।।

लरक्कै लर्क्यो निलो साडी भुइँमा ।जो पनि आउछ राम्री छ्यौ भन्छ, भन्देउ न कुन चाहिँ राम्री हामी दुईमा ।।
16/06/2015

लरक्कै लर्क्यो निलो साडी भुइँमा ।
जो पनि आउछ राम्री छ्यौ भन्छ,
भन्देउ न कुन चाहिँ राम्री हामी दुईमा ।।

कृपया, नियालेर हेर्नुस् यस दुर्लभ तस्बिरलाई - अनि झट्ट उब्जिएको मनको बिचार लेख्नुहोस कमेन्टमा ।।
16/06/2015

कृपया, नियालेर हेर्नुस् यस दुर्लभ तस्बिरलाई - अनि झट्ट उब्जिएको मनको बिचार लेख्नुहोस कमेन्टमा ।।

आजको राशिफल २०७२ आषाढ ०१ गते मङ्गलबार=======मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –वित्तीय क्षेत्र र व्यापारिक लगानीका...
16/06/2015

आजको राशिफल
२०७२
आषाढ ०१ गते
मङ्गलबार
=======
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा भनेजस्तो जस र सम्मान प्राप्त हुनेछैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पठनपाठनमा प्रगति हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजको समय राम्रै छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरपरिवारबाट टाढा बस्नेहरुमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । व्यापार गर्नेले गलत निर्णय गर्ने सम्भावना छ, विशेष गरी लगानीका क्रममा सचेत रहनु राम्रो हो । भाग्यको चन्द्रमाको प्रभावले मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुन सक्छ । परिवारमा सामान्य मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला । बेलुका पारिवारिक जीवनमा असमझदारी बढ्नाले अनावश्यक विवादको सम्भावना छ । सन्ततिको चिन्ताले सताउने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । सन्ततिका लागि आर्थिक पक्षमा लगानी बढ्न सक्छ । आज जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(श्रोतमा ज्योतिषसाथी कृष्ण प्रसादबाट)

15/06/2015

६०१ बोकाहरु - कविता
|||||||||||||||

न लामखुट्टे छेक्ने झुल बनाए,
न त खोलो तर्ने पुल बनाए ।
न ओखती मुलो बनाए,
न त पानी बग्ने कुलो बनाए ।
मात्र आफ्नो भुडी ठुलो बनाए ।।
बनाउन त बनाए,
नागरिकता र पासपोर्ट बनाए,,
१८ बर्ष पुग्न नपाइ खाडी पठाए ।
खै कस्तो देश हो यो हाम्रो ?
जनतालाई १ चम्चा घ्यू पचाउन
गार्‍हो पर्छ यहाँ ,
तर मन्त्रीले जस्तापाता, पाल सजिलै पचाए ।
जनताले घ्यू खादा पखाला लाग्छ,
अस्पताल धाउनुपर्छ ।
मन्त्रीले पाल, जस्तापाता खादा
अख्तियार किन लाग्दैन ?
यस्को छानबिन हुनुपर्छ ।
होईन भने, जनता अब अघि सर्छन,
६०१ बोकाहरु हो
तिम्लाई ..
भेटेनरीमा लगेर खसी पार्छन ।।
()
सब्द-सिर्जना अति नै गहकिला छन् । बोकालाई खसी पार्नै पर्छ । तर ६०१ सबै बोका त पक्कै होइनन्, बाख्री पनि त छन् उनलाई भेटेनरीमा लगेर के पार्ने के ? कृपया सुझाव कमेन्ट खररररररररररर..........र ।

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Rani Manrupa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share