KhojSansar

KhojSansar "जहाँ संसार बोल्छ... KhojSansar सुन्छ"

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल
27/08/2026

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल

रसुवा भोटेकोशी बाढीसम्बन्धी आपत्कालीन अवस्था, खोज तथा उद्धारको २०८३ भदौ १० साँझ ९:०५ बजेसम्मको अपडेट (स्थिति प्रतिवेदन  ...
26/08/2026

रसुवा भोटेकोशी बाढीसम्बन्धी आपत्कालीन अवस्था, खोज तथा उद्धारको २०८३ भदौ १० साँझ ९:०५ बजेसम्मको अपडेट (स्थिति प्रतिवेदन #०२)
PMO Nepal हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुस्थित महालक्ष्मी आधारभूत विद्यालयको जीर्ण भवन । विसं २०४६ मा  निर्माण  गरिएको जीर्ण ...
25/08/2026

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुस्थित महालक्ष्मी आधारभूत विद्यालयको जीर्ण भवन । विसं २०४६ मा निर्माण गरिएको जीर्ण भएको भवनको कक्षाकोठामा जोखिम मोलेर पढ्न विद्यार्थी बाध्य छन् ।
तस्बिरः टेकबहादुर बुढा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुन...
13/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको बताएका छन्।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै वक्तव्य जारी गर्दै देउवाले सार्वजनिक जीवनमा आफूविरुद्ध विभिन्न आलोचना र प्रत्यालोचना भए पनि कानुन र नीतिविपरीत कुनै काम नगरेको दाबी गरेका छन्।

‘मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु । कानुन र नीति विपरीत कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो,’ देउवाले भनेका छन्।

उनले जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र तथा मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी विषयमा कसैसँग सम्झौता हुन नसक्ने उनको भनाइ छ।

देउवाले आफू नेता बनेर नभई महान् राष्ट्रको आजीवन नागरिकका रूपमा विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न स्वदेश फर्किएको बताएका छन्।

३२औं विश्व आदिवासी दिवस 9th August 2026 नेफिन रुपन्देहीको आयोजनामा जातीय मौलिक साँस्कृतिक झाँकी र्याली सहित भव्य रुपमा स...
09/08/2026

३२औं विश्व आदिवासी दिवस 9th August 2026 नेफिन रुपन्देहीको आयोजनामा जातीय मौलिक साँस्कृतिक झाँकी र्याली सहित भव्य रुपमा सु-सम्पन्न भएको छ।

नेपालको रोल्वालिङ हिमशृंखलाअन्तर्गत यालुङ री हिमालको आधार शिविरमा महिनौँदेखि बेपत्ता पाँच आरोहीका शव भेटिएका छन्। गत वर्...
08/08/2026

नेपालको रोल्वालिङ हिमशृंखलाअन्तर्गत यालुङ री हिमालको आधार शिविरमा महिनौँदेखि बेपत्ता पाँच आरोहीका शव भेटिएका छन्। गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूको शव हिउँ पग्लिएपछि सतहमा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत २०८२ कात्तिक १७ गते (नोभेम्बर २, २०२५) यालुङ री आरोहणका क्रममा गएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीकै शव हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि मृतकहरूको औपचारिक पहिचान भने हुन बाँकी छ।

बिहीबार स्थानीय बासिन्दाले आधार शिविर क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलको अवस्था बुझ्न शुक्रबार हेलिकोप्टरमार्फत प्रहरी टोली यालुङ री आधार शिविर पुगेको थियो।

तर उच्च हिमाली क्षेत्रमा मौसम बिग्रिएपछि टोलीले शव निकाल्न सकेन। खराब मौसमका कारण हेलिकोप्टर फर्कनुपरेको प्रहरीले जनाएको छ। मौसममा सुधार आएपछि शव उद्धारको काम पुनः सुरु गरिने अधिकारीहरूले बताएका छन्।

गत वर्ष यालुङ री आरोहणका क्रममा आएको हिमपहिरोमा पाँच विदेशी आरोही र दुई नेपाली पर्वतारोहण गाइडसहित सात जना परेका थिए।

हिमपहिरोपछि दुई नेपाली गाइडको शव भने तत्कालै फेला परेको थियो। उनीहरू सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाका मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिकाका पदम तामाङ रहेको पहिचान भएको थियो।

तर दुई इटालियन, एक क्यानडेली, एक फ्रान्सेली र एक जर्मन गरी पाँच विदेशी आरोही भने बेपत्ता थिए। त्यसबेला व्यापक खोजी गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।

अहिले फेला परेका पाँच शव तिनै बेपत्ता विदेशी आरोहीका हुन सक्ने प्रहरीको अनुमान छ। तर शवको औपचारिक पहिचान तथा आवश्यक परीक्षणपछि मात्रै वास्तविकता पुष्टि हुने प्रहरीले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल भइरहेकाले शव उद्धारमा चुनौती देखिएको छ। मौसम अनुकूल हुनासाथ पाँचै शवलाई आधार शिविरबाट उद्धार गर्ने तयारी गरिएको छ।

महिनौँसम्म हिउँ र बरफमुनि हराएका आरोहीका शव हिउँ पग्लिएपछि बाहिर देखिनुले हिमाली क्षेत्रमा हुने आरोहणका जोखिमलाई फेरि उजागर गरेको छ। हिमपहिरो, अत्यधिक चिसो, खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण उच्च हिमाली क्षेत्रमा उद्धार तथा शव खोजी कार्य निकै चुनौतीपूर्ण हुने गरेको छ।

चीनले इन्जिनियरिङ क्षेत्रमा पीएचडी प्रदान गर्ने परम्परागत प्रणालीमा ठूलो परिवर्तन गर्दै अब लामो शोधप्रबन्ध (थेसिस) को सट...
28/07/2026

चीनले इन्जिनियरिङ क्षेत्रमा पीएचडी प्रदान गर्ने परम्परागत प्रणालीमा ठूलो परिवर्तन गर्दै अब लामो शोधप्रबन्ध (थेसिस) को सट्टा व्यवहारिक उत्पादन, नयाँ प्रविधि वा औद्योगिक परियोजनाका आधारमा पनि विद्यावारिधि (पीएचडी) प्रदान गर्न थालेको छ।

सन् २०२४ मा पारित नयाँ कानुनअनुसार विश्वविद्यालयहरूले इन्जिनियरिङका शोधार्थीलाई भौतिक प्रोटोटाइप, नयाँ प्रविधि, सफ्टवेयर प्रणाली, डिजाइन वा ठूला परियोजनामा आधारित उपलब्धिका आधारमा पीएचडी दिन सक्ने व्यवस्था गरिएको हो।

यस व्यवस्थाअन्तर्गत दक्षिणपूर्व विश्वविद्यालयका शोधार्थी झेङ हेहुईले परम्परागत शोधपत्रको सट्टा स्टिलबाट बनेका ‘लेगो’ शैलीका पुल निर्माण ब्लक प्रस्तुत गर्दै पीएचडी प्राप्त गरेका छन्। उनको डिजाइन अहिले याङ्त्से नदीमाथि निर्माण गरिएको विशाल रेल तथा सडक पुलमा प्रयोग भइरहेको छ।

चीन सरकारले यो सुधारलाई ‘पेपर पब्लिस गर्ने’ संस्कृतिबाट बाहिर निस्केर उद्योग, प्रविधि र राष्ट्रिय आवश्यकतासँग जोडिएको अनुसन्धानलाई प्रोत्साहन गर्ने रणनीतिका रूपमा अघि बढाएको जनाएको छ। विगतमा प्रकाशन संख्या बढाउने दबाबका कारण ‘पेपर मिल’ मार्फत नक्कली अनुसन्धान र कृत्रिम डेटा उत्पादनको समस्या बढेको भन्दै सरकारले मूल्यांकन प्रणाली नै परिवर्तन गरेको उल्लेख गरिएको छ।

नयाँ मोडलअन्तर्गत पीएचडी विद्यार्थीलाई विश्वविद्यालयका प्राध्यापकसँगै उद्योगका विज्ञले पनि संयुक्त रूपमा मार्गदर्शन गर्ने व्यवस्था गरिएको छ। शोधार्थीले विकास गरेको प्रविधि वा उत्पादन वास्तविक प्रयोगमा सफल भएको प्रमाणित गर्नुपर्नेछ।

रिपोर्टअनुसार चीनले सेमिकन्डक्टर, सूचना प्रविधि, इलेक्ट्रोनिक्सलगायत रणनीतिक क्षेत्रमा यस्तो कार्यक्रम विस्तार गरिरहेको छ। पछिल्ला वर्षहरूमा दर्जनौँ विश्वविद्यालयहरूले आफ्नो डिग्रीसम्बन्धी नियम परिमार्जन गरिसकेका छन् भने व्यवहारिक उपलब्धिका आधारमा पीएचडी प्राप्त गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ।

सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीचको तनाव सोमबारको तुलनामा मंगलबार थप चर्किएको छ। आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ...
28/07/2026

सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीचको तनाव सोमबारको तुलनामा मंगलबार थप चर्किएको छ। आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने सदरमुकाम इनरुवा पूर्ण रूपमा बन्द भएको छ।

जिल्लाका विभिन्न स्थानमा हिन्दु समुदायका प्रदर्शनकारी हिन्दुबहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिमबहुल क्षेत्रमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। आन्दोलन नेतृत्वविहीन रूपमा फैलिएकाले सुरक्षा निकायलाई अवस्था नियन्त्रणमा लिन थप चुनौती परेको बताइएको छ।

स्थिति नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको व्यापक परिचालन गरिएको भए पनि अधिकांश क्षेत्रमा तनाव कायमै रहेको छ।

स्थानीय प्रशासनले दुवै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्ति–सुरक्षा कायम गर्न प्रशासनले सबै पक्षसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको बताएका छन्।

यसैबीच, जिल्लाका केही स्थानमा दुवै समुदायका उग्र समूहले एकअर्काका घर तथा धार्मिकस्थलमाथि आक्रमण गरेको जानकारी प्राप्त भएको छ। यद्यपि, यी घटनाको आधिकारिक पुष्टि वा विस्तृत विवरण सम्बन्धित निकायबाट सार्वजनिक भइसकेको छैन।

देवानगञ्ज–३ को कप्तानगञ्जबाट सुरु भएको तनाव अहिले जिल्लाका विभिन्न क्षेत्रमा फैलिँदै गएको छ। सुरक्षा अवस्था संवेदनशील बनेसँगै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन र यात्रुहरू समेत प्रभावित भएका छन्। प्रशासनले नागरिकलाई संयमित रहन, अपुष्ट सूचना सामाजिक सञ्जालमा साझा नगर्न तथा शान्ति कायम गर्न सहयोग गर्न पुनः आग्रह गरेको छ।

भारतको बिहार राज्यको सिवान जिल्लामा विद्यार्थी प्रदर्शनका क्रममा एके–४७ राइफल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि...
28/07/2026

भारतको बिहार राज्यको सिवान जिल्लामा विद्यार्थी प्रदर्शनका क्रममा एके–४७ राइफल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सम्बन्धित प्रहरी जवान निलम्बित भएका छन्।

जिल्ला गुप्तचर इकाई (डिआईयू) मा कार्यरत ती प्रहरी जवानलाई निलम्बन गरिएको सिवानका प्रहरी उपरीक्षक पूरन कुमार झाले जानकारी दिएका छन्। उनीविरुद्ध विभागीय कारबाहीको प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ।

केही दिनअघि नीट (NEET) लगायतका परीक्षामा प्रश्नपत्र चुहावटको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनले बिहारका सिवान, पटना लगायतका स्थानमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच हिंसात्मक झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसक्रममा ढुंगामुढा पनि भएको थियो। प्रहरीको गोली लागेर तीन जना विद्यार्थी घाइते भएको दाबी गरिएको छ। यद्यपि उनीहरूलाई लागेको गोली प्रहरीतर्फबाट चलेको हो वा प्रदर्शनकारीतर्फबाट भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक झाले बताएका छन्।

प्रहरीका अनुसार प्रदर्शनमा केही असामाजिक तत्व मिसिएर सुरक्षाकर्मीमाथि नै गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्नुपरेको थियो।

घटनाको भिडियो भाइरल भएपछि विपक्षी दलहरूले बिहार सरकारको कडा आलोचना गरेका छन्। विपक्षी नेता राहुल गान्धीले सरकार विद्यार्थीप्रति कठोर बन्दै गएको आरोप लगाएका छन्। यस्तै, आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले निहत्था प्रदर्शनकारीमाथि एके–४७ प्रयोग गरिएको घटनालाई ‘राज्यको बर्बरता’ को संज्ञा दिएका छन्।

नेपालको पर्यटन क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल भएको छ। मनाङस्थित ‘माउन्टेन लजेज अफ नेपाल’ अन्तर्गतको मनाङ लज प्रत...
27/07/2026

नेपालको पर्यटन क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल भएको छ। मनाङस्थित ‘माउन्टेन लजेज अफ नेपाल’ अन्तर्गतको मनाङ लज प्रतिष्ठित TIME Magazine ले सार्वजनिक गरेको “World’s Greatest Places to Stay 2026” सूचीमा पर्न सफल भएको छ। यस वर्ष उक्त प्रतिष्ठित सूचीमा स्थान बनाउने नेपालकै एकमात्र होटल यही हो।

शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित १४ कोठे यो लक्जरी लजले हिमाली क्षेत्रमा आरामदायी र उच्चस्तरीय बसाइको नयाँ अनुभव प्रदान गर्दै आएको छ। यहाँका तातो (हीटेड) कोठा, अन्नपूर्ण, गंगापूर्ण र तिलिचो हिमालको मनमोहक दृश्य, तथा ‘लक्जरी बेस क्याम्प’ अवधारणाले अन्नपूर्ण सर्किट पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई विशेष आकर्षित गर्दै आएको छ।

समुद्री सतहबाट करिब ३,५०० मिटर उचाइमा मर्स्याङ्दी नदीको किनारमा रहेको यो लजबाट ब्रागा गुम्बा, हिमनदीय तालहरू तथा हिउँ चितुवा (स्नो लेपार्ड) को बासस्थानसम्म सहज पहुँच रहेको छ।

अन्तर्राष्ट्रिय स्तरको यो सम्मानले नेपाललाई उच्चस्तरीय साहसिक पर्यटन (Premium Adventure Tourism) गन्तव्यका रूपमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। पर्यटन व्यवसायीहरूले यस उपलब्धिले नेपालमा गुणस्तरीय आवास, हिमाली आतिथ्यता र दिगो पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र विश्वस्तरीय आतिथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः स्थापित गराएको यस उपलब्धिलाई नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ।

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when KhojSansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share