Sushasan Nepal

Sushasan Nepal "हरपल एक विश्वासिलो समाचार "Sushasan Nepal www.sushasanonlinenews.com

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा वीच भेटघाट भएको छ ।
11/11/2025

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा वीच भेटघाट भएको छ ।

सुदूरपश्चिमको आक्रोशको ज्वाला: योगेन्द्र सिंह बोहराको मार्मिक आह्वान ।माननीय प्रधानमन्त्रीज्यू, सुशीला कार्कीअन्तरिम सरक...
26/10/2025

सुदूरपश्चिमको आक्रोशको ज्वाला: योगेन्द्र सिंह बोहराको मार्मिक आह्वान ।

माननीय प्रधानमन्त्रीज्यू, सुशीला कार्की
अन्तरिम सरकार, नेपाल
विषय: सुदूरपश्चिमका ७ सहिदको रगतमाथिको अन्याय, जेञ्जी आन्दोलनको उपेक्षा र यस विभेदकारी सरकारको विरुद्धमा हाम्रो कठोर प्रश्न!
आदरणीय प्रधानमन्त्रीज्यू,
म योगेन्द्र सिंह बोहरा, सुदूरपश्चिमको एक आक्रोशित युवा, हजुरको अन्तरिम सरकारको नेतृत्वलाई केवल एउटा तथ्यले स्वीकार गर्छौं— त्यो हो, सडकमा बगेको हाम्रो पुस्ताको रगत!
हजुरको यो सरकार कुनै संसदीय गणित वा दलहरूको भागबन्डाको परिणाम होइन, यो त देशको निराशा र कुशासनविरुद्ध उठेको लाखौँ जेनजी युवाहरूको 'राष्ट्रिय विद्रोह'को आगोबाट जन्मेको सत्य हो। तर, आज त्यो आगोलाई नै सरकारले उपेक्षाको पानीले निभाउन खोज्दैछ।
७ सहिदको रगतको मूल्य शून्य? यो कस्तो न्याय हो, प्रधानमन्त्रीज्यू?
प्रधानमन्त्रीज्यू, मेरो छातीभित्र आन्दोलनको राप छ र आँखामा ती ७ जना सहिद साथीहरूको सपना छ।
यस विद्रोहका क्रममा:
पीडाको फेहरिस्त: सुदूरपश्चिम प्रदेशका ७ जना होनहार युवाले आफ्नो उज्ज्वल भविष्यलाई देशको भ्रष्ट व्यवस्थाविरुद्धको लडाइँमा समर्पण गरे। उहाँहरूको बलिदानीले मात्र परिवर्तनको यो ढोका खुलेको हो।
विभेदको पराकाष्ठा: यस्तो गम्भीर र उच्च मानवीय त्यागको बाबजुद, हजुरको नेतृत्वको मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशबाट एक जना पनि मन्त्री नअटाउनुको कारण के हो?
के सुदूरपश्चिमलाई नेपालको राजनीतिक नक्साबाट मेटिएको हो? के सुदूरपश्चिमका युवाहरू केवल गोली थाप्न र रगत बगाउनका लागि मात्रै योग्य छन्?
जुन प्रदेशको माटोमा सहिदहरूको रगत लत्पतिएको छ, त्यही प्रदेशलाई राज्यको नीति निर्माणको केन्द्रमा शून्य प्रतिनिधित्व गराउनु भनेको ती ७ सहिद आत्माहरूमाथिको दोस्रो पटकको हत्या होइन र?
प्रधानमन्त्रीज्यू, हजुर स्वयं न्यायपालिकाको सर्वोच्च शिखरमा पुग्नुभएको व्यक्तित्व! के हजुरको यो कदम समावेशी न्याय र आन्दोलनको भावनाप्रतिको इमानदारी हो?
चेतावनी: सुदूरपश्चिमको आक्रोशलाई कमजोर नठानियोस्!
यो देशका लागि ज्यान दिने हामी; तर अधिकार दिने बेला परदेशी बनाइने यो कस्तो विडम्बना?
यदि यो विभेदलाई तत्काल सच्याइँदैन भने, सुशीला कार्कीको यो अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्मलाई मारेको ठहर्नेछ, र यो उपेक्षा आफैँमा अर्को विद्रोहको कारण बन्नेछ। हामी फेरि उठ्नेछौं, यो पटक झन् ठूलो र भयानक ऊर्जाका साथ!
योगेन्द्र सिंह बोहराको अन्तिम र अटल अल्टिमेटम:
१. ७ सहिदको रगतको हिसाब: जेनजी आन्दोलनमा सुदूरपश्चिमबाट सहादत प्राप्त गर्नुभएका ७ युवाहरूलाई तत्काल राष्ट्रिय सहिद घोषणा गरियोस्! उहाँहरूका परिवारको जीवनभरको सुरक्षा र सम्मानका लागि विशेष अति-उच्च प्राथमिकताको क्षतिपूर्ति प्याकेज तत्काल कार्यान्वयन गरियोस्।
२. अधिकारको सुनिश्चितता: सरकारले बिना कुनै बहाना मन्त्रिपरिषद् विस्तार वा पुनर्गठन गरी सुदूरपश्चिमको माटोलाई चिन्ने, स्वच्छ छवि भएका एक जना सक्षम व्यक्तित्वलाई तत्काल मन्त्री पदमा नियुक्त गरोस्। यो पदपूर्ति 'राजनीतिक दया' होइन, 'सहिदको रगतले लेखिएको न्याय' हो!
हामी अब अन्याय सहनेवाला छैनौँ। हजुरको निर्णयको प्रतिक्षामा सम्पूर्ण सुदूरपश्चिमवासी र जेनजी युवाहरू आँखा गाडेर बसिरहेका छन्।
न्याय सुनिश्चित होस्!
भवदीय,
योगेन्द्र सिंह बोहरा
सुदूरपश्चिमको आक्रोशित युवा प्रतिनिधि

जेनजेड आन्दोलन पश्चात् बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा व...
26/10/2025

जेनजेड आन्दोलन पश्चात् बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा विगत लामो समयदेखि सुदूरपश्चिम प्रदेश नसमेटिकन मन्त्री मण्डल विस्तार भइरहेको थियो। सुदूरपश्चिमबाट बृहत् रूपमा सुदुरपश्चिमको प्रतिनिधित्वको आवाज उठिसकेपछि लामो समय देखि सामाजिक क्षेत्रमा सक्रिय वास्तविक जेञ्जी युवा आज सम्म समाजमा इमान्दारिता पूर्वक सेवामा खटिएका होनहार बैतडीका युवा जोगेन्द्र बहादुर चन्द सुदूरपश्चिम को प्रतिनिधित्व सहित मन्त्रीको सूचीमा नाम समावेश गरिएको छ ।
अब विस्तार हुने मन्त्री मण्डलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग मन्त्रालय मध्य कुनै एक दिने सम्भावन रहेको छ । उहाँको विषयमा मन्त्री परिषद्का सदस्यहरूले पनि सकारात्मक लिएका छन् । जोगेन्द्र बहादुर चन्द विगत ८ वर्ष देखि भ्रष्टाचार विरुद्धको अभियानका सशक्त अभियन्ता पनि हुन । विभिन्न प्राकृतिक प्रकोपहरुमा सहयोगका लागि अग्रपंतिमा हुने जोगेन्द्र उर्फ जेबी कोभिड मा समेत देशभरि सेवामा खटिएका थिए। अस्ति भएको जेन्जिको आन्दोलनका क्रममा सुदुर पश्चिमका लिडिङ गरेर। आन्दोलनमा हुमिएक थिए ।
#जेनजी
#जेबी

06/10/2025

जेनजेट आन्दोलनपछिका गतिविधिहरूमा मेरो तर्क:लेखक प्रकाश सिंह नायक

काठमाडौं । नेपालमा केही महिनाअघि देखिएको “जेनजेट आन्दोलन” ले देशको राजनीतिक र सामाजिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो। भ्रष्टाचार, अन्याय, बेरोजगारी, र राजनीतिक अकर्मण्यताविरुद्ध युवाहरूले उठाएको यो आवाज देशैभर गुञ्जियो। आन्दोलनको नेतृत्व, चाहे त्यो स्वतःस्फूर्त रूपमै किन नहोस्, जनतामा आशा जगाउने माध्यम बन्यो।

तर अहिले, आन्दोलनको तातोपन क्रमशः घट्दै जाँदा, त्यसपछिका गतिविधिहरूले जनतामा विभिन्न प्रश्नहरू खडा गरेका छन्। आन्दोलनको भावनालाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने बेला, केही समूहहरू आफ्नो स्वार्थ, राजनीतिक नजिकतामा वा प्रचारमूलक गतिविधिमा केन्द्रित हुँदै गएको देखिन्छ।

🔹 आन्दोलनको आत्मा अझै जीवित छ

म, प्रकाश सिंह नायकको तर्कमा, जेनजेट आन्दोलन केवल विरोध प्रदर्शन होइन, एक मानसिक क्रान्ति थियो — जसले युवालाई प्रश्न गर्न, नेतृत्व माग्न र देशको नीति निर्माणमा सहभागी हुन प्रेरित गर्‍यो।
त्यो आत्मा अझै मरेको छैन। गाउँदेखि सहरसम्मका युवाहरू अहिले पनि परिवर्तनको बाटो खोजिरहेका छन्।

तर, आन्दोलनका अगुवाहरू र त्यसमा संलग्न समूहहरूले जनतामा देखिएको त्यो विश्वास कायम राख्न सकेका छैनन्। नेतृत्वको अभाव, स्पष्ट नीति र दीर्घकालीन योजना नहुँदा आन्दोलनको ऊर्जा क्रमशः कमजोर बन्दै गएको छ।

🔹 राजनीतिक दल र सत्ता प्रतिको अविश्वास

जेनजेट आन्दोलनपछि आम युवाहरूमा राजनीतिक दलप्रति अविश्वास झन् गहिरो बनेको छ। पुराना दलहरूले आन्दोलनलाई अस्थायी जोशको रूपमा लिएर त्यसको मर्म बुझ्न सकेका छैनन्।
सरकार र प्रशासनले पनि आन्दोलनका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेका कारण युवाहरूको आक्रोश अझै बाँकी छ।

🔹 अबको बाटो

अब आवश्यक छ — जेनजेट आन्दोलनका मागहरूलाई दस्तावेजीकरण गरी राष्ट्रिय एजेण्डामा रूपान्तरण गर्ने।
युवाहरूले सडकमा उत्रिएको जोसलाई सृजनात्मक योगदान मा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।
यदि आन्दोलनका अगुवाहरूले पारदर्शी, समावेशी र दीर्घदृष्टियुक्त योजना अघि सारे, यो आन्दोलन इतिहासमा स्थायी नाम कमाउनेछ।

तर यदि अहिलेका गतिविधिहरू केवल प्रचार, अवसरवाद र व्यक्तिगत लाभमा सीमित भए भने, यो आन्दोलन पनि अघिल्ला आन्दोलनजस्तै क्षणिक भावनामा सीमित हुनेछ।

🔹 निष्कर्ष

मेरा दृष्टिमा, जेनजेट आन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा सत्य, पारदर्शिता र जिम्मेवार शासन को माग स्वरूप आएको एक असल चेतनाको आन्दोलन हो। यसको सफलता वा असफलता अब हामी युवाहरूको अनुशासन, एकता र दीर्घदृष्टिमा निर्भर छ।

> “सडकको क्रान्ति सफल हुन्छ, जब त्यो व्यवस्थाको सुधारमा रूपान्तरण हुन्छ।”


नेपाली जनताका सेवकमा खटिएका रियल हिरोहरुलाई ज्ञानेन्द्र शाहीले गरे सलाम, तलब वृद्धिको गरे माग !उनले सामाजिक संजालमा लेखे...
05/10/2025

नेपाली जनताका सेवकमा खटिएका रियल हिरोहरुलाई ज्ञानेन्द्र शाहीले गरे सलाम, तलब वृद्धिको गरे माग !

उनले सामाजिक संजालमा लेखेका छन्,"यो राष्ट्रका असली हिरोहरूलाई मेरो सलाम ! यो अन्तरिम सरकारले यदि सक्छ भने रात दिन्न नभनी देशका लागि खटिने राष्ट्र सपुतहरूको तलब वृद्धि गरियोस्।"

AIG दानबहादुर कार्की बाढी पिडितको उद्दारमा आफै खटिनु भएको छ। सरकार जिम्मेवार भएपछी सब निकायले राम्रो काम गर्छन् भन्ने उद...
05/10/2025

AIG दानबहादुर कार्की बाढी पिडितको उद्दारमा आफै खटिनु भएको छ। सरकार जिम्मेवार भएपछी सब निकायले राम्रो काम गर्छन् भन्ने उदाहरण हो यो! 👏🇳🇵

05/10/2025

जुम्लाको गुठीचौरमा भालुको आक्रमणमा परि आमा, छोरी घाइते

ज्ञानेन्द्र शाहीको अपिल !गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषमा करिब ८० देखि ९० अरब बराबरको रकम हुन्छ। त्यस्तै स्थानीय त...
04/10/2025

ज्ञानेन्द्र शाहीको अपिल !
गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषमा करिब ८० देखि ९० अरब बराबरको रकम हुन्छ। त्यस्तै स्थानीय तहको सरकार महानगरपालिका , उपमहानगरपालिकामा अरबौँ रूपैयाँ को बजेट हुन्छ। भने नगरपालिका र गाउँपालिकामा करोडौँ रुपैयाँको बजेट हुन्छ। विपतको समयमा उक्त बजेटको सही सदुपयोग गर्न र नागरिकको ज्यान र धनको क्षेती हुनबाट बचाउन सरकारले उक्त रकम खर्च गरिदिन अपिल गर्दछु।
पहिलेको सरकारभन्दा अहिलेको सरकारले त्यो बजेटलाई सदुपयोग गर्ने केही आशा देखाएको छ। त्यसैले हामी सबै नागरिकले सरकारले गरेको सूचनालाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा सुरक्षित भएर बस्नु असल नागरिकको कर्तव्य हो त्यसैले सबैले कर्तव्यको पालना गरौ।।

04/10/2025

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना बेपत्ता ।।

04/10/2025

बाढी पहिरोबारे गृहमन्त्री ओमप्रकाश अर्यालको ब्रिफिङ

04/10/2025

राप्रपाका नेता कार्यकर्तालाई उद्धारमा खटिन राजेन्द्र लिङ्देनको आग्रह!

अहिले Domestic Flight हरू Cancel भएको कारण Airport मा धेरै यात्रुहरू अलपत्र परेका छन्, ट्याक्सीहरूले पनि एकदम धेरै रेट भ...
04/10/2025

अहिले Domestic Flight हरू Cancel भएको कारण Airport मा धेरै यात्रुहरू अलपत्र परेका छन्, ट्याक्सीहरूले पनि एकदम धेरै रेट भनिरहेका छन्, यस्तो बेलामा फाइदा नउठाई कृपया मानवता देखाइदिनुहोला । 🙏

नजिकै जानेले सहयोग पनि गर्नुहोला ।

Address

Baitadi

Telephone

+9779851312443

Website

Alerts

Be the first to know and let us send you an email when Sushasan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushasan Nepal:

Share